इजिप्टमा आन्दोलन चर्कियो

२०७० असार १७ गते, सोमबार

१७ असार – इजिप्टमा राष्ट्रपति मोहम्मद मुर्सीको राजीनामा नआएसम्म विपक्षीले विरोध प्रदर्शन जारी राख्ने भएका छन् ।राजधानी कायरो लगायत तहरिर स्वायर र राष्ट्रपति कार्यालय अगाडि ठूलो संख्यामा प्रदर्शनकारीहरु भेला भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।उनीहरुले राष्ट्रपति मुर्सीको राजीनामाको माग गर्दै नारा लगाइरहेका छन् । राष्ट्रपति विरुद्ध सुरु भएको प्रदर्शनका क्रममा ५ जनाको ज्यान गइसकेको छ ।मुर्सीले कार्यभार सम्हालेको एक वर्ष बितिसक्दा पनि देशको अर्थतन्त्र र सुरक्षा व्यवस्था मजबुत नभएको प्रदर्शनकारीको आरोप छ ।आन्दोलनलाई सशक्त बनाउने प्रदर्शनकारीको अडान र प्रदर्शकारी विरुद्ध र्‍याली निकाल्ने राष्ट्रपति मुर्सी समर्थकको तयारीका कारण इजिप्टमा हिंसा भड्कीन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]