श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण

२०७४ असार २७ गते, मंगलवार

काठमाडौं, २७ असार । बाँकेको कोहलपुर नगरपालिकास्थित बेलनपुरका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।
स्थानीय अहमद अफताव बेडुवाले आफ्नै जेठी श्रीमती २३ बर्षिया फूलसन बेडुवाको टाउको काटेर इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका हुन् ।घरायसी झगडाका कारण आफूले श्रीमतीको हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् । झारफुक गर्न जाने भन्दै ७ महिनाकी दूधे बालिका बोकेर घरबाट निस्किएका अहमदले बाटोमै श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमतीको टाउकोलाई साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अहमदकी कान्छी श्रीमतीलाई पनि हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । दूधे बालिकालाई भने प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]