स्वकीय सचिवमा आकर्षक महिला नराख्न उर्दी

२०७० असार ३० गते, आईतवार

इन्डोनेसिया, ३० असार । इन्डोनेसियाको गोरोन्टालो राज्यका गभर्नरले स्वकीय सचिवमा महिला कर्मचारी नराख्न उक्त राज्यका सम्पूर्ण कर्मचारीका नाममा उर्दी जारी गरेको समाचार छ ।उनले शनिबार सो उर्दी जारी गर्दैभनेका छन् – यदि कुनै अधिकारीले महिलालाई स्वकीय सचिव राखेका छन्भने पनि छिट्टै ती महिलाका स्थानमा पुरुषलाई स्वकीय सचिव राख्नुहुन यो आदेश गर्दछु ।हालैका दिनमा कतिपय सकारी अधिकारीहरुले आफ्नै स्वकीय सचिव महिलासँगै विवाह गर्ने गरेका कयौँ समाचारहरु आइरहेकाले कर्मचारीलाई यस्तो उर्दी जारी गरिएको पनि उनले बताएका छन्
।मलाई कयौँ सरकारी अधिकारीहरुले बहुबिवाह गरेको समाचार प्राप्त भएको छ । उनीहरुले घरमा श्रीमती हुँदाहुँदै पनि बैवाहिक मामिलामा फसेका कयौँ समाचारहरु पनि मैले थाहा पाएको छु त्यसैले यो नयाँ निर्देशन जारी गरिएको हो– उनको भनाइ छ ।महिला स्वकीय सचिव राख्ने ती अधिकारीहरुले आफ्ना श्रीमतीलाई भन्दा उनीहरुलाई राम्रो व्यवहार गर्ने, विभिन्न कामले विदेश भ्रमणमा गएर आउँदा पनि निकै मूल्यवान पफ्र्यूमलगायतका निकै राम्रा खालका सामानहरु ल्याइदिने गरेका समाचारहरु पनि आफुले थाहा पाएको उनले बताएका छन् ।उनले भनेका छन् – आफ्ना स्वकीय सचिवलाई यस्तो व्यवहार गरिरहँदा बिचरा आफ्ना श्रीमतीहरुले भने केही पनि पाएका हुँदैनन् ।यिनै कारणहरुले आफुले यस्तो निर्देशन दिएको र सबै आफ्नो प्रान्त अन्तर्गतका सबै सरकारी अधिकारीहरुले यो निर्देशनको पालना पनि गर्ने उनले बताए ।’हुनत यस निर्देशनको पालना नगरेमा कुनै कानुनी कारबाही हुने होइन तरपनि यो एउटा नैतिक नाकाबन्दी हो र यसले हामी सरकारी अधिकारीहरुको मर्यादा बढाउने काममा पनि पक्का सघाउने नै छ’उनको भनाइ छ ।
गभर्नर रुस्ली हबिबीले भने – यदि महिला नै स्वकीय सचिव राख्ने हो भनेपनि अलि बढी उमेरका र त्यति आकर्षक नदेखिने महिलालाई यस्तो काममा राख्न सकिन्छ, तर सबैभन्दा राम्रो पुरुष नै राख्दा हुनेछ ।यस्तै बैवाहिक मामिलाहरुबाट आफ्ना कर्मचारीलाई बचाउनका लागि गत वर्ष सो प्रान्तको प्रशासकहरुले त्यहाँ कार्यरत कर्मचारीहरुको तलब उनका श्रीमतीहरुका नाममा पठाउने व्यवस्था गरेको थियो । एएफपी

प्रतिक्रियाहरु

[anycomment]