जमात–ए–इस्लामका नेतालाई मृत्युदण्ड

२०७० श्रावण २ गते, बुधबार

साउन २ – बंगलादेशको युद्ध अपराध अदालतले जमात ए ईस्लामी पार्टीका नेतालाई सजायँ दिने क्रम जारी राखेको छ ।यसै क्रममा अदालतले बुधबार सन् १९७१ को स्वतन्त्रता संग्रामका बेला युद्ध अपराध गरेको अभियोगमा जमात–ए–इस्लाम पार्टीका अलि अशान मोहम्मद मुजाहिदलाई मृत्युदण्डको फैसला सुनाएको छ ।सामुहिक हत्या र यातना दिएकोलगायत सातओटा अभियोग लागेकोमा ५ वटामा अदालतले मोजाहिदलाई दोषि ठहर गरेको हो ।
उनले स्वतन्त्रता संग्रामका समर्थक नेता तथा अन्य अधिकारीको हत्या गर्ने मिलिसिया समुहको नेतृत्व गरेको कानून व्यवसायीले आरोप लगाउँदै आएका थिए । सोमबार मात्र पार्टीका पूर्व अध्यक्ष ९१ वर्षका गुलाम अजमलाई अपराध अदालतले ९० वर्षको जेल सजायँ सुनाएको थियो ।त्यसको विरोधमा लगातार प्रदर्शन भइरहेको छ । मंगलबार भएको प्रदर्शनमा २ जनाको ज्यान गएको थियो भने प्रदर्शन बुधबार पनि जारी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु