न्युजिल्याण्डमा ६.९ रेक्टर स्केलको भूकम्प
वेलिङ्गटन , ६ साउन । न्युजिल्याण्डको दक्षिणी द्वीपको उत्तरी टतीय क्षेत्रमा आतइबार शक्तिशाली भूकम्प गएको समाचार छ ।
सो भूकम्प ६.९ रेक्टर स्केल मापन गरिएको पनि समाचारमा जनाइएको छ । उक्त जानकारी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले दिएको छ । भूकम्प स्थानीय समयअनुसार आइतबार अपरान्ह् ५ बजे गएको जनाइको छ ।उक्त भूकम्पको केन्द्रबिन्दु आसपासकै इलाकामा ३१ किलोमिटर गहिराई मा ४२.०५०० डिग्री दक्षिणी आक्षांस र १७४.९४०० पूर्वी देशान्तरमा रहेको जनाइएको छ । सो भूकम्पको क्षतिको बारेमा भने केही विवरण आइसकेको छैन ।सो शक्तिशाली भूकम्पपछि सुनामीको चेतावानी दिइएको बताइएको छ ।रासस/ सिन्ह्वा