चीनमा ६ .६ रेक्टर स्केलको भुकम्प
साउन ७ – चीनको गान्सु प्रान्तमा शक्तिशाली भुकम्पमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ । झण्डै ३ सय जना घाइते भएका छन् ।स्थानीय समय अनुसार बिहान पौने ८ बजे ६ दशमलब ६ रेक्टर स्केलको भुकम्प गएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । भुकम्पका कारण मिन्सियान र झान्सियानमा धेरै क्षति भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।भुकम्पले ५ हजार ६ सय घरमा क्षति पुगेको छ । ३ सय ८० घर पुरै भत्किएका छन् । केही ठाउँमा बिजुली बत्ति र सञ्चार सम्पर्कविच्छेद भएको प्रान्तीय सरकारले जनाएको छ ।पीडितहरुको उद्दारका लागि १ सय २० जना विशेष उद्दारकर्मी सहित ५ सय जना सैनिक तथा ५ सय आपतकालीन शिविरको व्यवस्था गर्नूका साथै राहत पुर्याउने तयारीलाई तिव्रता दिइएको सरकारले बताएको छ ।