भिडन्तको दिशामा मुलुक – हस्तबहादुर केसी
राष्ट्रिय स्वाधिनता, गणतन्त्र र नेपाली जनताको मौलिक अधिकारको विरुद्ध एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चा बीचको चार दलीय सिण्डीकेटको आधारमा निर्माण गरिएको यथास्थितिवादी तथा प्रतिक्रियावादी कठपुतली सरकारद्वारा साम्राज्यवादी र विस्तारवादीहरूको इसारा र निदेृशनमा रचिएको कथित दाउश्रो संविधानसभाको निर्वाचनको विरोधमा उत्रिएको नेकपा – माओवादीका नेता, कार्यकर्ताहरूमाथि धरपकड सुरु गरेर यथास्थितिवादी एवं संसदवादी दलहरूको निर्देशन र योजनामा कठपुतली प्रतिक्रियावादी सत्ताले मुलुकलाई भिडन्तको दिशातिर उन्मुख गराइ रहेको छ ।
एकातिर कठपुतली सरकारले नेकपा – माओवादी लगायत ३३ दलाललाई वार्तामा पनि बोलाउने र अर्कोतिर निर्वाचनलाई आयोगलाई उम्मेदवारको नाम दर्ता गर्ने मिति घोषणा समेत गर्न निर्देशन गर्ने कार्यले साम्राज्यवादी र विस्तारवदीहरूका वफादार दलाल एमाओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चा वार्ताद्वारा समस्या हल गर्ने र मुलुकलाई अग्रगामी दिशा प्रदान गर्ने नभएर विरोधी पार्टीीलाई छक्याउने, झुक्याउने, विविध समस्यामा फसाउने र अगाडि बढ्न नदिने षड्यन्त्रमा उत्रिएको स्पष्टै हुन्छ । र यसबाट विरोधी राजनीतिक शक्तिहरूलाई उत्तेजित र आक्रोसित पार्ने र मुडभेड निम्त्याउने षड्यन्त्रमा यो देशी विदेशी दलालहरू योजनावद्ध रूपमा लागि परेको स्पष्टै हुन्छ । पोखरा बैठकबाट नेकपा – माओवादीले यथास्थितिमा मंसीर ४ गतेका लागि गर्ने भनिएको कथित दोश्रो संविधानसभा निर्वाचनलाई सशक्त रूपमा बहिस्कार गर्ने निर्ण्र्ाागरे पश्चात यी दलालहरू निकै अत्तालिएका थिए र उनीहरूमा छटपटाहट पैदा भयो र त्यसपछि उनीहरू षड्यन्त्रका तानावानाहरू बुन्न बढि सक्रिय भइरहेका छन् ।
ऐतिहासिक पोखरा बैठकको निर्ण्र्ानुसार साउन १० गते नेकापा – माओवादीले राजधानी लगायत देशका ७५ वटै जिल्लामा तथाकथित दोश्रो संविधानसभा निर्वाचन बहिष्कारको उद्घाटन गर्यो । राजधानी काठमाडोंमा नेवा राज्य समितिले आयोजना गरेको निर्वाचन बहिष्कार विरोधी सभामा पार्टर्ीीहासविचव रामबहादुर थापा वादलले सांकेतिक मतपेटिका घनले हानेर फूटालेर उद्घाटन गरे पश्चात मुलुकको राष्ट्रिय राजनीतिमा नयाँ तरंक पैदा भयो भने नेपाल स्थित साम्राज्यवादी तथा विस्तारवादीहरूका दलालहरूका बीचमा गम्भीर प्रकारको छटपटाहट पैदा भयो । माओवादीबाट चुनाव विथोलिने मात्र होइन बहिष्कार मार्फ ध्वस्तै हुने संकेत पाएपछि निर्वाचनका आयोजना दलालहरू बिलो खोसिन थालेको बेला कुकुर ङ्यारङ्यार र घ्यार घ्यार गरेझैं ङ्यारङयाराउन थाले । उनीहरूको बीचमा गम्भरि प्रकारको छटपटाहट पैदा भयो । र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त काभ्रेको बनेपामा पुगेर आफ्ना वाइसीएलका कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘माओवादीका निर्वाचन विथोल्न खटाइएका १० जना कार्यकर्ताका विरुद्ध १००० वाइसिएल खनिनुहोस् र पूरै गाउँ गाउँबाट लखट्नुहोस्’ भन्नु उर्दी जारी गरे । र वातावरणलाई आतंकीत तुल्याउँदै उनले माओवादी प्रति आफ्नो आक्रोसर छटपटाहटलाई उनले यसरी व्यक्त गरेको यदि चुनाव विथोलियो भने पृथ्वी नै खस्छ कि क्या हो भन्ने गरि ।
“अरुलाई अरुकै चिन्ता घरज्वाइँलाई खानकै चिन्ता” भन्ने नेपाली उखान झैं अहिले मुलुक अत्यन्तै संकटग्रस्त बनिरहेको छ । नेपाल साम्राज्यवादी तथा वस्तारवादीहरूको क्रिडास्थल बनिरहेको छ । राष्ट्रियता धरापमा परेको छ । भारतीय विस्तारवादले नेपालको सिमानाका ६६ स्थानमा सिमा अतिक्रमण गरिरहेको छ । करीव ८० वटा जंगे पिलरहरू भारतीय विस्तारवादी शाकहरूले गायब गरिसकेका छन् । नेपालको करीब ९६ हजार हेक्टर जमिन भारतीय शासकहरूले अतिक्रमन गरिसकेका छन् । दार्चुला जिल्लाको कालापनीमा भारतीय सेना क्याम्प गरेर त्यहाँ भारतीय सेनाहरूले ५१ वर्षेखि परेड खेलीरहेको छ । नेपालका ठूला नदीनालाहरू भारतसीत विक्री गरिसकेका छन् शासकहरूले । आफ्ना दलालहरू खडा गरेर साम्राज्यवादी तथा विस्तारवादीहरूले नेपालको राजनीतिमा खुलेआम र नाङ्गो रूपमा हात हालिरहेका छन् र नेपाललाई नयाँ सिक्किम बनाउने खतरनाक षड्यन्त्रमा तल्लिन भइरहेको छन् । यही ग्राइन्डडिजाइन अनुसार दलीय सरकारलाई हराएर सर्वोच्च अदालतका मुख्य न्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय कर्मचारी सरकार निर्माण गरिदिएका छन् । उनीहरूको निर्देशनमा नेपाली दलालहरूले अन्तरिम संविधान २०६३ लाई च्यातेर धजाधुजा पार्न लगाइएको छ । उनीहरूद्वारा नेपालको राजनीतिलाई विकृत तुल्याइएको छ र साम्राज्यवादी तथा विस्तारवादीहरूद्वारा नेपालमा आफ्ना दलालहरू मार्फ नवऔपनिवेशिक शासन लादिएको छ ।
एकातिर यस प्रकारको स्थिति छ भने अर्कोतिर मुलुकभित्र महंगीले सिमा नाघेको छ । घुस, तस्करी, भ्रष्टाचार, अन्याय, अत्याचार, ढिला, सुस्ति र असुरक्षा आदिले नेपाली जनतालाई अक्रान्त तुल्याएको छ । बेरोजारी समस्या विक्राल बन्दै गइरहेको छ र लाखौं युवा शक्ति विदेशतिर पलायन भइरहेको छ । जनताका शिक्षा, स्वास्थ्य, यातायात तथा जनवाद, जनतन्त्र र जनजीविका समस्याहरू विगतका भन्दा पनि विक्राल बन्न पुगेका छन् । संसादवादी राजनीतिक दलका नेताहरू निकम्मा र नालायक र असफल बन्न पुगेपछि सरकार चलाउँनै नसक्ने अवस्थामा पुगेकै कारण दलीय सत्तालाई निर्दलीय र व्यूरोक्रयाटिक सरकारलाई सुम्पन पुगेका छन् । यसरी मुलुकलाई राष्ट्रिय संकटको दलदलमा फसाइएको छ ।
अर्कोतिर साम्राज्यवादी र विस्तारवादीहरूले मंसीर ४ गतेका लागि कथित दोश्रो संविधानसभाको निर्वाचनको घोषणा गराइदिएका छन् र एमाओवादी, काँग्रेस, एमाले, मधेसी मोर्चा जस्ता दलाल राजनीतिक पार्टीीलाई जसरी पनि तोकिएको अवधिमा निर्वाचन गराउनै पर्दछ भन्न लगाइएको छ । भारतीय विस्तारवादी शासकहरूले आफ्ना दलालहरूलाई भारतमा बोलाएर निर्वाचन सम्बन्धि प्रशिक्षण दिइरहेका छन् । पहिलो लटमा एमओवादीका प्रचण्डलाई बोलाएर भारतीय विस्तारवादी शासकहरूले जसरी पनि मंसीरमा चुनाव गराउ भनेर आदेश बोकाएर पठाएको कुरा नेपाली जनतालाई दिनको घाम जत्तिकै र्छलङ्ग छ । दोश्रो लटमा नेपाली काँग्रेसका वरिष्ठ नेता देउवालाई भारतीय शासकहरूलाई भारतमा बोलाएर त्यही प्रचण्डलाई दिएको प्रशिक्षण दिएर पठाएका थिए भने तेश्रो लटमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालमा कुनैलाई भारतीय विस्तारवादी शासकहरूले भारतमा बोलाएर प्रचण्ड र देउवा दिएको प्रशिक्षण दिएर अन्य निर्देशन बोकाएर नेपालतीरै फर्काइदिएका छन् । र केही दिनमै कांग्रेस सभापति सुशिल कोइरालालाई भारतीय शासकहरूले भारतमा बोलाइएको छ र उनको भारतमा भ्रमणको तयार गरिदै छ । यसरी साम्राज्यवादी र विस्तारवादीहरूका नेपाली दलालहरूलाई भारतीय विस्तारवादी शासकहरूले भारतमै पालोपालो गरि बोलाएर नेपालको आन्तरिक मामिलामा गरिएका षड्यन्धका पोकाहरू बोकाएर नेपाल पठाउने काम भइरहेको छ । र नेपालबाट दलालहरूको भारत भ्रमणको लर्को लागिरहेको छ । विशेष गरि भारतीय विस्तारवादीले शासकहरूले नेपालका एमओवादी, कांग्रेस, एमाले, मधेशी मोर्चा लगायतका पार्टर्ीीभत्रका आफ्ना इमान्दार र बफादार दलाल तथा नोकरहरूलाई भारतमै बोलाएर नेपाली जनता र राष्ट्रको हित विपरित षड्यन्धका योजना बनाएर पठाएको कार्यलाई तीव्रता दिइरहेको छ । र ती दलालहरूमार्फ नेपालमा कथित दोश्रो संविधान सभाको निर्वाचनको ढ्वाङ फूकाउँन लगाइरहेको छ ।
यता नेपालमा नेकपा -माओवादीले कथित निर्वाचनलाई सशक्तरूपले बहिष्कार गर्ने घोषणा गरि सकेपछि मंसरी ४ गते घोषणा गरिएकोनिर्वाचन प्रायः असम्भव भइसकेकोले साम्राज्यवादी र विस्तारवादीहरूका नेपाली दलालहरू निकै आतंकित र चिन्तित बनिरहेका छन् । र ज्यादै छटपटाइरहेका छन् । सबै भन्दा छटपटाहट एमाओवादीलाई परेको छ। साम्राज्यवादी र विस्तारवादीहरूको योजना नेपालमा कथित संविधानसघभा निर्वाचित मार्फ कार्यान्वयन गराउन सकिने होइन कि भन्नेचिन्ताले सबैभन्दा बढि एमओवादी भित्रका दलालहरूलाई सताइरहेको छ । त्यसो भएर नै एमाओवादी अध्यक्ष प्रचण्ड टाइफाइड विरामी होस् गुमाएर बर्बराएझैं गरि बर्बराइरहेका छन् र माओवादीका नेता कार्यकर्ताहरूलाई स्यालको संज्ञा दिइरहेका छन् । प्रचण्डले एकातिर यसरी कुष्ठा र आक्रोस व्यक्त गरेका छन् भने अर्को तीर गाउँ गाउँमा कार्यकर्ता कार्यकर्ता बीच भीडन्त गराएर अशान्ति फैलाउने, वातावरणलाई भयवाह तुल्याउने गाउँ गाउँ घरमा हिंसा मच्चाउन जनताका बीचमा मारकाट शुरु गरेर दमनलाई निम्त्याउने र प्रशासनिक बल प्रयोग गेरर मोहन वैध किरणले नेतृत्व गरेको माओवादीलाई साम्राज्यलवादी तथा विस्तारवादीहरूको निर्देशनमा सिध्याउने षड्यन्धमा लागेको सहजै बुझ्न सकिन्छ ।
अर्को पक्ष के हो भने प्रचण्डले १० को बदला १००० को हवला दिएर वैध माओवदी शक्तिहीन भएको त्यसले केही गर्ने नसकेको भएकोले आफ्ना वाइसियलका कार्यकर्ताहरूलाई गाउँ गाउँमा पठाए खेद्ने जुन आदेश दिएका छन् यो कुनै नौलो विषय होइन । प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरू प्रति यस्तै रवैया अपनाउँदै आएका छन् । यो सूत्र र हतियार त २०५२ सालमै माओवादीले जनयुद्ध शुरु गर्ने वित्तिकै काँग्रेस र एमालेहरूले प्रयोग गरिसकेको सूत्र हो । माओवदीले जनयुद्ध सुरु गरेपछि काँग्रेस र एमालेहरूले माओवादीका दुइ चार रूप केटाकेटीहरूले शुरु गरेको जनयुद्ध २/४ महिनाभित्र समाप्त हुनछ भनेका थिए। यो कुरा प्रचण्ड – बाबुरामहरूले पनि सुनेकै कुरा हो । माओवादी कति थिए पछि कति भएका थिए र उनीहरूले के गरेका थिए त – त्यो कुरा प्रचण्ड – बाबुरामलाई निकै राम्ररी हेक्का छ । तर किन हो कुन्नी उनीहरू अहिले यसरी होस गुमाएर वैधले नेतृत्व गरेको माओवादी र आम नेपाली जनतालाई होच्याएर बोलिरहेका छन् । सत्तामा पुगेपछि सबैका आँखा र कान फूट्छन् भन्थे बुढा बाआमाहरूले साच्चिकै सत्तामा पुगेपछि प्रचण्ड – बाबुरामहरूका आँखा कान फूटेकै छन् कि क्या हो । नत्र सच्चा मानवले त यसरी होस गुमाएर कुनै कुराको हेक्का नै नराखिकन यसरी वर्वराउन त सक्तैन ।
अर्को कुरा चुनाव बहिष्कार गरेमा सेना परिचालन गरेर दमनद्वारा सिद्धयाउने योजना पनि बनाइदैछ । यो पनि नौलो कुरो होइन । २०५०-२०५२ सालतिर नेपाली कांग्रेस र एमालेले प्रयोग गरिसकेको कुरा हो । माओवादीलाई दबाउने, सिध्याउने उद्देश्यले रोमियो अप्रेशन, किलो शेरा- टु जस्ता प्रहरी अप्रेशन चलाएकै थिए । सिंगो नेपाललाई संकटकालिन अवस्थाको घोषणा गरेका थिए, देशव्यापी रूपमा सेना परिचालन गरेका थिए, मओवादी नेताको टाउकोको मूल्य समेत तोकेका थिए र दशौं हजार नेपाली आमाका असल छोराछोरीहरूलाई हत्या समेत त कांग्रेस, एमालेहरूले गरेकै हुन् । अब एमओवादीलगायतले चाहेको कुरा पो भन्दा बढि पो गर्ने होलान् र । त्यस्तो गर्ने कांग्रेस र एमालेको हवीगत के भयो त – त्यो पनि सबैलाई थाहै छ । यी कुरा थाहा पाइसकेका प्रचण्ड- बाबुरामहरू यसरी चिल्लाही रहेका छन् कुन्नी ! किन छटपटाइरहेका र बर्बराइरहेका छन् कुन्नी प्रचण्ड- बाबुरामहरू र साम्रज्यवादी र विस्तारवदीहरूका बफादार दलालहरू –
यी दलालहरूका षड्यन्त्र, जालसाँझी, तिकडमवाजी र छलछामहरूलाई छिचोल्दै तथा सबै अन्तरविरोधहरूको बीचबाट क्रान्तिलाई सेवा पुग्ने सवालमा क्रान्तिकारीहरूले कार्यनीतिक रूपमा संभव उपायहरूलाई अवलम्बन गर्नुपर्ने हुन्छ । दलालहरूले वार्ताको नौटंकी पनि रचिरहेका छन् । नेकपा -माओवदी लगायत ३३ दल वार्तामा पनि जानु पर्दछ र ११ बुँदे सम्झौता, २५ बुँदे आदेश पत्रको खारेजी, कठपुतली खिलराज सरकरको विघटन र कथित दोश्रो संविधानसभा निर्वाचनको सबै प्रक्रियाहरू स्थगित गरेर मात्र वार्तालाई परिणाममुखी बनाउने योजनाका साथ अगाडि बढ्नु पर्दछ । यी विषयहरूमा सहमत नभएमा निर्वाचन बहिस्कार मात्र होइन ध्वस्तै पोर्न लक्ष्यका साथ अगाडि बढ्नु नै क्रान्तिका लागि हितकर हुनेछ । वार्तामा बसी सकेपछि प्रतिक्रियावादी तथा षड्यन्त्रवादीहरूले क्रान्तिकारीहरूलाई झुक्याउन, फकाउन, लोभ्याउन, लालच देखाउन लगायतका ललीपप देखाउन सक्छन् । यसमा क्रान्तिकारीहरू बढी सजग हुन जरुरी छ । अनेक प्रकारका हतकण्डाहरूलाई चिर्दै क्रान्तिकारीहरूले श्रेष्ठता हासिल गर्न सक्नुपर्छ ।