एक हजार वर्षको जेल सजाय सुनाईए पछि ..
न्यूर्योक – २० भदौ । तीन अमेरिकी महिलालाई अपहरण गरेर वन्दी वनाई  एक दशकसम्म बलात्कार गरेको अभियोगमा एक हजार वर्षको जेल  सजाय सुनाईएका अमेरिकी नागरिक एरियल क्यास्ट्राले कारागारभित्रै  आत्महत्या गरेका छन् ।
 सन् २००४ मा अपहरण गरी आफ्नै घरमा बन्धक वनाएर  तीन महिलालाई एक दशकदेखि बलात्कार गर्दै आएको खुलासा भएपश्चात सो  अभियोगमा पक्राउ परेका क्यास्ट्रोलाई गत वर्षको अगष्ट महिनामा त्यहाँको अदालतले एक हजार वर्ष कैदको सजाय सुनाएको थियो ।
 क्यास्ट्रोले अमेरिकाको ओहायो राज्यबाट सन् २००४ को जनवरीमा १४ वर्षकी अमाण्डा बेरी, १६ वर्षकी जिना डिजीसस र २० वर्षकी मिचेल नाईटलाई अपहरण गरि  अमेरिकाकै क्लेभल्याण्ड शहरको एक घरमा बन्धक बनाएर शारीरिक र मानसिक यातना तथा वलात्कार गर्दै आएका थिए ।
 अमेरिकाको ओहियो शहरस्थित कारागारमा सजाय काटिरहेका एरियल क्यास्ट्रोले कारागारमा नै आत्महत्या गरेको अमेरिकी अधिकारीहरु तथा संचार माध्यामहरूले जनाएका छन् । -एजेन्सी

 
                 
                             
                             
                         
                         
                        