पाकिस्तानको पेसावरमा बम विस्फोट छ को मृत्यु
इस्लामावाद, २१ असोज । उत्तरपश्चिम पाकिस्तानमा पर्ने प्रान्तीय राजधानी पेसावरमा सोमबार बिहान भएको एक बम विस्फोटमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ ।यस विस्फोटमा अन्य १२ व्यक्ति घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । पेसावर सहरको बाहिरी इलाका बदाबेर क्षेत्रमा प्रहरी टोली र पालियो कामदार जम्मा भएका स्थानलाई लक्ष्यगरी गरिएको यस आक्रमणमा चार प्रहरीसहित कम्तीमा छ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारी नाजिव युआर रहेमानले बताउनुभएको छ ।यस बम विस्फोटबाट एक प्रहरी सवारीसाधन र नजिकै रहेको फलफूल र तरकारी पसल ध्वस्त भएको जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी सङ्गठनले दाबी गरेका छैनन् । रासस÷सिन्ह्वा