ड्रोन आक्रमणको कारण सोधिने
६ कात्तिक । पाकिस्तानले आफ्नो देशमा अमेरिकाले गरेको मानवरहित विमान ड्रोन आक्रमणको विषयमा राष्ट्रपति बाराक ओबामासँग जवाफ माग्ने भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले राष्ट्रपति बाराक ओबामासँग मानवरहित विमान ड्रोन आक्रमणको जवाफ माग्ने तयारी गरेका छन् ।आतंककारी लुकेको आशंकामा अमेरिकाले गरेको ड्रोन आक्रमणबाट पाकिस्तानमा हजारौं सर्बसाधारणले ज्यान गुमाउँदै आएका छन् । सरिफले बुधवार हुने भेटका क्रममा तालिवानी बिद्रोहीलाई शान्ति वार्तामा ल्याउने प्रयासका विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ । किस्तानी सञ्चारमन्त्रीका अनुसार प्रधानमन्त्री सरिफले बुधवार अमेरिकी राष्ट्रपति ओबामासँग भेट गर्दैछन् । अमेरिकाको तिन दिने औपचारिक भ्रमण पुरा गरी नवाज सरिफ बुधवारै पकिस्तान फकने बताइएको छ ।- एजेन्सी