अमेरिकाप्रति जर्मन आक्रोषित
७ कार्तिक । विभिन्न देशका महत्वपुर्ण व्यत्तीका टेलिफोन रेकर्ड गरेर जासुस गरेको खबर सार्वजनिक भएसँगै अमेरिका प्रति कुटनैतिक आक्रोश बढ्दै गएको छ ।
अमेरिकाको विरोध गर्नेमा जर्मन चान्सलर एन्जेला मर्केल पनि थपिएको छ । यस अघि रसियन प्रधानमन्त्री दिमित्री मेदभेदेभ र ब्रजिलियन राष्ट्रपति राउसेफ डिल्माले पनि अरुको फोन रेकर्ड गरेर जासुस गर्ने अमेरिकी नितिको बिरोध गरेका थिए । अमेरिकी राष्ट्रपति बाराक ओबामा सँगको फोन वार्तामा जर्मन चान्सलर मर्केलले बिरोध जनाएका हुँन ।ह्वाईट हाउसले भने बिज्ञप्ती निकालेर मर्केलको फोन रेकर्ड नगरिएको र आगामी दिनमा समेत नगर्ने जनाएको छ । उसले भनेको छ ओबामा र मर्केल विच अमेरिकी सुरक्षा एजेन्सीले अरुको फोन रेकर्ड गरेको विषयमा फोनवाार्ता भयो । जासुसी गर्ने र मानिसका व्यक्तीगत सुरक्षालाई पनि सम्मान गर्ने विषयमा अमेरिकाले समिक्षा गर्ने ह्वाईटहाउसको भनाई छ ।बिज्ञप्ती जारी गर्दै जर्मन सरकारले चान्सलर मर्केलको मोबाईल फोन रेकर्ड गरेर अमेरिकाले जासुस गरेको सुचना आफुसँग भएको दावी गरेको छ ।- एजेन्सी