स्थानीय निकायको कामकाज ठप्प स्थानीय निकायको कामकाज ठप्प

२०६९ फाल्गुन १६ गते, बुधबार

काठमाडौ , गाउँ विकास समिति कर्मचारी संघ र गाविस सचिव हकहित संरक्षण केन्द्रले आज बुधबारदेखि देशभरका स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पारेको छ । स्थानीय निकायको निर्वाचनको माग गर्दै दुइबटा संगठनले स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पारेका हुन् ।विगत ११ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधी विहिन बन्दा नागरिकहरु हरेक प्रकारका अधिकारबाट बन्चित हुनु परेको भन्दै स्थानीय निकायका कामकाज ठप्प पारेको उनिहरुले बताएका छन् । गाविस कर्मचारी संघका अध्यक्ष श्रीराम आचार्य र गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका अध्यक्ष दामोदर रिजालले संयुंक्तरुपमा बिज्ञप्ती निकालेर बिभिन्न माग सहित स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पार्ने जानकारी दिए। अब हुने निर्वाचनमा स्थानीय निकायको पनि चुनाब हुनुपर्ने माग राखेर आन्दोलन सुरु गरिएको गाविस हककित संरक्षण केन्द्रका अध्यक्ष दामोदार रिजालले बताए । बिभिन्न पाँच सुत्रिय माग राख्दै स्नाथीय निकायको कामकाज रोक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]