विवादको जड् संविधानसभा -राजेन्द्र चिमौरिया

२०७० पुष २१ गते, आईतवार

यतिबेला देशका सबै राजनीतिक दलहरू आन्तरिक विवादमा फसेका छन् । दोस्रो पटक संविधानसभाको निर्वाचन गरेर देशलाई संकटबाट मुक्त गरी एक वर्षभत्र संविधान जारी गर्ने बताएका दलहरू संविधानसभालाई नै पूण् रूप दिन सकिरहेको छैन । नेकपा-माओवादीलगायत ३३ दलले देशको वर्तमान संकटको निकास संविधानसभाको निर्वाचन होइन भन्दाभन्दै काँग्रेस, एमाले र एमाओवादीको राजनीतिक लहडको कारण निर्वाचन भयो । निर्वाचनको परिणाम आइनसक्दादेखि नै उनीहरू आफैँले गराएको संविधानसभाप्रति एकमत भएर अगाडि बढ्न सकेनन् । अहिले निर्वाचनमा सामेल भएका हरेक दलभित्र आन्तरिक विवाद चुलिएको छ । संविधानसभालाई संकट निकासको माध्यम बनाउनुभन्दा पनि ठगी खाने र लुट मच्चाउने थलोको रूप लिएपछि यस्तो स्थिति आइलागेको आमनेपाली जनताबाट लुक्न सकेको छैन । अहिले संविधानसभामा प्रमुख दल भनिएका काँग्रेस, एमाले र एमाओवादीभित्र सभासद्को विषयलाई लिएर रडाको मच्चिएको छ । सरकार र राष्ट्रपतिबीच कसले बैठक बोलाउने भनेर जुहारी चलेको छ । यी समग्र रूपबाट हेदा संविधानसभा, सरकार, राष्ट्रपति र निर्वाचनमा सामेल भएका सबै दलहरूलाई समेत घाँडो सावित भएको छ । त्यसैले यस्तो संविधानसभाले निकास दिन्छ भन्नु दिवास्वप्ना मात्र हुनेछ । अहिले संविधानसभालाई ठगी खाने र लुट मच्चाउने थलोको रूपमा विकास गर्न लागिएको छ, जुन राष्ट्र, राष्ट्रियता र जनताप्रति ठूलो गद्दारी हो । राष्ट्र, राष्ट्रियता र जनतालाई केन्द्रभागमा राखेर अगाडि बढ्न नसके संविधानसभाको कुनै औचित्य छैन । यसले त झन् विनाश निम्त्याउँछ, देशलाई भड्खालोमा हाल्छ, जनजीवनलाई तहसनहस बनाउँछ । त्यसैले यो संविधानसभाको आमस्वाभिमानी जनताले विरोध गर्न थालिसकेका छन् । अहिले तमाम दलभित्र चुलिएको चरम् आन्तरिक गुटबन्दी, सरकार र राष्ट्रपतिबीचको दोहोरी यही संविधानसभाले गर्दा नै हो । तर्सथ, यस्तो संविधानसभाको कुनै औचित्य छैन । त्यसैले यो संविधानसभालाई विघटन गरी नेकपा-माओवादीलगायत ३३ राजनीतिक दलले भनेजस्तो र्सवदलीय राजनीतिक सभाको आयोजना गर्नुपर्छ र त्यहीँबाट यी तमाम समस्याको समाधान निकाल्नर्ुपर्छ । जुन सबै राजनीतिक दल, राष्ट्र र जनहित पनि हुन्छ, सबैलाई चेतना….

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु