मेघगर्जन,चटयाङ्ग र वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको जनाउदै आज देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने जनाएको छ। बुधबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन-चटयाङ्गसहित हल्का वर्षाको समेत सम्भावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार राती भने देशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।