नेकपा सिन्धुपाल्चोकको १६ औं पूर्ण बैठक सम्पन्न

२०७९ असार ३ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको १६ औं पूर्ण बैठक सम्पन्न भएको छ । बैठक बिहीबार मेलम्चीमा बसेको हो । बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज आधारको प्रमुख आतिथ्यता रहेको थियो ।
महान सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरि सुरु भएको बैठकमा जिल्लाका सबै सदस्यहरुले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए । बैठकमा पार्टीको ८ औं केन्द्रिय समितिको १३ औं पूर्ण बैठकले पारित गरेको निर्णयहरु समावेश गरेको परिपत्र वाचन गरिएको थियो । बैठकका प्रमुख अतिथि आधारले पार्टी केन्द्रको नीतिमा आधारित रहेर भाव सम्प्रेषण गरेका थिए । गत वैशाख ५ मा बसेको जिल्ला समितिको १५ औं पूर्ण बैठकले निर्णय गरेको कार्यसम्पादन सम्बन्धी समिक्षात्मक विश्लेषण पनि भएको छ । विगतमा भएको काम कार्वाहीलाई आत्मसात गर्दै अब नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने ध्येयका साथ अघि बढ्न सबैलाई प्रेरित गरेका छन् ।
बैठकले आगमी दिनमा हुने पार्टीको ९ औं महाधिवेशनको तयारीका लागि विशेष निर्णय गरेको छ । बैठकमा क्रान्तिको यात्रामा आइलाग्ने जस्तोसुकै परिस्थितिको पनि सामना गर्दै अघि बढ्ने प्रतिबद्धता समेत गरिएको छ । त्यस्तै क्रान्तिप्रेमी सबै पार्टी पंक्ति र जनसमुदायलाई एकसाथ लिएर जानुपर्ने विषयलाई पनि बैठकले स्पष्ट पारेको छ । यसरी जिल्ला सेक्रेटरी युगीनको अध्यक्षतामा बसेकाे जिल्ला समितिको १६ औं पूर्ण बैठक विभिन्न महत्त्वपूर्ण र ऐतिहासिक निर्णय गर्दै अन्तमा नारासहित समापन भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार