६ दलले पाए राष्ट्रिय दलकाे मान्यता

२०८२ फाल्गुन २७ गते, बुधबार

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि देशमा ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। तीमध्ये पाँच दल पुरानै रहेका छन् भने एउटा दल नयाँ रूपमा राष्ट्रिय दलको सूचीमा समावेश भएको छ। नयाँ राष्ट्रिय दलको रूपमा श्रम संस्कृति पार्टी उदाएको छ। हर्क साम्पाङ नेतृत्वको यस पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्न सफल भएको छ भने समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दलको मान्यता सुरक्षित गरेको हो। यस बाहेक राष्ट्रिय दलको मान्यता पाउने अन्य दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। यीमध्ये चार दल विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलको हैसियतमा रहेका थिए भने नयाँ थपिएको दलका रूपमा श्रम संस्कृति पार्टी देखिएको छ।

प्रतिक्रियाहरु

[anycomment]