एलियनहरू पृथ्वीमा रहेको दाबी !

२०७९ असार ३१ गते, शुक्रबार


काठमाडौं । अमेरिकामा यस्ता धेरै ठाउँ छन्, जहाँ सर्वसाधारणलाई जान निषेध गरिएको छ । एरिया ५१ सिंगो संसारको लागि एक रहस्य हो । पहिले अमेरिकाले यस ठाउँको बारेमा चर्चा गर्न पनि इन्कार गर्दथ्यो । तर दबाबका कारण अमेरिकामा एउटा रहस्यमय ठाँउ भएको कुरा पत्ता लागयो, जसलाई एरिया ५१ भनिन्छ । यद्यपि, अमेरिकाले एरिया ५१ सैन्य अड्डा भएको कुरा बताउने गर्छ । तर एरिया ५१ मा काम गर्ने एक पूर्व इन्जिनियरका अनुसार अमेरिकाले एलियनलाई बन्दी बनाएको छ । बिल यूहाउस अमेरिकाको गोप्य सैन्य आधारमा काम गर्थे । उनले उक्त साइटमा वास्तवमा एलियनको उपस्थिति रहेको दाबी गरेपछि नयाँ बहस सुरु भयो ।
बिल यूहाउसलाई एलियन्स गतिविधिमा विशेषज्ञ मानिन्छ । उनलाई ‘हटस्पट५१’ क्षेत्रको बारेमा अरू भन्दा धेरै थाहा भएको विश्वास गरिन्छ ।दुःखको कुरा बिल अब यो संसारमा छैनन्, तर उनको दाबीले अझै पनि एलियनको उपस्थितिलाई उजागर गर्दछ । अमेरिकी न्यूज च्यानलमा बिलको अन्तर्वार्ता हेरेपछि तपाईलाई थाहा हुनेछ कि अमेरिकाले वास्तवमा धेरै कुरा लुकाइरहेको छ । हुनसक्छ, अमेरिका बाहेक अरु धेरै देशहरु छन्, जहाँ एलियनहरुको बारेमा धेरै जानकारी छ । तर एरिया ५१ मा काम गरेका धेरै पूर्व विज्ञहरुले यो कुरालाई विश्वसामु ल्याइरहेका छन् । धेरै पूर्व विज्ञहरू विश्वास गर्छन् कि एरिया ५१ मा एक स्पेसशिप छ, जसमा अमेरिकाले अनुसन्धान गरिरहेको छ, ताकि आफ्नो प्रविधि जान्न र अन्तरिक्षमा फरक छाप छोड्न सकोस् ।
भर्खरैको एउटा खबरले सारा संसारमा त्रसित बनेको थियो । त्यो समाचार थियो–पृथ्वीमा समुद्रमुनि एलियनहरू बस्छन्। युएओः ए फन्डामेन्टल टु्रका लेखक अन्ना व्हिट्टीको दाबी अनुसार एलियनहरू वास्तवमा मानव हुन्, तर हामीभन्दा धेरै उन्नत छन् । अन्नाले सन् १९४७ मा भएको घटनाको आधारमा यो दाबी गरेकी थिइन् । यी सबै दावीहरूको आधारमा, के भन्न सकिन्छ भने एलियनहरू वास्तवमै अवस्थित छन् । किनभने धेरै देशका मानिसहरूले आफूले आकाशमा चम्किरहेको जहाज देखेको दाबी गर्ने गरेका छन्, जुन एउटा स्पेसशिप हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]