ब्राजिलमा बहालवाला राष्ट्रपति बोल्सोनारोद्वारा पराजय अस्वीकार

२०७९ कार्तिक १५ गते, मंगलवार

काठमाडौं । ब्राजिलका बहालवाला राष्ट्रपति जायर बोल्सोनारोले राष्ट्रपतीय निर्वाचनको परिणाम स्वीकार नगर्दा अन्योल र अराजकता बढेको छ । राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणको साेमबार आएको मत परिणाममा बोल्सोनारो वामपन्थी नेता लुला डि सिल्भासँग झिनो मतले पराजित हुनु भएकाे थियाे । तर बोल्सोनारोले अझैसम्म पराजय स्वीकार गर्नुभएकाे छैन् भने उनका समर्थकहरुले ब्राजिलका विभिन्न राज्यहरुमा सडक प्रदर्शन गर्ने र ठाउँठाउँमा अराजकता मच्चाउने गरिरहेका छन् ।
बोल्सोनारोले परिणाम स्वीकार गर्नुहुन्छ गर्नुहुन् अथवा उनले निर्वाचनकाे मतपरिणामकाे बारेमा कहिले मुख खोल्छन भन्ने प्रतिक्षामा ब्राजिलका जनता रहेका छन् । यसअघि दुई पटक राष्ट्रपति भईसक्नुभएका लुलाले ५० दशमलव ८ प्रतिशत मत प्राप्त गर्दा पूर्व सैनिक अधिकृत समेत रहनुभएका बहालवाला राष्ट्रपति बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गरेका थिए ।

निर्वाचन प्रचारका क्रममा निर्वाचन प्रणालीप्रति पटकपटक आशंका ब्यक्त गर्दै आएका बोल्सोनारोले परिणाम अस्वीकार गरे थप अन्योल बढ्ने चिन्ता भएकाे छ । उनका केही मन्त्रीहरुले आज मंगलबार अबेरसम्म राष्ट्रपति बोल्सोनारोले परिणाम स्वीकार्ने बताए पनि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले भने पुनः मतदानको माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]