सुदर्शन र कन्चनलाई खुला पत्र

२०७९ मंसिर ११ गते, आईतवार

यतिबेला क्रान्तिकारी शक्तिले आत्मसमीक्षा गरेर दलाल पुँजीवादका विरुद्ध सशक्त रूपमा मोर्चा कस्ने बेला हो । साम्राज्यवादले नेपालमा आफ्नो स्वार्थ पुरा गर्न नयाँ पात्रहरुलाई कथित निर्वाचनमार्फत् वैधानिक तरिकाले सदनमा पु¥याएको छ । जनताको मतलाई एमसीसी र एसपीपी कार्यान्वयनलगायत थुप्रै प्रकारका राष्ट्रघात, र जनघातमा प्रयोग गरिने कुरा निश्चित छ । त्यसका विरुद्ध सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरु एकढिक्का भएर लड्नुपर्ने बेला तपाईं र तपाईंंको पार्टी त उल्टै क्रान्तिकारी पार्टी नेकपा र त्यसको नेतृत्व महासचिव कमरेड बिप्लबका विरुद्ध ‘न्वारानदेखिकै बल’ लाएर लागिरहेको छ । नैतिकहीन, मर्यादाहीन, कपोकल्पित, भ्रमपूर्ण, षड्यन्त्रपूर्ण र दुश्मनलाई खुशी बनाउने र क्रान्तिकारी कार्यकर्ता, समर्थक, शुभचिन्तक र परिवर्तनकारी जनतालाई निराश तुल्याउने प्रकारका मित्थ्या अभिव्यक्तिले वास्तवमा कसलाई फाइदा पु¥याएको छ गम्भीरतापूर्वक सोच्न र बोध गर्न जरुरी छ । एउटै पार्टीमा रहँदा कसका कति कमजोरी भए, कसको दोष के हो र को कति दोषी तथा आजको यो परिस्थिति कसरी सिर्जना भयो ? त्यसको वस्तुगत समीक्षा भबिष्यमा पनि हुने नै छ ।

पार्टी नेतृत्वले अगाडि सारेको रणनीति र कार्यनीतिमा असहमति राख्न पाइन्छ, चित्त नभुझे फरक मत राख्न पाइन्छ । फरक दस्तावेज ल्याउन र बहसमा लैजान पाइन्छ । पार्टी एकता जोगाउन थुप्रै विकल्प हुँदाहुँदै पार्टीबाट बहिर्गमनको यात्रा रोजेर पार्टी नामाकरणमै राजनीतिक रुपमा बेइमानी गरेर बहुमत राख्नुभयो । तपाईं जत्तिको विद्वान् नेतालाई अत्यन्तै न्यूनतम र बहुमत छुट्याउने ज्ञान छैन भन्नु पनि कसरी ? तर तपाईंको बहिर्गमन क्षणिक कार्यनीतिक सवालमा निहुँ खोजेर गएजस्तो रूपमा देखिए तापनि त्यसपछिका सबै गतिविधिले नियोजित र प्रायोजित हो भन्ने स्पष्ट देखिन्छ । भलै त्यसको पुष्टि हुन केही समय अझै अवश्य लाग्नेछ ।

हर्कबहादुर बि क

कामरेड तपाईंलाई एउटा अनुरोध छ– पुष्पलाललाई लालगद्दारको बिल्ला भिराएर अहिले पश्चातापको अगेनोमा जलिरहेका कमरेड मोहनबिक्रम सिंहको झैँ कहानीको पात्र तपाईं बन्नुहुँदैन भन्ने मेरो पहिलो सुझाव छ । पार्टीभित्रका राजनीतिक, आर्थिक तथा सङ्गठनात्मक समस्या र अन्तरबिरोध के–के थिए र तिनको समाधान गर्नमा नेतृत्वपंक्तिमा रहेका नेताहरु र केन्द्रीय समितिको के–कति कमजोरी या अपुगता भए त्यसको बस्तुनिष्ठ समीक्षा गर्न इतिहासले कहिल्यै छेकबार लाउने छैन । किनकि इतिहास निर्मम हुन्छ र इतिहास कसैको इच्छामा पनि लेखिने हुँदैन । वर्तमानमा त आ–आफ्नै सापेक्षतामा निष्कर्षहरु हुने नै भए ।

महासचिव कमरेड बिप्लबको नेतृत्वमा आठौँ केन्द्रीय समितिको १२ औं पूर्ण बैठकसम्मका हरेक निर्णयको जिम्मेवारीबाट कमरेड कन्चन र सुदर्शनलाई भाग्ने छुट कदापि हुँदैन । जुन बैठकको निर्णयलाई आधार बनाई तपाईं अलग हुनुभयो त्यस बैठकमा समेत तपाईंले आफ्नो फरक मत दर्ज गर्न नसकेर राजनीतिक रुपमा अत्यन्तै अपरिपक्व साबित आफैँं हुनुभयो । पार्टी भित्रको बहसमा, निर्णय प्रक्रियामा सहमति जनाउने र बाहिर आपूm अनुकूल ब्याख्या गर्दै आफ्नो गुट खडा गरेर विभाजनको बीउ रोप्नु भयो । पार्टी फुटाउन इमानदार नेता, कार्यकर्तासँग इमोस्नल ब्ल्याकमेलिङ गर्दै कमरेड सुदर्शन र तपाईं एक हदसम्म सफल हुनुभयो । वास्तबमा चुनावमा नजाने र जानेको सवालभन्दा पार्टी भित्र कमरेड सुदर्शनसँग जोडिएका विषयमा उन्मुक्ति दिलाउने गलत नियतलाई स्थानीय तहको चुनावको विषयमा विवाद खडा गरेर आपूm बहिर्गमन हुने र आर्थिक मुद्दालाई चुनाबी विवादको लेपन लगाएर स्वतः ‘सल्टिने’ मेसो खोजिरहनुभएका नेतालाई के खोज्छस् काना आखो भने झैँ भएको कुरा स्वतः प्रमाणित भएको छ । नत्र स्थानीय निकायको निर्वाचनमा पार्टी जानुपर्छ भनेर कमरेड सुदर्शनले दाङ र रुकुम जिल्लाको पार्टी प्रशिक्षणमा बोल्दा बेहोसमै बोलेको भनेर स्वीकार गर्न सक्नुपर्छ । त्यति मात्रै होइन चितवनको अन्तिम प्रशिक्षणमा पार्टी दर्ता नगरी स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भनेर प्रशिक्षण दिँदा पनि आफ्नै होसमा त हुनुहुन्थ्यो कि नाई तपाईंको प्रशिक्षणको अडियो र भिडियो सम्बन्धित निकायसँग अनुमति लिई मागी दोहो¥याइ–तेहे¥याई सुनेको हेरेको छु ।

हाल आएर पार्टी एकीकृत हुँदाकै बखतका तपाईं समेतको सहभागितामा कार्यान्वयन भएका पार्टी काम कारवाही र निर्णयहरुको गोपनियता भङ्ग गर्ने छुट कोही कसैलाई छैन । बिगतका कमोजोरी र अपुगताहरु यदि थिए भने त्यो बेला मौन बस्ने र अहिले अपराधीकरण गर्ने छुट पनि कसैलाई हुँदैन र त्यो नैतिक विषय पनि होइन । यसो भन्दै गर्दा म आफ्नो आलोचनात्मक दृष्टिकोणप्रति पूर्णरूपमा स्पष्ट नै छु । कसैप्रति पनि मेरो देवत्वकरण रहँदैन । र, कुनै पनि वर्गमित्रप्रति राजनीति रुपमा वा ब्यक्तिगत रुपमा शत्रुताको भावना पनि हुँदैन । तर, कम्युनिस्ट पार्टीको सदस्य हुनुको हिसाबले पार्टी नीति र नेतृत्वको रक्षा गर्नु म आफ्नो दायित्व ठान्छु । पार्टी समस्यारहित र नेतृत्व कमजोरीरहित भन्ने कुरामा म विश्वास गर्दैन । त्यसमा स्पष्टै छु ।

बिरोधीलाई मसला हुने र हामीलाई घत लाग्ने र तपाईंलाई भनिरहन मजा आउने होला सायद विषय के हो भने बिगतका तपाईंसहितको निर्णयबाट क्रियान्वयन भएका कैयौं कामहरू जस्तै पार्टी कार्यालय निर्माण, आवास निर्माण, कम्युन व्यवस्थापन, उत्पादनका, सहयोग सङ्कलनलगायतका मसिना कामकारबाहीबारे अहिले आएर जोश निकालेरै बोलिरहनुहुन्छ, भनिरहनुहुन्छ । यी सबै विषयमा तपाईंले उम्किन खोजेर कसरी उम्किनुहुन्छ ? तपाईंको भाषामा ती गलत हुन भने त्यसको अंशियार तपाईं हुने कि नहुने ? नत्र भने त्यसबेला निर्णय प्रक्रिया र कार्यान्वयन प्रक्रियामा आफैँ सहभागी हुने अहिले अनेकथरि आरोप लाउनुलाई घाँसभित्रको हरियो सर्पको रुपमा किन नबुझ्ने ? यदि ती निर्णय गलत हुन भने तपाईं पनि दण्डित हुनुपर्छ कि पर्दैन वा तपाईंलाई दोषी मान्ने कि नमान्ने ?

हामी युवाहरूको दिमागमा क्रान्तिभन्दा अर्को सपना कुनै पनि छैन । तपाईंहरुको अब एक हिसाबले आधा जिन्दगी बाँकी छ हाम्रो पुरा जिन्दगी बाँकी छ । क्रान्तिको निम्ति बलिदान दिन तयार युवा शक्ति मुलुकमा बिद्यमान दलाल सत्ताको खरानी बनाएर वैज्ञानिक समाजवाद चाहन्छ । चाहे जोसुकै कम्युनिस्टले नेतृत्व गरोस् । तर, नेतृत्व गर्नु त कता हो कता जोश–जाँगरले भरिपूर्ण युवाहरुलाई क्रान्तिको बिउ जोगाउँछु भन्दै फ्रीज नगरेकै राम्रो ।

पार्टी अन्तरसङ्घर्षमा एक महिना पनि टिक्न नसक्ने, विगतमा नेतृत्वका अगाडि पुच्छर लुकाएर रुझेको बिरालो झैँ हुने मौन बस्ने, कैयौं नेता, कार्यकर्ताले पार्टीलाई मजबुत बनाउन दिएका सुझावलाई नेतृत्व समक्ष स्पष्ट र दृढतापूर्वक राख्न नसक्ने बिगतमा पार्टीमा उत्पन्न कयौं समस्याहरु समाधानको लागि पहल लिन लिखित र मौखिक रुपमा अनुरोध गर्दा नेतृत्वसँग वा पार्टी बैठकमा समस्या समाधानको लागि कुनै पनि विषयको उठान्सम्म गर्न नसक्ने, तपाईंले नै सम्हालेको कमान्डमा समेत पार्टी निर्णय कार्यान्वयन र सङ्गठन परिचालनमा ब्यापक फितलो भएको जगजाहेर नै छ । तर, अहिले पनि राज्यद्रोहलगायतका मुद्दा खेप्दै दलाल पुँजीवादसँग लडिरहेका र राज्यले पक्राउ पुर्जी जारी भएका महासचिव कमरेड बिप्लब संसदवादमा गए भन्ने तर आपूmले बनाएको पार्टी एक वर्ष पनि राम्रोसँग चलाउन नसक्दै पाँच वर्ष पहिले चुनाब प्रयोग गरेको मोहन बैद्यको पार्टीलाई क्रान्तिकारी मानेर एकता गर्न कस्सिनु, पार्टीको कार्यदिशाको न्वारान समेत गर्न असफल साबित भएका लगायत थुप्रै तथ्यहरु छर्लङ्ग भएको देख्दादेख्दै तपाईं आजको साम्राज्यवाद र दलाल पुँजीवादसँग लड्न सक्नुहुन्छ र क्रान्ति हाँक्न सक्नुहुन्छ भनेर कसरी पत्याउनु, विश्वास गर्नु ? यो कुरामा चित्त दुखेमा विनम्रतापूर्वक माफी चाहन्छु ।

नेपाल कम्युनिस्ट पार्टी, नेतृत्व, नीति र कार्यक्रमसँग असहमति राखेर अलग भैसकेको अवस्थामा आपूm निर्दिष्ट गन्तव्यको यात्रामा उत्कृष्ट साबित भएर अगाडि बढ्नुपर्ने बेला नेकपाविरुद्ध गाली गर्ने टेन्डर लिनुभएको आभास हुने गरी किन लागिरहनु भएको छ, सबैभन्दा अनौठो र बुझ्न नसकिएको विषय यही हो । के यो देशमा कमरेड बिप्लब र नेपाल कम्युनिस्ट पार्टी सिध्याएर मात्रै तपाईंको एकीकृत जनयुद्ध र समाजवादी क्रान्ति पुरा हुने हो ? या तपाईंको आगामी यात्राको तगारो नेपाल कम्युनिस्ट पार्टी हो ? या दलाल पुँजीवादी सत्ता हो ?

नेपालमा अब क्रान्ति सम्भब छैन भनेर साह्रा प्रतिक्रियावादीको कित्तामा उभिएर प्रचण्डले आत्मसमर्पण गरेको बेला क्रान्ति अनिवार्य छ र सम्भब छ भन्दै चिहानबाट क्रान्तिको झण्डा उठाएर कमरेड बिप्लबको नेतृत्वमा तपाईं (क. कन्चन) समेतले बनाइएको पार्टीलाई फुटाएर आज क्रान्ति शब्दलाई समेत दूषित हुनेगरी पार्टी र नेतृत्वविरुद्ध लागिरहँदा तपाईंकै पनि इमानदार नेता–कार्यकर्ताले खुसी मनाउँ नगरेको र नगर्ने कुरामा ध्यान छ कि छैन ?

अन्तिममा को क्रान्तिकारी को गैरक्रान्तिकारी त्यो भबिष्यलाई छोडौँ । कसका कति कमजोरी भए त्यो पनि आत्मसमीक्षा गरौंला । क्रान्तिभन्दा अर्को यदि उद्देश्य भएन र छैन भने तपाईंको अलग भान्छाको जरुरत पनि नहोला । त्यो बेला पनि हामी सबैले बिगतमा झैँ मनै भित्रबाट स्वीकार गर्ने बाटो बन्द नगर्नुहोस् । अहिले दुश्मनको प्रहारभन्दा तपाईंको प्रहार पनि कम छैन । आफ्नै बिरासतलाई दूषित हुने काम नगरौँ । इतिहास कसैको इच्छामा लेखिन्न । इतिहासको निर्मम समीक्षा एक दिन हुने नै छ । तर, तपाईंको बर्बराहट, चिच्याहट, लाज पनि लजाउने गरी गरिएका कुतर्क, भ्रम, मित्थ्या आरोप र गालीगलौजले केही रोमान्चक त होला र त्यस्तै मान्छेहरुको तालिले आनन्द त आउला तर तपाईंको आफ्नै ब्यक्तित्व र उचाइलाई खाडलमुनि धसार्दै छ । वर्गबैरीहरुलाई हसाइरहेको छ । क्रान्तिकारीहरु चाहे जुनसुकै पार्टीका किन नहुन घृणाभाव दर्शाइरहेको छ । तपाईंको अनुहारमाथि कुण्ठित मनोदशा झल्काइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु