नेपाली जनप्रगतिशील मोर्चाको जर्मनीमा संगठन विस्तार

२०७९ पुष ७ गते, बिहीबार


काठमाडौं । नेपाल बाट युरोप अमेरिकामा बसोबास गर्ने प्रवासीहरुको संगठन नेपाली जनप्रगतिशील मोर्चाले जर्मनिमा संगठन विस्तार गरेको छ।डिसेम्बर १७ तारेखमा आयोजना गरिएको भेलाद्वारा जनप्रगतीशिल मोर्चा जर्मनीमा संगठन बिस्तार गरिएको हो।जर्मनीमा भएको मोर्चाको भेलामा नेपाली जनप्रगतिशील मोर्चा , युरोपका अध्यक्ष विस्णु भुजेल, उपाध्यक्ष बदन योङ्हाङ, बेल्जियम मोर्चाका उपाध्यक्ष शेरबहादुर छन्त्याल , पोर्चुगल मोर्चाका अध्यक्ष पुर्ण बहादुर बिश्वकर्मा र अमेरिका मोर्चाका महसचिव दिपक लामिछानेले संगठनको सान्दर्भिकता र भुमिका माथि प्रकाश पार्दै नवनिर्वाचित कमिटीलाई शुभकामना व्यक्त गरेका थिए।भेलालाई सम्बोधन गर्दै युरोप मोर्चाका अध्यक्ष विष्णु भुजेलले नेपालमा दलाल पुजीवादी व्यवस्थाका कारण चौतर्फी संकट बढ्दै गएको, जनजीवन कस्टमय भैरहेकोले अब यो ब्यवस्थामा सामान्य सुधार होइन आमुल परिवर्तन गर्न अपरिहार्य रहेकोले नेपालमा त्यो उदेश्य प्राप्तीका लागि अगाडि बढिरहेको एकीकृत क्रान्तिको सफलताका लागि एक्यवद्धता जाहेर गर्नु पर्ने बताए।अन्य बक्ताहरुले मोर्चामा आबद्ध सदस्यहरुको हक हितका लागि एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन।
नेपाली जनप्रगतीशिल मोर्चा जर्मनीको भेलाले अधिवेशन आयोजक समिती समेत गठन गरेको छ ।जस अनुसार संयोजक भक्त नारायण श्रेष्ठ सदस्यहरु गङ्गालाल श्रेष्ठ , रामदाश श्रेष्ठ , किरण श्रेष्ठ , रिकेश सेन्चुरी, भिम बहादुर सुनुवार , कबिता विश्वकर्मा ,निशान रावल , मनिष नेपाली र पुजा मगर रहेका छन भने कार्यक्रमको सञ्चालन भक्तनारायण श्रेष्ठले गरेका थिए।-शेरबहादुर छन्त्याल

प्रतिक्रियाहरु

[anycomment]