कन्चनको विचलनवादी चरित्र

२०७९ पुष २६ गते, मंगलवार

अर्जुन सी

संसदीय आहालमा चिप्लिएका विप्लवको अरण्य रोदन भन्ने लेखदेखि भाग ६ सम्म भनेर धर्मेन्द्र बास्तोलाको लेख पढ्दा कुनै देशका दलालहरुलाई आफ्नो नजिक ल्याएर क्रान्तिकारी पार्टी र पार्टीका मुख्य नेताहरुलाई दुश्मन र दुश्मन शक्तिलाई मित्र बनाउन खोजेको देखिन्छ । किनभने दुई वर्षको प्रतिबन्धमा स्थायी कमिटी सदस्य र पछि सचिवालय सदस्यले बनाएको योजना बाहिर दुश्मन शक्तिलाई जसरी दिन खोज्नु भएको छ, त्यो स्वयं तपाईंलाई पनि घातक भएर आउँछ होला नि ? त्यो भनेको दाङमा राप्ती ब्यूरोको बैठक को सुराकीलगायतका कुराहरु बाहिर ल्याउनु खोज्नु भएको छ, यो कुरा न त वैचारिक हिसाबले मिल्छ न त राजनैतिक रुपले नै मिल्छ ।

माओले भनेको ३ खराबी र ५ खराबीसँग मिल्न जान्छ । माओले गरेको संश्लेषण आज नेपालमा कन्चनले लागू गर्दै हुनुहुन्छ अनि कसरी हुनुभयो त सच्चा कम्युनिस्ट । तपाईं कम्युनिस्ट होइन क्रान्तिभित्र लुकेर क्रान्तिकारी नेताहरुलाई मार हान्ने षड्यन्त्रकारी लिनपियाओवादी शैलीमा रमाउने प्रतिक्रान्तिकारी, काउत्स्की, प्रुधो, बलाङकी, वाकुनिन, लासाल जस्तो शास्त्रीय पण्डित पो हुन भयो । वर्ग दुश्मन र वर्ग मित्र छुट्याउन नसक्ने नेताहरूले दर्शन र विश्व कम्युनिस्ट आन्दोलनको कुरा गर्नु भनेको त्यो मूर्ख कालिदासको कथाबाहेक अरु के हुन्छ र यो त के देख्नेलाई भन्दा हेर्नेलाई लाज भने जस्तै भयो नि, होइन र ?

आज विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनलाई धक्का दिएर पुँजीवादीहरु क्रान्तिकारी पार्टी र पार्टीको मुख्य नेतृत्वमाथि जसरी हमाल गर्दैछन्, त्यसलाई तपाईंको लेखले सहयोग गरेको हुँदैन र ? तपाईंको लेखले नेपालका दलाल संसदीय ब्यवस्था भित्रका दलाल पुँजीवादीहरुलाई सहयोग र क्रान्तिकारी जनतालाई निराश बनाएको छ । तपाईं कै शब्द सापटी लिदा गैरराजनैतिक बितण्डा र हुलहुल्जापथी चरित्र हुँदैन र के भने खोजेको हो ? कैलाली, जाजरकोट, बिरजगको सुराकीलगायतका कुरा । त्यो लेखबाट के भन्न खोज्नु भएको हो ? तपाईं पनि त ८ औँ महाधिवेशनबाट यही पार्टीको स्थायी कमिटी सदस्य, पछि सचिवालयको सदस्य हो नि । त्यो बेलाको सम्पूर्ण योजनाकार तपाईं पनि होइन र ? यसरी पानीमाथिको ओभानु बन्न मिल्दैन, बरु यी माथिका सबै कुराहरुलाई जोड्दा कन्चनमा वैचारिक, राजनैतिक, सांस्कृतिक, आर्थिकरुपमा बिचलन आएकै हो भन्ने कुराको पुष्टि आफैँ गर्नु भएको छ नि । त्यो भनेको सँगै हुँदा योजना बनाउने, फरक भएपछि क्रान्ति विरोधीहरुलाई योजना एक्सपोज गर्ने, क्रान्तिकारी पार्टी र नेतृत्वमाथि मौका कुरेर मार हान्ने षड्यन्त्रकारी लिन्पिओवादी शैली प्रयोग गर्ने खोजेको प्रस्ट हुन्छ ।

सायद, यस्तै भएर होला माक्र्सले समकालिन संशोधनवादी गद्दारहरु, शास्त्रीय पण्डितहरुका विरुद्ध भीषण विचारधारात्मक संघर्ष सञ्चालन गर्नु भयो । आपूmलाई नै सर्वज्ञाता ठान्ने कार्ल काउत्स्की, प्रुधो, ब्लाङकी, वाकुनिन, लासालजस्ता शास्त्रीय पण्डितहरुका विरुद्ध संघर्ष गरेर माक्र्सवादी विज्ञानको आविस्कार गर्नु भयो । माक्र्सवादी विज्ञानको प्रयोगको सिलसिलामा महान् रुसी क्रान्तिको अगुवाई र तत्कालीन दुनियाँका कम्युनिस्ट पार्टीहरु माक्र्सवाद र शास्त्रीय पण्डित प्रवृत्तिका विरुद्धमा ठूला–ठूला विचारधारात्मक संघर्ष गर्नुप¥यो । त्यस पछि लेनिनको समयमा पनि आपूmलाई नै माक्र्सवादको सबैभन्दा ज्ञाता सम्झने टिटो, लिखनोव, खु्रश्चोभ, ब्रेजनेवका विरुद्ध लेनिनले भीषण विचारधारात्मक संघर्ष सञ्चालन गर्नुभयो । सर्वहारा वर्गीय पार्टी निर्माणको मामिलामा रुसी कम्युनिस्ट पार्टीभित्र संचालन भएको कठिन संघर्षको विचारबाट लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको विकास गर्दै पार्टीलाई शास्त्रीय पण्डित्याईं प्रवृत्तिका अवैज्ञानिक सङ्गठनात्मक सिद्धान्तको घोर दक्षिणपन्थी पद्धतिबाट मुक्त गर्नुभयो ।

चिनियाँ कम्युनिस्ट पार्टीका महान् नेता माओलाई गाउँले, पाखे, गोब्रेकिराको संज्ञा दिँदासम्म पनि माक्र्सवादभित्र लुकेर बसेको शास्त्रीय पण्डितहरुलाई सुधार्ने कयौं प्रयास गर्नुभयो, नसुध्रिएपछि माओले अथक र लामो संघर्षपश्चात् माक्र्सवादी शास्त्रीय पण्डितहरुका विरुद्ध विचारधारात्मक रुपले विजय हासिल गर्नु भयो । माक्र्सवादलाई अर्को नयाँ उचाइमा माओवादमा विकास गर्नुभयो । नेपाल कम्युनिस्ट आन्दोलनका छ दशक लामो यो अवधिमा पनि माक्र्सवाद र शास्त्रीय पण्डित प्रवृत्तिकाहरुसँग भीषण विचारधारात्मक संर्घष चलिआएको छ । २०१९ देखि नेपाली कम्युनिस्ट आन्दोलनभित्र शास्त्रीय पण्डित प्रवृत्तिको विविधरुपमा जन्म भएयता निरन्तर विकास हुँदै यी कुरा आज कन्चनसम्म आउँदा शास्त्रीय पण्डित प्रवृत्ति देखापरेको छ । यसलाई वैचारिकरुपले मात्र होइन कि संघर्षको रुपमा निसाना बनाएर एकीकृत जनक्रान्तिबाट निषेध गर्नु आवश्यकता देखिन्छ ।

साम्राज्यवादीहरुले कम्युनिस्टका विरुद्ध निरन्तर गरिरहने हस्तक्षेप र हाम्रो आफ्नै पार्टीभित्र लुकेर बसेका लिनपियओवादीहरुका कारण कम्युनिस्ट पार्टीभित्र शास्त्रीय माक्र्सवादी पण्डित प्रवृत्तिको जन्म र विकास भइरहेको हुँदोरहेछ, यसलाई क्रान्तिकारीहरुको जोड्दार हमलाका कारण यो प्रवृत्ति निकै कमजोर सावित हुँदै आइरहेछ । उक्त प्रवृत्तिको राजनैतिक बिशेषता भनेको क्रान्तिको कुरा गरेर क्रान्तिबाट भाग्ने हुँदोरहेछ । माक्र्सवाद आपूmले मात्र बुझेको अरु कसैले बुझ्न नसक्ने स्वाङ रच्ने शास्त्रीय माक्र्सवादी पण्डित प्रवृत्तिको बिशेषता भनेको सिद्धान्त र ब्यवहारबीचको अन्तरविरोध हो । यो आज एकीकृत जनक्रान्तिभित्र लुकेर बसेको कन्चनमा यो प्रवृत्ति देखियो ।

लेनिनले भन्नुभएको छ, सिद्धान्तबिनाको ब्यवहार अन्धो हुन्छ भने ब्यवहार बिनाको सिद्धान्त लँगडो हुन्छ । यसले के प्रस्ट गर्छ भने कुनै पनि विज्ञान अथवा मुख्यतया मानव समाज विज्ञानको प्रयोगको मामिलामा सिद्धान्त र ब्यवहारबीचको उचित समायोजन जरुरी हुन्छ तर माक्र्सवादी शास्त्रीय पण्डित प्रवृत्तिले सिद्धान्तमा आपूmलाई निकै पाको साबित गर्न सिद्धान्तलाई केवल शुत्रकारूपमा फलाक्छ, फोस्रो लेखनद्वारा अभिब्यक्त गर्छ र प्रयोग गर्ने कुरालाई इन्कार गर्न पुग्छ । फलतः त्यस प्रकारको प्रवृत्तिले पार्टी आन्दोलनमा भ्रम पैदा गरी दिन्छ र कैयौं क्रान्तिकारी कार्यकर्ता जनतासँगै कहिलेकाहीँ नेताहरु पनि भ्रममा पर्ने गर्छन् । दूध पोखरी बनाउने निर्णयमा पानी पोखरीको कथालाई ब्यवहारमा प्रदर्शन गर्न पुग्छ ।

दोस्रो बिशेषता भनेको वर्गसंघर्षभन्दा टाढा रहनु हो । माक्र्सवादी शास्त्रीय पण्डितहरुको पहिचान वर्गसंघर्षबाट भग्ने क्रान्तिकारी जनतालाई निराश बनाउने हुन्छ । यो प्रवृत्ति विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेको छ । यो प्रवृत्तिलाई क्रान्तिकारीहरुले नाङ्गेझार पार्नुपर्ने बेला आएको छ । अझै यसले कतिसम्म बेइमानी गर्छ भने आफैँ काममा जाँदा बनाएको योजनालाई नै विषयान्तर गरिदिने त्यति पनि भएन भने कुनै न कुनै बहाना बनाएर आन्दोलन र वर्गसंघर्षभन्दा टाढा रहने यसको विशेषता हो । यसलाई वर्गसंघर्ष कुन चराको नाम हो थाहा नै हुँदैन । अनि वर्गसंघर्षमा सहभागी मुख्य र निर्णायक नेता र कार्यकर्तालाई मूर्ख देख्छन्, ती माक्र्सवादी शास्त्रीय पण्डितहरुसँग सर्वहारा वार्गीय अडान र दृढता नै हुँदैन । फलस्वरूप एक पटक होइन लाचार झैँ सयौं पटक मृत्युवरण गरिरहेका हुन्छन् । उनीहरू जनतालाई इतिहासका निर्माता हुन भन्नुलाई केवल सिद्धान्तमा कण्ठ गर्छन् र फलाक्छन् । तर, जनतालाई फलामे किल्लामा बदल्ने भन्ने उनीहरूको चारित्रिक बिशेषताले नै दिँदैन र जनतालाई पुँजीवादी ब्यवहार गर्न पुग्छन् । क्रान्तिमा लागेका नेता, कार्यकर्ता र जनताको मनोबल गिराउने एवं क्रान्तिको अग्रभागमा होइन, पृष्ठ भागमा रमाउन चाहने यो प्रवृत्तिको चारित्रिक बिशेषता रहिआएको हुन्छ जुन आज कन्चनमा देखिएको छ ।

तेस्रो विशेषता भनेको सङ्कीर्ण, गुटबन्दी, रूझानबाट ग्रस्त हुन्छन् । यस प्रकारको प्रवृत्तिले सर्वहारा वर्गीय पार्टी निर्माणको प्रश्न होस् या वर्गसंघर्षको समग्र संश्लेषण विश्लेषणको विषय होस् । उनीहरू परिस्थितिको मूल्यांकनमा द्वन्द्वात्मक भौतिकवादी दृस्टिकोणसहितको सर्वाङ्गीण तरिकाले होइन कि वरू अधिभूतवादी तरिका अवलम्बन गर्न पुग्छन् । जब क्रान्तिकारीहरुले यस प्रकारको गलत दृस्टिकोण र कार्यशैलिका विरुद्ध विचारधारात्मक छलफल सञ्चालन गर्दछन्, तब उनीहरू क्रान्तिकारीहरु माथि विभिन्न खालका आरोपहरु खडा गर्न पुग्छन् र उनीहरु रूपमा एकता संघर्ष रूपान्तरणको मालेमावादी कुरा फकाल्ने गर्छन् तर जीवन ब्यवहारमा एकता सङ्घर्ष होइन गुट र फुट व्यक्तिवादी, अराजकतावादी बिधिको प्रयोग गर्दछन् । उनीहरू पार्टी सङ्गठनको निर्माण एवं सञ्चालन र परिचालनमा लेनिनवादी सङ्गठन परिचालन होइन आफ्नै तरिका अवलम्बन गर्न पुग्छन् । सानो डफ्फाको मनोवृत्तिमा रमाउने आफ्ना भक्तहरूलाई केद्रित गर्ने यसको चारित्रिक विशेषता रहिआएको छ । आपूmलाई नै सर्वज्ञाता ठान्ने गर्छ र सङ्गठनमा भाँडभैलो पैदा गर्न पुग्छ भए नभएका आरोप लगाउँछन् क्रान्तिकारी कार्यकर्ता र जनतालाई भ्रममा पार्न पुग्छन् । यो विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनभित्र आज पनि देखियो, यसलाई प्लेखनोव, ख्रश्चोभ र कन्चन प्रवृत्तिका विरुद्ध क्रान्तिकारीहरुले निकै कठिन दीर्घकालीन संघर्ष गर्नु परेको छ । यो कसैको मनोगत इच्छासँग सम्वन्धित विषय नभई वस्तुगत नियम हो ।

कुरुप र पाखण्डीहरुको सत्य सुन्दरताविरुद्ध निरन्तर सङ्घर्ष सञ्चालन हुँदै आएको छ । अन्तः सत्यको जित हजारौं असत्यसँगको सङघर्षद्वारा निर्धारित हुने गर्दछ ।

विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्सवादीहरुले जसरी शास्त्रीय माक्र्सवादी पण्डित प्रवृत्तिका विरुद्ध बिजय हासिल गरेका छन् । त्यसरी नै नेपाली कम्युनिस्ट आन्दोलनमा पनि माक्र्सवादी विज्ञानलाई भ्रस्टिकरण गर्ने शास्त्रीय माक्र्सवादी पण्डित प्रवृत्तिका विरुद्ध सञ्चालन हुँदै आएको विचारधारात्मक संघर्षमा क्रान्तिकारीहरुको विजय निःशर्त रूपमा हुनेछ । किनभने यो माक्र्सवादको सच्चाइमा आधारित विज्ञान हो भने शास्त्रीय माक्र्सवादी पण्डित प्रवृत्ति असत्यमा आधारित झुट कन्चन प्रवृत्ति हो । हिजोसँगै हुँदा नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रातिका निर्माता सही देख्ने अनि आज आएर नानाथरिका भ्रम सिर्जना गरेर क्रान्तिकारी पार्टीका कार्यकर्ता जनतालाई अन्योल बनाएर संकीर्णवादी गुट र फुटवादी ब्यवहार देखाएर क्रान्तिलाई नै ध्वस्त पार्न खोज्ने साम्राज्यवादी दलालहरूलाई सहयोग गर्ने प्रवृत्ति कन्चन प्रवृत्ति हो । यसका विरुद्ध लाग्नै पर्ने बेला भएको छ । त्यसैले, क्रान्तिकारीहरू सचेत हुनुपर्छ, नेपालमा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी ब्यवस्थाभन्दा अर्को विकल्प असम्भव छ भन्ने कुरा आजका क्रान्तिकारी कार्यकर्ता र जनताले बुझ्न आवश्यक छ ।

यी माथिका सबै कुराहरुलाई सारमा भन्दा नौ मतका नेता कन्चनले इ–रातो खबर भन्ने पत्रिकामा भाग १ देखि ५ सम्म जसरी लेख्नु भएको छ । त्यसमा कन्चनमा देखिएको माक्र्सवादभित्र माक्र्सवादी शास्त्रीय पण्डित प्रवृत्ति हो भन्ने कुरा त्यो लेख पढ्ने लेखक, राजनीतिक विश्लेषकहरुले यो नै शब्द प्रयोग गर्छन् होला ? किनभने त्यो लेख राजनैतिक वैचारिक नै छैन, बरु कुन्ठा, आवेग, पूर्वाग्रह, क्रान्ति विरोधी बिचलनकारी विचारबाहेक अरु केही पनि छैन, सङ्घर्ष कुन चराको नाम हो थाहा नै छैन अनि कन्चनले क्रान्तिका कुरा मात्र गरेर क्रान्तिलाई नै बिसर्जन गर्ने जुन प्रवृत्ति देखियो । यसका विरुद्ध क्रान्तिकारीहरु सशक्त रूपमा लग्नु र भण्डाफोर गर्नु क्रान्तिकारीहरुको कर्तब्य हुन्छ । किनभने वर्गसंघर्षमा सहभागी मुख्य र निर्णयक नेताहरुको टिमलाई क्रान्ति विरोधी देख्नु, यथास्थितिवादीहरुलाई क्रान्तिकारी देख्नु कन्चन प्रवृत्ति भनेको माक्र्सवाद भित्र लुकेर क्रान्तिलाई नै सिध्याउने प्रवृत्ति हो । यसबाट नेपालका क्रान्तिकारी कम्युनिस्टहरु सचेत भएर कन्चन प्रवृत्तिविरुद्ध लड्न र क्रान्तिकारी कार्यादिशा एकीकृत जनक्रान्तिबाट यसलाई निस्फल पार्नु नै आजको आवश्यकता हो ।  

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु