नेकपा महासचिव विप्लव र स्वास्थ्य व्यावसायी संघका पदाधिकारीबीच छलफल

२०७९ फाल्गुन १८ गते, बिहीबार


काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल स्वास्थ्य व्यावसायी संघका पदाधिकारी बिच भेटघाट भएको छ।संघका अध्यक्ष नवराज वस्नेत र महासचिव विप्लव बिच नेपालको स्वास्थ क्षेत्रका समसामयिक समस्याहरुबारे छलफल गर्ने उदेश्यले भेटघाट भएको हो।
नेकपाको कार्यालयमा भएको उक्त भेटघाटमा नेपालको स्वास्थ क्षेत्रमा विचौलिया प्रवृति बड्दै गएको , स्वास्थ्य क्षेत्र किनवेचको माध्यम बन्दै गएको , आधारभुत स्वास्थ उपचारमा सर्वसाधारण नागरिकको पहुँच कमजोर हुँदै गएको भनेर नेपाल स्वास्थ व्यावसायी संघका पदाधिकारीहरुले चिन्ता व्यक्त गर्दै यो बिषयमा काम गर्न नेकपालाई अनुरोध गरेका थिए।
स्वास्थ क्षेत्रमा देखिएका समस्याहरुलाई ठोस रुपमा आगामी दिनहरूमा पार्टीले उठान गर्ने र उल्लेखित समस्याबारे पार्टीले आबश्यक निर्णय लिने भन्दै महासचिव विप्लवले कुराकानीमा बताएको कुरा सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]