मानविय जीवन,श्रम र अर्थतन्त्र
श्रम मानवद्धारा गरिने काम हो । जीवन श्रमद्धारा संरक्षित पृथ्वीको विकसीत रुप हो । कृषि सम्पुर्ण अर्थतन्त्रको जननी हो । यसलार्य हामीले सजिलै गरि वुझ्न जस्तो एउटा वच्चा जन्मीन आमाको कोख चहिन्छ आमाको कोखमा मानवभ्रुणको विकास हुन्छ । आमा श्रम हो र पेटमा हुर्केको भ्रूण जीवन हो । श्रम मानव द्धारा सृजना हुन्छ र अर्थतन्त्रको निर्माण हुन्छ । त्यो अर्थतन्त्रले मानवको सेवा गर्ने हुनुपर्दछ । पुँजीवादी अर्थतन्त्रले धनि र केही मुठ्ठीभर सामन्तहरको मात्र सेवा गर्दछ । सम्पुर्ण मानवजातीको सेवा गर्नको लागि समाजवादी अर्थतन्त्रको आवश्यक्ता पर्दछ । समाजवादी अर्थतन्त्र वैज्ञानिक समाजवादले पैदा गर्दछ । मानव जीवन,श्रम र अर्थतन्त्र एकअर्काका परिपुरक हुन । जव यो धर्तिमा मानव जातीको जन्म भयो त्यतिवेला देखिनै श्रमको जन्म भएको पाईन्छ । मानव जीवन श्रमको काखमा हुर्केको हुन्छ श्रमको मुख्य श्रोत मानव हो भने अर्थतन्त्र मानविय श्रमले फुलाएको सुन्दर फुल हो । मानिसले श्रम गर्दछ र मानविय श्रमले सवल अर्थतन्त्रको निर्माण गर्न मदत गर्दछ । यदि मानव र श्रमविचको समन्वय हुदैन थियो भने अर्थ तन्त्रको जन्म सम्भव थिएन । सवल जनपक्षिय अर्थतन्त्र विना यो पृथ्वीमा मानव सभ्यताको अस्थित्व सम्भव थियन । कुनै एउटाको अस्थित्व विना अर्काको विकास र संरक्षण सम्भव छैन । वाच्नको लागी जति अक्सिजन आवस्यक छ त्यति नै मानव र सभ्यता विकासको लागि श्रमको आवश्यक्ता छ । वाच्नको लागि खाना चाहिन्छ खाना मानविय श्रमवाट सृजना हुन्छ र सवल अर्थतन्त्रको निर्माण हुन्छ । जमिनमा फल्ने अन्नवालि कृषिकार्यले पैदा गर्दछ । कृषि नै अर्थनन्त्रको आमा वा जन्मदाता हो । जनताको कृषि विना जनताको अर्थतन्त्र सम्भव छैन । अनताको आफ्नै अर्थतन्त्रविनाको राजनिति सम्भव छैन । आफ्नै अर्थतन्त्रविना स्वाधिन देश सम्भव छैन । स्वतन्त्र र आत्मनिर्भर देश वनाउन पार्टी कार्यकर्ता अनि जनता आफ्नै उत्पादनमा उभिएको हुनुपर्दछ । अर्काको श्रममा वाच्ने नागरिक,राजनिति र सिंगो देश गुलाम हुनु सिवाय अरु केहि हुदैन । अरुको श्रममा वाच्नु भनेको एकप्रकारको दासता र परनिर्भता हो,जसले गुलाम नागरिक जन्माउने काम गर्दछ ।
अर्थतन्त्रको जननि कृषि
नेपालमा झण्डै १८ खर्व ८८ अरव ४० करोड वजेट छ । वैदेशिक रिण २२ खर्व छ । विभिन्न नेपालीहरुको नाममा विदेशी वैङ्कमा जम्मा ४८ खर्व पैसा छ । यो सवै पैसा नेपाली जनताको मानवियश्रम वाट प्राप्त भएको हो । नेपाली जनताको श्रम चोरेर माफियाहरु विदेशी वैङ्कमा पैसा थुपारेका छन । समाजमा जनताहरुले मुख्य गरि मानसिक र शारीरिक श्रम गर्दछन र सवल अर्थतन्त्रको विकास गर्दछन । सवल अर्थतन्त्रको जननी भनेको कृषि काम हो जुन देश कृषिमा आत्मनिर्भर हुन्छ त्यो देशका जनता धनि र आत्मनिर्भर वन्दछन । कृषिकामले मानवको शारिरीक रुपमा स्वस्थ राख्न मदत गर्दछ । शारिरीक रुपमा स्वस्थ हुनु भनेको मानसिक रुपमा पनि स्वस्थ हुनु हो । कृषि काम ग¥यो भने मानसिक र शारिरीक श्रमहरुमा अव्वल वन्न सकिन्छ र त्यो देश,समाज र राष्ट्रले सम्पन्नता प्राप्त गर्न सक्दछ । नेपालमा कृषि पेशालाई सवैले एउटा नराम्रो नजरले हेर्ने प्रचलन छ । कृषि कामवाट मानिसले थोरै र विस्तारै प्रगति गर्दछ । मानिसलाई थोरै मिहिनेतमा धेरै लाभ चाहिने भएकोले अहिले नेपालीहरुले दलाली गरेर,तस्करीगरेर,भ्रटाचार गरेर या विदेश गएर छिटो धनि वन्ने होडवाजी नै चलेको छ । यो होडवाजीले गर्दा नेपालको कृषि क्षेत्र चौपट भएको छ । नेपालका जमिनहरु वाझैछन । युवाहरु विदेश पलाएन भएकाछन । केहि वचेकुचेका युवाहरु तस्करी र अनैतिक कामका सिकार भएर नेपाली जेलमा कैदहुन वाध्य भएकाछन । गाउँगरमा केही वुढापाका र केटाकेटीहरु मात्र छन । नेपालको विकस कस्ले गर्छ या कसरी हुन्छ । यो आम चिन्ताको विषय वनेको छ । हामीले कृषिलाई सम्पुर्ण अर्थतन्त्रको जननीको रुपमा लिनु पर्दछ । कृषिले मात्र नेपालको अर्थतन्त्र विकासमा सहयोग गर्दछ । कृषिले नै आत्मनिर्भर जनता निर्माण गर्दछ । आत्मनिर्भ जनतावाट आत्म निर्भर पार्टी वन्दछ । आत्मनिर्भ पार्टीले मात्र आत्मनिर्भर देश वनाउन सक्दछ । स्वाधिन आत्मनिर्भर र समृद्ध देश निर्माण गर्न पहिला आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु पर्दछ । त्यसको मुख्य जगकोरुपमा काम गर्ने भने कै कृषिले गर्दछ । जुन देश कृषिमा अव्वल हुन्छ त्यो देशनै वास्तवमा स्वाधिन वन्दछ । हामीले यो देशको कृषि क्षेत्रलाई विकास गर्न सुरु गरेका छौं । त्यो पनि हामीले हाम्रो पार्टीकै पहलमा सुरुगरेका छौं । यसको उदेश्य कृषिवाटै नेपाली जनताको प्रगति सम्भव छ भनि पुष्टि गर्नु हो । सवैको कृषिप्रति विश्वासको वातावरण तयार वनाई जनतालाई कृषि गर्न पहल गर्न या कृषि गरौं र अर्कासँग हात ढोसेर खाने मगन्ते जीवनवाट आत्मनिर्भर स्वावलम्वी जीवन निर्माणमा सवै जनतालाई सहभागि गराउन हामीले नेताकार्यकर्ता र जनतालाई कृषिमा सहभागि गराउँने नीति लिएका छौ । अहिले केन्द्रले४० विगाहा र व्युरो,जिल्ला गरि एक सय विगाहामा मौसमीवाली लगाउँने र आगामी दिनमा यसलाई विकास गरेर लैजाने स्पस्ट पार्टीको नीति छ ।
उत्पादन र आवश्यक्ता विच अन्तरविरोध
हाम्रो कृषि निर्भाहामुखि छ । यसलाई आधुनिकीकरण गर्न जरुरी छ । नेपालमा हाम्रा वाजेको पालामा स्थापना भएका उत्पादन प्रर्णाली छ । हिजो १६ औं सत्ताव्दिको उत्पादन प्रर्णालि र अहिले २१ औं सताव्दिको आवश्यक्ता विचको अन्तरविरोघ छ । हाम्रो आवश्यक्ता अहिले मोवाईलमा रिचार्ज र इन्टरनेटको बिल तिर्नु पर्नेछ,स्कुल फी महंगो इन्धन,गाडी सर्भिस गर्नु पर्नेछ,महंगो धानको विउ मल किन्नुपर्नेछ,महंगो मल,ट्याक्छरले खेत जोत्नु पर्नेछ,नयाँ प्रविधिको प्रयोग गर्नु पर्नेछ तर उत्पादन प्रर्णाली खेत जोत्ने,साजो वनाउने या माते खेत खोजेर मौसमी वाली लगाउने, धान,मकै,गहुँ,कोदो उत्पादन गरेर अहिलेको आवश्यक्ता परिपुर्ति गर्न खोज्ने किसानको समस्या छ । जो हातिको मुखमा जिरा जस्तै भईरहेकोछ । आवश्यक्ताको १० प्रतिशत मात्र हल गर्ने खालको या लगानिको कैयौं प्रतिशत घाटा उत्पादन पद्धति रहेकोछ । अहिले जतिसुकै कुरा गरे पनि पुरानो उत्पादन पद्धतिले अहिलेको आवश्यक्ता पुर्ति गर्न असम्भव छ । हाम्रो पार्टीले देशैभरि गरेको सामुहिक उत्पादन कार्यले मानिसहरुलाई श्रमप्रतिको वितृष्णा वाट जोगाउने र श्रमवाट नै हामी आत्मनिर्भर वन्न सक्छौं भन्ने सकारात्मक सोच पैदा गर्न सफल भएका छौं तर यहि उत्पादन पद्धतिमा हामीले भनेको जस्तो आत्मनिर्भर वन्न सक्दैनौ । हामीले यो पद्धतिलाई पुरै आधुनिकीकरण गर्न जरुरी छ । यो कृषिलाई हामीले मेसिको प्रयोग गर्न जरुरी छ । नेपालमा कति खाध्यान्न आयात हुन्छ त्यसको डाटा निकाल्ने र नेपालको खेतियोज्ञ जमिनमा मेसिनको प्रयोग गरेर ठुलठुला व्यावसायीक प्लटहरु तयार पारि खाध्यान्न उत्पादन गरेर राज्यको अरवौं अरव रुपयाँ नेपालमा नै रहने वातावरण वनाउँनु पर्दछ । त्यतिमात्र होई धनिधनाड्य हरुले खाने महंगो वास्मति धान,मार्सी धान, अरवपतिहरुले खाने वल्यकवेरी चामल पनि नेपालमै उत्मादन गरि भारु र डलर नेपालमा भित्र्याउने गरि उत्पादनलाई आधुनिकीरण गर्नु पर्दछ । पहाडहरुमा सनपाट र कोसेवाली, तराईमा धान,मकै,गहुँ,दाल,तेलहन र हिमालमा जडिवुटी तथा फलफुल उत्पादन गर्नु पर्दछ भौगोलिक्ता असुसार अन्नवाली र प्रसोधन उद्योगहरु निर्माण गरि प्रयाप्त रोजगारिको सृजना गर्नु पर्दछ । भौगोलिक्ता अनुसारको कृषि उत्पादनमा जोड दिनु पर्दछ । यसो भयो भने मात्र हाम्रो निर्वाहामुखि कृषि प्रर्णाली आधुनिकीकरण हुनेछ र हामीले संसारलाई खाध्यान्न,फलफुल,तरकारी,दाल,तेल र औषधि निर्यात गर्ने देश वनाउन सक्छौ । जनतालाई आत्मनिर्भर वनाउन सक्दछौ । जुन पार्टी र सरकारले यो गर्न सक्दछ त्यसैले यो देशको नेतृत्व गर्न सक्दछ । यो आट हाम्रा नेताहरुले गर्नै पर्दछ र यो कामको थालनि गर्नु पनि एउटा सकारात्मक कामको थालनिको रुपमा हामीसवैले लिनुपर्दछ । काममा लाग्नु पर्दछ ।
कृषिपेशाप्रति घृणाको कारण
किसानले कृषि उत्पादन गर्दछ र वजारमा लग्दछ । वजारमा अस्वोस्थ प्रतिस्पर्धा छ । स्वोस्थ प्रतिस्पर्धा गर्न र अस्वोस्थ प्रतिस्पर्धा रोक्नको लागि हाम्रो नियमन निकाय छैन या जनपक्षिय सरकार छैन । पुँजीको चरित्र भनेको सानो पँुजीलाई ठुलो पुँजीले निल्ने खालको हुन्छ । साना किसान र पुँजीपतिहरुले समाजमा सँगै कृषि उत्पादन गर्दछन र धनि व्यावसायीले ६ महिना घाटा खाएर सस्तोमा सामाज वाजारमा लिने गर्दछ । जव गरिव व्यवसायीले ६ महिना घाटा खाएर वजारमा सामान प्रवाह गर्न सक्दैन र उसले कृषि पेशावाट हात धुन विवस हुन्छ र सानो व्यपारी कृषिवाट पलायन हुन्छ त्यस पछि धनि व्यावसायले ६ महिना लगेको घाटा १ महिनामा असुल गर्दछ । वजार एकलौटी धनिव्यावसायीको पकडमा जान्छ , उसले वजारमा एकछत्र राज गर्दछ । साना किसान पलायन र धनि व्यवसायी झाङ्गीने हुन्छ । यसले आम युवा व्यावसायीहरुमा कृषि कर्मप्रति नै घृणा पैदा हुन्छ ।अर्को नेपालमा स्वदेशी सामान किन्ने प्रचलन छैन । विषाधी हालेकै भएपनि विदेशवाट आयातित तरकारी र फलफुल सस्तो पाएपछि त्यही सामान जनताको रोजाईमा पर्दछ । स्वोदेशी उत्पादन प्रयोग हुदैन जसको कारण स्वदेशी व्यावसायीहरुमा निरासा पैदा हुन्छ ।
हाम्रो देश कृषि प्रधान भएपनि कृषिमा प्रयाप्त लगानी छैन,विमाले राम्रो काम गरेको छैन । राज्यवाट पाउँने अनुदान पनि वास्तविक किसानसँग जादैन । कागज मिलाएर खाने प्रचलन धेरै हावी छ । यसको कारण पनि यो पेशा प्रति घृणा जागाएको छ । दलाल पुँजीवादले चरम लुट्ने काम गरेको छ । २० किलो रुपयाँ पर्ने टमाटर किसान देखि उपभोक्ता सम्म पुग्दा १२० रुपायाँ पर्न जान्छ । फाईदा न किसानले पाउँछ न उपभोक्ताले पाउछ । विचको १०० रुपयाँ मुनाफा विचौलिया दलालले खान्छ । दलालले न श्रम गर्छ न राज्यलाई कर तिर्छ विचमा वसेरै पाँच गुणा सम्म मुनाफा लुटिरहेको छ । यो व्यवस्था नै दलालपुँजीवादीहरुको भएकोले यसलाई नियमन गर्ने कुरै भएन । दलालहरुको यति धेरै विकविकी छ की हामी सामान्य वसपार्कमा गयौं भने वसको टिकट काड्दा समेत झोला खिच्नेहरुको चर्तिकला देख्न सकिन्छ । आज जग्गाधनिले समेत आफ्नो जग्गा दलाल विना वेच्न पाउँदैन । यो पंक्तिकारले काठमाण्डौमा रुम भाडा खोज्दा समेत दलाललाई ५००० सम्म पैसादिनु प¥यो । यो दलाली अहिले यति नाङ्गै भएर उत्रेको छकी व्यावसाय,सरकारी कार्यलय,तरकारी पसल,स्कुल कलेज,सङ्घसस्थाहरु, नेपालका राजनितिक दलहरु र सरकारमा समेत दलालीकै प्रभाव छ । वाहाल वाला गृहमन्त्रि समेतलाई दलाली खाएको घटनाले यसलाई थप स्पस्ट पार्दछ । अस्वोस्थ प्रतिस्पर्धा,विदेशि सामानको बेरोकटोक र वढि प्रयोग,विचौलियाको विकविकीले नेपाली कृषि व्यावसायप्रतिनै घृणा र वितृष्णा पैदा भएको छ । गउँघरमा किसानले कृषि पेशा छोड्ने क्रम वढिरहेको छ र कृषि पेशा गर्नेहरुले पनि दुईसय प्रतिशत भन्दा घाटा खाएर काम गर्न विवस भएका छन । कृषि गर्नेहरुको जीवन न सन्तोषजनक छ न कुनै सम्मान छ । कृषिक्षेत्रको ताजा अपस्था यो छ ।
समाधान
यो तमाम समस्याको समाधान गर्न पहिलो जनपछिय सरकार चाहियको छ । जुन सरकारले वजारको कृषि उपजको एउटै मुल्य निर्धारण गरिदेओस्, अस्वोस्थ प्रतिस्पर्धालाई नियमन गरेर त्यस्ता असोस्त वजार वनाउने जो कसैलाई कडा भन्दा कडा कारवाही गरोस्,दास्रो ः विचौलिया पर्थालाई अपराध घोषणा गरि नियन्त्रण गरीयोस् र किसान वाटै प्रत्यक्ष कृषि सामानहरु उपभोक्ता कहाँ पुग्ने वातावरण तयार पारियोेस् । यसो भएमा कीसान र उपभोक्त दुवैलाई फाईदा पुग्ने निश्चित छ । तेस्रो विदेशी सामानको उपयोगमा भारि कर लगाईयोस र स्वदेशी उत्पादन भन्दा महंगो हुन जाओस । स्वदेशी सामानको उपयोगमा जनता आकर्षित हुने वातावरण वनाउनु पर्दछ । मल,सिंचाई,विउविजनलाई प्रयाप्त मात्रामा उपलव्ध गरिदिनु पर्छ कृषि वजेट छुट्याई किसानको घरमा पुग्ने वातावरण वनाउनु पर्दछ,कृषि पेशा प्रति आकर्षण पैदा गर्न ५० वर्ष कृषि पेशा गर्नेहरुलाई भिभिआईपीको सम्मान र कृषि पेन्सन समेत दिने निती वनाउनु पर्छ । यो व्यावहारले कृषकहरु कृषि पेशा प्रति उत्साहित भएर लाग्ने छन । कृषि पेशा अर्थतन्त्रको जननी भएकोले हाम्रो देशको अर्थतन्त्रलाई थप वलियो वनउन सक्दछौं । नेपालका जनता एक पिलेट मासु र एकवोतल वियरमा आफ्नो अमुल्य भोटको दुरुपयोग पनि रोकिन्छ । यति काम गरेपछि हामी हाम्रो देशलाई संसारकै उच्च सिर गरेर वाच्ने नागरिकहरु भएको देशको रुपमा संसारभरि चिनाउन सक्नेछौ ।