एमसीसी विरुद्ध मार्चपास असोज ४ बाट

२०८० भाद्र १७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले असाेज १ गतेदेखि सुरू गर्ने भनिएकाे ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ असाेज ४ गतेबाट सुरू हुने जनाएको छ । सो पार्टीका अनुसार असाेज १ गतेबाट सुरू गर्ने भनिएकाे अभियान साे समयमा हिन्दु धार्मिक समुदायका जनताकाे तीज पर्व पर्ने भएकाले ४ गतेबाट सुरू हुने भएकाे हाे
नेकपाले ज पात्रो नहेरी हतारमा निर्णय गर्नुपर्दा भएकाे असावधानीकाे लागि क्षमायाचनासहित तयारीमा जुट्न पार्टी पङ्क्ती र जनसमुदायलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]