प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सदस्य निर्वाचित (नामवली सहित)

२०८२ चैत्र ३ गते, मंगलवार


काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राजनीतिक दलहरूले प्राप्त गरेको मत र उनीहरूले बुझाएको उम्मेदवारको बन्दसूचीका आधारमा आयोगले निर्वाचित सदस्यहरूको नाम टुङ्गो लगाएको हो। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार ६ वटा राजनीतिक दलहरूले प्रतिनिधिसभामा समानुपातिकतर्फको सिट प्राप्त गर्न सफल भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा भएको कानूनी व्यवस्था बमोजिम दलहरूले बुझाएको संशोधित सूचीका आधारमा यी सदस्यहरू निर्वाचित भएका हुन्। निर्वाचित सदस्यहरूको विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ।
आयोगले निर्वाचित सदस्यहरूलाई आगामी चैत ५ गते बिहान ११:३० बजे कान्तिपथस्थित आयोगको परिसरमा औपचारिक रूपमा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय गरेको छ। ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन: राष्ट्रको गौरव’ भन्ने मूल नाराका साथ सम्पन्न निर्वाचन प्रक्रियाको यो महत्त्वपूर्ण खुड्किलो पुरा भएको आयोगले जनाएको छ। समानुपातिकमा समेटिएका दलहरुमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टी रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (५७ जना)
१. राम लामा
२. खुसुवु सरकार श्रेष्ठ
३. मिङमा ग्याबु शेर्पा
४. बसुमाया तामाङ
५. गंगा छन्त्याल
६. सुनिम्मा उदास
७. अनुष्का श्रेष्ठ
८. ओजस्वी शेरचन
९. सिर्जना श्रेष्ठ
१०. रजनी श्रेष्ठ
११. कुसुम महर्जन
१२. भुमिका श्रेष्ठ
१३. प्रमिला कुलुङ
१४. सुजाता तामाङ
१५. कृपा महर्जन
१६. एलिजा गुरुङ
१७. रमेश प्रसाईं
१८. प्रतिभा रावल
१९. रचना खतिवडा खत्री
२०. लिमा अधिकारी (आचार्य)
२१. विदुषी राणा
२२. समीक्षा बास्कोटा
२३. श्रद्धा कुवर क्षेत्री
२४. टीका संग्रौला
२५. कान्तिशिखा धिताल
२६. आकृति अवस्थी
२७. सृष्टी भट्टराई
२८. मञ्जु भूपाल
२९. प्रभा कार्की
३०. शोभा खनाल
३१. रत्न कुमारी थापा
३२. ज्ञानु पौड्याल
३३. प्रभा ढकाल
३४. प्रकाश चन्द्र दर्जी
३५. रीमा विश्वकर्मा
३६. अमृता वि.क.
३७. सीता वादी
३८. स्मृति सेन्चुरी
३९. सुष्मा स्वर्णकार (डिम्पल)
४०. तारा विश्वकर्मा
४१. खिमा वि.क.
४२. सुरेन्द्र चौधरी
४३. प्रेम लाल चौधरी
४४. गीता चौधरी
४५. करिश्मा कठरिया
४६. पुरुषोत्तम शुभम यादव
४७. खगेन्द्र कर्ण
४८. पुनम कुमारी अग्रवाल
४९. निशा मेहता
५०. ललिता कुमारी
५१. अंकिता ठाकुर
५२. सरिता महतो
५३. कामिनी कुमारी
५४. सुनिता कुमारी चौधरी
५५. समिना मियाँ
५६. अफसाना बानु
५७. गजाला शमीम मिकरानी
नेपाली कांग्रेस (२० जना)
५८. भीमपराज आङ्देम्बे
५९. मदनकृष्ण श्रेष्ठ
६०. गीताकुमारी सेन्दाङ
६१. गंगालक्ष्मी अवाल
६२. गीता गुरुङ
६३. रेणुका काउचा
६४. अर्जुननरसिंह के.सी.
६५. कालि बहादुर सहकारी
६६. सुशीला ढकाल आचार्य
६७. श्रीमती रुक्मिणी देवी कोइराला
६८. रीना उप्रेती
६९. सीता थपलिया
७०. प्रमिला कुमारी गच्छदार
७१. हरिना देवी कामी
७२. पवित्रा वि.क.
७३. मनमाया वि. क.
७४. चन्द्रमोहन यादव
७५. नीतु कुमारी कर्ण
७६. रेखा कुमारी यादव
७७. शाहजान खातुन
नेपाल कम्युनिष्ट पार्टी – एमाले (१६ जना)
७८. भुमिका लिम्बु सुब्बा
७९. गंगादेवी श्रेष्ठ
८०. रामबहादुर थापा मगर
८१. कुल भक्त शाक्य
८२. पद्मा कुमारी अर्याल
८३. टुकभद्रा हमाल
८४. यशोदा कुमारी बराल
८५. गुरु प्रसाद बराल
८६. पुष्पराज कँडेल
८७. कृपराम राना
८८. विष्णुमाया वि.क.
८९. नीता घतानी
९०. रिगाला यादव
९१. यशोधा कुमारी
९२. चन्देश्वर मण्डल
९३. साजिदा खातुन सिद्धिकी
नेपाली कम्युनिष्ट पार्टी (९ जना)
९४. बलावती शर्मा
९५. प्रमेश कुमार हमाल
९६. प्रेम बहादुर वयस्क
९७. भीमककुमारी बुढामगर
९८. परशुराम तामाङ
९९. पार्वती वि क
१००. गणेश बहादुर विश्वकर्मा
१०१. जोग कुमार बरबरिया यादव
१०२. निराशा चौधरी (डगौरा)
श्रम संस्कृति पार्टी (४ जना)
१०३. पूर्ण प्रसाद लिम्बु
१०४. अम्बिका देवी संग्रौला
१०५. राधिका रम्तेल
१०६. रुवी कुमारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (४ जना)
१०७. सरस्वती लामा
१०८. भरत गिरी
१०९. खुशु ओली
११०. ताहिर अली भाट

प्रतिक्रियाहरु

[anycomment]