‘देशलाई स्वाधीन एवं स्वाभिमानी बनाउने आर्थिक सम्बन्ध कृषि नै हो’

२०८३ असार २२ गते, सोमबार

काठमाडौं ।    नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपाललाई स्वाधीन एवं स्वाभिमानी बनाउने सबैभन्दा भरपर्दो आर्थिक सम्बन्ध कृषि नै भएको बताएको छ ।  सो पार्टीका महासचिव विप्लव सीले  असार १५ गते नेपालको मुख्य बाली धान रोपाइँ पर्वको उपलक्ष्यको अवसरमा  एक  शुभकामना सन्देश दिदै    सो कुरा बताएका हुन्। 

 महासचिव विप्लव सीले   नेकपा(माओवादी)ले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता र आत्मनिर्भर देशको नीति अनुसार असार १० गते देखि साउन १० गते सम्म १ महिनालाई धान तथा बर्षे बालि उत्पादनका लागि विदा दिने गरेको र  यो अबधिमा सबै पार्टी नेता तथा कार्यकर्ताहरु कृषि उत्पादनमा सहभागि बन्ने नीति भएको जनाएका छन्  ।

उनले  नेपाललाई स्वाधीन एवं स्वाभिमानी बनाउने सबैभन्दा भरपर्दो आर्थिक सम्बन्ध कृषि नै भएको बताउदै  भनेका छन् – ‘नेपाललाई स्वाधीन एवं स्वाभिमानी बनाउने सबैभन्दा भरपर्दो आर्थिक सम्बन्ध कृषि नै हो । चाहिने जति उत्पादन योग्य जमिन, पर्याप्त पानीको स्रोत, श्रमजीवी जनताका कारण यसमा विशेष सफलता हासिल गर्ने संभावना छ। तर राज्यको वैज्ञानिक, विश्वासिलो एवं गतिशील नीति तथा योजना नहुँदा कृषि कर्ममा जनताको रुची निकै कम छ । जसले गर्दा खुसी र सुखी जीवन निर्माण गर्ने र विताउने प्रसस्त संभावना हुँदाहुँदै पनि

अनेक आर्थिक समस्यामा बाच्नु परेको छ । विदेशीको नोकर चाकर  हुन्‌परेको छ । तर हाम्रो पार्टी भने उत्पादनमा भागलिए देखि क्रमशः आत्मनिर्भरतातिर अग्रसर भएको छ । आउँदा ३ बर्समा न्यूनतम्‌आवश्यकता पुरा गर्न सफल हुने विश्वास लिएका छौँ ।’

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का  महासचिव विप्लव सीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ – ‘आज असार १५ नेपालको मुख्य बाली धान रोपाइँ पर्वको उपलक्ष्यमा हार्दिक शुभकामना । हाम्रा अग्रजहरुले असार १५ लाई धान रोपाइँ पर्वका रुपमा मनाउँदै आएका छन्‌। रोपाइँगरेर, दही चिउरा खाएर, असारे गीत गाएर, हिलो खेलेर रमाइलोसाथ मनाइदै आएको पर्वमा सबैले धान बाली उत्पादन राम्रो होस्‌भन्ने कामना गर्छन ।

हाम्रो जनप्रिय पार्टी नेकपा(माओवादी)ले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता र आत्मनिर्भर देशको नीति अनुसार असार १० देखि साउन १० सम्म १ महिनालाई धान तथा बर्षे बालि उत्पादनका लागि विदा दिने गरेको छ । यो अबधिमा सबै पार्टी नेता तथा कार्यकर्ताहरु कृषि उत्पादनमा सहभागि बन्ने नीति छ ।

नेपाललाई स्वाधीन एवं स्वाभिमानी बनाउने सबैभन्दा भरपर्दो आर्थिक सम्बन्ध कृषि नै हो । चाहिने जति उत्पादन योग्य जमिन, पर्याप्त पानीको स्रोत, श्रमजीवी जनताका कारण यसमा विशेष सफलता हासिल गर्ने संभावना छ। तर राज्यको वैज्ञानिक, विश्वासिलो एवं गतिशील नीति तथा योजना नहुँदा कृषि कर्ममा जनताको रुची निकै कम छ । जसले गर्दा खुसी र सुखी जीवन निर्माण गर्ने र विताउने प्रसस्त संभावना हुँदाहुँदै पनि

अनेक आर्थिक समस्यामा बाच्नु परेको छ । विदेशीको नोकर चाकर  हुन्‌परेको छ । तर हाम्रो पार्टी भने उत्पादनमा भागलिए देखि क्रमशः आत्मनिर्भरतातिर अग्रसर भएको छ । आउँदा ३ बर्समा न्यूनतम्‌आवश्यकता पुरा गर्न सफल हुने विश्वास लिएका छौँ ।

यसबेला हामी कम्युन, उत्पादन केन्द्र र उत्पादन कार्यमा व्यस्त छौं । केही मात्रामा वार्ड, पालिकाहरुले सहयोग पनि गरेका छन्‌। विभिन्न क्षेत्रमा उद्योगीहरुसँग पनि सहाकार्य सुरु भएका छन्‌। आशा छ यो बर्स उत्पादनमा अरु धेरै उपलब्धि गर्न सकिने छ । दुई छाक खान, एक आङ लगाउन, आधारभूत शिक्षा, स्वास्थ्यका लागि कसैको मुख ताक्नु नपरोस । राज्य र सरकारले पनि कृषि क्षेत्रमा विशेष ध्यान दिएर वास्तविक किसानसम्म उत्पादनमुखि योजनाहरु पुगाओस । हामीलाई आत्मनिरभर, समुन्नत र संमृद्ध भएको देख्न नचाहने साम्राज्यवादी लूटेराहरुको नाश होस ! हाम्रो श्रममा मोजमस्ती गर्ने दलालहरुको नाश होस ! यो बर्षको  धानबाली उत्पादन सबै नेपालीको भरिपूर्ण होस !’

प्रतिक्रियाहरु

[anycomment]