‘क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेताहरूको काम बिचलित भएर भाग्ने होइन’

२०८३ असार १४ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेताहरूको काम बिचलित भएर भाग्ने नभएको बताएका छन् । सोमबार सो पार्टीको बागमती प्रदेशको विशेष बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेताहरूको काम भनेको निराशावादको समाधान दिने भएको र बिचल्लित भएर भाग्ने नभएको बताए । उनले भने– ‘वर्तमान कम्युनिष्ट आन्दोलनको निराशावादलाई चिरेर आसावादतिर फर्काउने जिम्मेवारी क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेताहरूको हो । हामीलाई साम्राज्यवादी हस्तक्षेपसँग लडनका निम्ति क्रान्तिकारी एकता चाहिएको छ, दलाल संसदवादी एकता होइन । त्यो कार्य नयाँ कम्युनिष्ट केन्द्र निर्माण गरेर मात्र पुरा हुन्छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रम र हालै सम्पन्न भएको सो पार्टीको सचिवालय बैठकका निर्णय बारेमा प्रशिक्षण दिंदै अहिले देशको स्थित विशिष्ट रहेकोले सोचाईहरू पनि विशिष्ट नै हुनु पर्ने बताए । उनले भने– ‘यो स्थितिमा विभिन्न खालका समस्याहरू आउछन् । अहिले विगतको भन्दा जटिल अवस्था छ । नवदलाल, पूँजीवाद र अमेरिकी साम्राज्यवादसँग सङघर्ष गरेर नेपाली जनतालाई नेपाली विशेषताको समाजवादी ब्यवस्था दिनुपर्नेछ । यस परिस्थितिमा राष्टवादी, लोकतन्त्रवादी, वामपन्थीको अवस्था हामीले चिनेका छौ तर तिनीहरूबाट वर्तमान राजनीतिक समस्याको समाधान सम्भव छैन । यो सबै समस्याको समाधान वर्गसंघर्ष र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट सम्भव छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले अहिले क्रान्तिकारीहरुको हातबाट गुमेको राष्ट्रिय राजनीतिलाई सही मार्गमा ल्याउन अन्य संसदवादी पार्टीहरूको काबु भन्दा बाहिरको विषय भएको र त्यसलाई सही मार्गमा ल्याउन क्रान्तिकारी बिचार र साहस भएको पार्टी र नेतृत्व चाहिने र त्यो नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सँग मात्रै भएको बताए । उनले भाद्र २३–२४ गते भन्दा पहिला संसदवादी पुराना दलालहरूले देश र जनतालाई जसरी घात गरे त्यसको फाइदा उठाएर अमेरिकी साम्राज्यवाद आएको बताउदै भने– ‘संसदवादी दलहरूको कोणबाट हेर्नू भयो भने आगामी पाँच वर्ष पछिपनि यो शक्तिसँग सकिदैन कि भन्ने छ । यो गलत धारणाबाट देशलाई बाहिर ल्याउनु पर्छ । हामीले समाज बदल्नु छ त्यसैले सबै भन्दा पहिला आपूm र आफ्नो पार्टीलाई बदलन सक्नुपदर्छ अनि मात्र क्रान्तिलाई बिजयसम्म पु¥याउनु सकिन्छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले कुनै पनि नीतिहरू प्रयोगमा जानु भन्दा पहिला नीति बनाउने बेला र प्रस्तावमाथि छलफल गर्दा ध्यान दिनु पर्ने बताए । उनले भने– ‘नीति बनाइ सकेपछि प्रयोगमा जानेबेला गडबडी गर्नु हुँदैन । चुनावी मोर्चाको प्रयोगको क्रममा खडा भएका डरलाग्दा चुनौतिहरूको सामाना गर्ने बेला सिलुलगायतका केही नेता– कार्यकर्तामा समस्या देखियो । क्रान्तिका मोर्चाहरूमा जटिलता आउछन् । जटिलता आए भनेर छोडन मिल्दैन । बरू यसको डटेर सामाना गर्नुपर्छ । यो कुरा पार्टी नेता र कार्याकर्ताहरूले राम्रोसँग बुझन जरुरी छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले अहिले पार्टीबाट भाग्न खोजेका तत्वहरूको पार्टी र नेतृत्वमाथिको आक्रमण एउटै सार तर शैलीहरू भिन्न भएको बताउँदै क्रान्तिकारी नेता र कार्यकर्ताहरूले यसमा विशेष ध्यान दिनु पर्ने बताए । उनले भने– ‘भाद्र २३–२४ गते भन्दा पहिला नेपालमा नेपाली विशेषताको समाजवाद र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को मात्रै विकल्प थियोे भने २३–३४ गते अमेरिकी साम्राज्यवादले हमला गरिसकेपछि केही साथीहरूले यो पार्टीको कार्यादिशा र नेतृत्वबाट हुँदैन र गर्दैन भन्नेकुरा देख्न थाले । भाद्र २३–२४ गतेको मुख्य हमला एकीकृत जनक्रान्ति र त्यसको नेतृत्वमाथिको थियोे । पार्टी र नेतृत्वको स्वच्छ छबि र लोकप्रियताका कारणले गर्दा भौतिकरूपमा हमला गर्ने रणनीति असफल भएको हो ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) उत्पीडित वर्ग र राष्ट्रको प्रतिनिधि गर्ने पार्टी भएकोले वर्ग र राष्ट्रमाथी हमला हुँदा नभागी रक्षा गर्नु पर्ने बताए । उनले भने– ‘माक्र्सवाद भनेको मञ्चमा गएर भाषण गर्ने होइन कि जीवन ब्यवहारमा लागू गर्ने हो । बैचारिक, राजनीतिक र संगठनात्मक रूपमा हाम्रो पार्टीका विरूद्धमा मरेको लास पाए पनि बोक्दै हिँडने प्रचण्डको रणनीति छ । भाद्र २३–२४ पछि अमेरिकी साम्राज्यवाद र नवदलाल पूँजीवादको सशक्त प्रतिवाद हाम्रो पार्टी र नेतृत्वबाहेक अरू कसैले गर्न सकेका छैनन् किनभने संसदवादी दल र नेताहरुको सातोपुत्लो उडेको छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लाई बैचारिक, राजनीतिक, कार्यदिशा, कार्यनीति र संघर्षका दृष्टिकोणबाट तुलना गर्ने नमिल्ने बताए । उनले भने– नेपाली कम्युनिष्ट पार्टी बैचारिक, कार्यदिशा र कार्यनीतिको दृष्टिकोणका हिसाबले उ संसदवादी पार्टी हो भने हामी क्रान्तिकारी नेकपा (माओवादी) हौ । हामी क्रान्तिकारी पार्टीका नेता र कार्यकर्ता हौ । क्रान्ति हुँदैन भनेकुरा माक्र्सवाद विरोधी मात्र होईन कि समाजको नियम र क्रान्ति विरोधी सोच हो । जुन अहिले पार्टी भित्रका बिचलन्तावादीहरूमा देखिएको छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय राजनीतिमा नवदलाल पूँजीवाद र अन्तर्राष्ट्रियरूपमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप भएको उल्लेख गर्दै त्यसलाई हल गर्ने जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टी ( माओवादी)को काँधमा आएको बताए । उनले भने– ‘अब हामीलाई यी तमाम समस्य समाधान गर्न सुदृढी एकीकृत पार्टी पार्टी चाहिएको छ । बिचार र कार्यदिशाद्वारा निर्देशित नेतुत्वको गतिलाई पक्डिने गतिशील पार्टी चाहिएको छ । यो उद्देश्य परिपूर्तिका निम्ति आगामी असोजमा संगठन अधिवेशनको आयोजना गरिएको छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेताहरूको काम भनेको निराशावादको समाधान दिने भएको र बिचल्लित भएर भाग्ने नभएको बताए । उनले भने– ‘वर्तमन कम्युनिष्ट आन्दोलनको निराशावादलाई चिरेर आशावाद तिर फर्काउने जिम्मेवारी क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेताहरूको हो । हामीलाई साम्राज्यवादी हस्तक्षेपसँग लडनका निम्ति क्रान्तिकारी एकता चाहिएको छ, दलाल संसदवादी एकता होइन । त्यो कार्य नयाँ कम्युनिष्ट केन्द्र निर्माण गरेर मात्र पुरा हुन्छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले पुराना पूँजीवादी दलालहरूभन्दा अहिलेका नवदलाल पूँजीवादीहरू हजारौं गुणा खतरा भएको ठोकुवा गर्दै उनीहरुको यात्रा धेरै परसम्म नजाने बताए । उनले भने– ‘अहिलेको सरकारको जुन अनुहार छ त्यो सक्कली होइन । आगामी दिनमा उसको सक्कली अनुहार नेपाली जनताको सामु उदाङ्गिने छ । अहिलेको भ्रमबाट नेपाली जनता पूर्ण मुक्त हुने छन्, देशको राजनीति स्थिति पूर्णतः नयाँ बन्ने छ । नेपाली जनताले नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतुत्व नै सबैभन्दा राम्रो हो भनेर बुझ्ने छन् ।’ – क्षेप्यास्त्र साप्ताहिक

प्रतिक्रियाहरु

[anycomment]