क्रान्ति ,पार्टीको नीति र नेतृत्व विरुद्धको  षड्यन्त्र असैह्य  

२०८३ असार २२ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले  क्रान्ति , पार्टीको नीति र नेतृत्व विरुद्धको  षड्यन्त्र असैह्य  भएको बताएका छन्।  सो पार्टीद्वारा आइतबार  आयोजित पार्टी सम्बद्ध जवस,मोर्चा र बिभागको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले केहि  व्यक्तिले एकताको नाममा गुटबन्दी गर्ने,पार्टीको नीति र नेतृत्व विरुद्ध षड्यन्त्र गर्न खोजेकोले उनीहरूलाई हालै सम्पन्न सचिवालय बैठकले जिम्मेवारीबाट मुक्त गरेको बताए । उनले   पार्टी र पार्टीको बिचार नबुझेर  निराशा र पलायनताको कुरा मात्रै गरेकोले केहि नेता कार्यकर्ताको जिम्मेवारी खोसिएको बताउदै भने-  ‘एकताको अर्थ बिचार, उदेश्य, बर्ग र समाजवादी क्रान्तिप्रतिको पार्टीको प्रतिबद्धता  छोडेर कुनै पार्टीमा गएर मिसिने कुरा होइन । ।’

 यसैगरी, प्रवक्ता प्रकाण्ड सीले  नेपालको राजनीतिमा गत  भदौ २३ र २४ गते पछि  पुरानो दलाल पुँजीवाद  र त्यसको नेतृत्व र शासनको युगको अन्त्य भएको बताए। उनले अवको राष्ट्रिय राजनीतिमा नवदलाल पुँजीवादको सत्तासिन ध्रुब र राष्ट्रिय स्वाधिनता एबम् जनमुक्तिको क्रान्तिकारी ध्रुब गरी दुईवटा  ध्रुब खडा भएको तथ्य प्रस्तुत गर्दै नवदलाल पुँजीवादी  र क्रान्तिकारी ध्रुब बिचको  टकराव नै वर्तमान राष्ट्रिय राजनीतिको मुख्य चरित्र भएको बताए। 

 यसैगरी, प्रवक्ता प्रकाण्ड सीले   क्रान्तिकारी कम्युनिस्ट  , बामपन्थी , प्रगतिशील लोकतन्त्रवादी  र देशभक्त शक्ति क्रान्तिकारी ध्रुबमा आवद्ध हुनु वर्तमान राष्ट्रिय राजनीतिको आवश्यकता  र जनचाहना भएको र यसकै निम्ति नेकपा (माओवादी )ले पहल गरि रहेको बताए ।

 उनले भने-  ‘साम्राज्यवादी हस्तक्षेप र फासिवाद आजको प्रमुख चुनौती हो, यो कुरा देशको हित चाहने अन्य राजनीतिक शक्तिहरुले पनि महसुस गरेको देखिन्छ । त्यसैले क्रान्तिकारी कम्युनिस्ट  , बामपन्थी , प्रगतिशील लोकतन्त्रवादी  र देशभक्त शक्ति बिच  संयुक्त मोर्चा अपरिहार्य रहेको छ।’

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सुकुम्बासी विरुद्ध गरेको हस्तक्षेप, सरकारको नीति तथा कार्यक्रम, सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति र रास्वपा महाधिवेशनसम्म आउँदा सरकारको रबैयाप्रति प्रश्न उठ्न थालिसकेको बताए ।  उनले भने-  ‘देशको बर्तमान आर्थिक राजनीतिक  स्थितिको पछाडि भूराजनीति पक्ष र नवउदारवादी पुँजीवादको प्रणालीगत संकट समेत जोडिएकोले त्यस विरुद्ध समाजवादी क्रान्तिको तयारी गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि पहल गर्नुपर्ने बेला आएको छ ।’

प्रतिक्रियाहरु

[anycomment]