काजी गुरुङ पदच्युत
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले संगठन अधिवेशन समितिका सदस्य तथा गण्डकी प्रदेशमा कार्यरत काजी सी (काजी गुरुङ) लाई पदच्युत गरेको जनाएको छ। सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै काजी गुरुङले पार्टी विचार, नेतृत्व, कार्यदिशा र अनुशासनविरुद्ध गतिविधि गरेको, पार्टीको नाममा आर्थिक अपचलन गरेको, पोखराको लिचीबारी जग्गा प्रकरणमा अनुचित आर्थिक लेनदेनमा संलग्न भएको तथा पार्टीको नाममा मुद्दा हेर्ने भन्दै आर्थिक असुली गरेकोले उनलाई पदच्युत गरेको जनाएका छन् ।
बिज्ञप्तिमा काजी गुरुङले पार्टी प्रदेश कार्यालयको जिन्सी सम्पत्ति हिनामिना गरेको, सांगठनिक रूपमा अराजकतावादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, पार्टीविरुद्ध गोयबल्स शैलीमा दुष्प्रचार गरेको तथा पार्टीबाट निष्कासित व्यक्तिहरूसँग मिलेर सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको समेत उल्लेख गरिएको छ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ – ‘हाम्रो पार्टीको संगठन अधिवेशन समितिका सदस्य तथा गण्डकी प्रदेशमा कार्यरत क काजी सी (काजी गुरुङ) ले लगातार पार्टी विचार, एकीकृत जनक्रान्तिको कार्यदिशा, नेतृत्व एवं पद्धती र अनुशासन विरुद्ध अवसरवादी एवं निचतापूर्ण गुटवादी हर्कत गर्दै आएको, पार्टीको नाममा
आर्थिक अपचलन गर्दै आएको, पोखरा लिचीवारी जग्गा मुद्धामा अनुचित आर्थिक लेनदेन गरेको, पार्टीका नाममा मुद्धा हेर्दै आर्थिक असुल गरेको, पार्टी प्रदेश कार्यालयको जिन्सी सम्पती हिनामिना गरि अपचलन गरेको, सांगठनिक रुपमा अराजकतावादी एवं फुटवादी गतिविधि गरेको, पार्टी
विरुद्ध गोयवल्स शैलीमा दुस्प्रचार गरेको, नेकपा (माओवादी) मै रहेका र पार्टीबाट निष्कृय भइसकेका मान्छेहरुलाई प्रलोभनमा पारि किर्ते हस्ताक्षर समेत गरि भ्रामक नामावली खडा गरेर सामाजिक संजाल र संचार माध्याममा अफवाह फैलाएका कारण नेकपा (माओवादी) गण्डकी
प्रदेशले कारवाहीका लागि पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरे बमोजिम काजी गुरुङलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरि पार्टीबाट निस्कासन गरिएको छ ।
हाम्रो पार्टी नेकपा (माओवादी) एकीकृत जनक्रान्तिको नेतृत्व गरिराखेको देश र जनताको वास्तविक राजनीतिक प्रतिनिधि पार्टी हुन्, अमेरिकी साम्राज्यवादी हस्तक्षेका विरुद्ध राष्ट्रिय स्वाधिनताको पक्षमा संघर्ष गरिराखेको, नवदलाल पुँजीवादीहरुको निरंकुशता र फासिवादका विरुद्ध जनअधिकारको रक्षा एवं नेपाली जनताको समाजवादी व्यवस्थाका निम्ति अनवरत संघर्षरत पार्टी र नेतृत्व हुनुले साम्राज्यवादी नवदलाल पुँजीवादी र वाम खोल ओडेका दलाल र अवसरवादीहरु हाम्रो पार्टी, नेतृत्व र जनक्रान्तिका विरुद्ध न्वारनदेखिको बल लगाएर लागेका छन् । दुश्मन र विरोधीहरुको षड्यन्त्रको शसक्त प्रतिवाद गर्न र पार्टी विरुद्धको अफवाहबाट सर्तक रहन सिङ्गो पार्टीपक्ति र आम नेपाली जनतामा विशेष आग्रह गर्दछौँ ।’
