१३ वटा निर्माण कम्पनी कालोसूचिमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारित समयमा काम पूरा नगर्ने १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले ति कम्पनीहरुलाई कालोसूचिमा राख्दै एकदेखि तीन वर्षसम्म कुनै पनि टेण्डर प्रतिष्पर्धामा सहभागी हुन समेत रोकेको हो ।
कञ्चनपुर ठेगाना रहेको गणपति कन्स्ट्रक्सन, भारत मुम्बइको तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर र विज हाउस प्रालि तीन वर्षसम्मका लागि कालो सूचीमा परेका छन् । मकवानपुरको शिवालय बिल्डर्स प्रालि र विराटनगरको आज्ञा एण्ड कम्पनी प्रालि दुई वर्षसम्मका लागि कालो सूचीमा परेका छन् ।
यस्तै, काठमाडौंको चुलीडाँडा निर्माण सेवालाई डेढ वर्षका लागि कालो सूचीमा राखिएको छ भने काठमाडौंकै इपिक कम्प्युटर्स ट्रेडर्स, बाँकेको बाबा इन्फ्राप्रोजेक्ट प्रालि, पोखराको नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स र काठमाडौंको यू.डी. एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स एक वर्षका लागि कालोसूचिमा परेका छन् ।
दोलखा ठेगाना रहेको पुतलीकाठ निर्माण सेवा प्रालि र चितवन भरतपुर ठेगाना रहेको अरबिन्द्र कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालो सूचिमा राखिएको छ ।