राहत शिक्षकद्वारा सडकमै सुतेर विरोध प्रदर्शन

काठमाडौँ । राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । बिभिन्न शिक्षक संगठनहरुसँग सरकारले ६ बुँदे सहमति गरेपनि आफूहरुको माग पूरा नगरेको भन्दै उनीहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन्। उनिहरुले २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नगरेको आरोप लागेका छन । सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरुलाई स्वीकार्य नभएको उनीहरुको आरोप छ।
नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगाएतले आफुहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन्।