कला तथा साहित्य

देशको कथा– बलराम तिमल्सिना

राजै चै हैनन् तर राजाभन्दा कम छैनन् श्रीपेच विहीन राजाहरू ! श्री पाँच नै त होइनन् श्री पाँचभन्दा कम छैनन् पाँच हराएका श्रीहरू ! देशमा राजाको शासन छैन तर खास फरक छैन श्रीपेच सार्वजनिक गर्न व्यस्त छ हाम्रो बबुरो गणतन्त्र ! नपत्याए राष्ट्रपतिको सवारी हेर्नुस कुन राजाकोभन्दा कम छ जाम ? कुन राजाभन्दा कम डुल्छिन […]

२०७५ आश्विन ३१ गते, बुधबार

अल्जाइमर – बलराम तिमल्सिना

अल्जाइमरले सिकिस्त छ सरकार अल्जाइमरकै विरामी छ प्रतिपक्ष जनताको हालत पनि उस्तै उस्तै छ देश अल्जाइमरले चलाएको छ ! यो देशको सरकारलाई ऊ कसरी बन्यो भन्नेमै विभ्रम छ कैले सोच्छ- ऊसलाई जनताको मतले बनाएको हो त्यस्तरी लाइन लागेका थिए जनता ड्याम ड्याम छाप लगाएकै हुन तिनले फेरि सोच्छ – बोराका बोरा पैसाले चै के गर्यो […]

२०७५ आश्विन ३० गते, मंगलवार

भोकको अन्त्य – राजबाबु श्रेष्ठ ‘सागर’

आज धेरै वर्ष पछाडि उसलाई भोकसङ्गै कुस्ती लडिरहेको देखिरहेछु रूप छ तर रङ्ग छैन उसमा शरीर छ केवल खोक्रो तर जवानीको आगो निभेको छ सुकेको ओंठ छ तर मुस्कानले फकेटाहाली आकाश उडिसकेको छ परिस्थितिको लहराले बेरिरहेको छ उसलाई कहिल्यै फुत्कने नसक्ने गरी यी दिनहरूमा म उसलाई केवल एकोहोरो हेरिरहेको छु केवल एकोहोरो उल्लूले दिनमा न […]

२०७५ आश्विन २५ गते, बिहीबार

हरिया झिँगाहरू – बलराम तिमल्सिना

एकादेशमा हरिया झिँगाहरू रहेछन । हरिया झिँगाहरूले सरकार पनि बनाएछन। झिँगाहरूको सरकार प्रमुखले एक दिन झिँगाहरूलाई जम्मा गरेर भनेछ- माकाफुइँहरू ! खाली झिँगालेजस्तो सत्ताको वरिपरि घुमेको छ भुनभुनाएको छ ! यसरी सरकार चल्छ ? सवैले हाम्रो सरकारलाई असफल पार्न षडयन्त्र गरेका छन ।कसैलाई मतलव छैन ।खाली पद मागेको छ पैसा मागेको छ । मैले कहाँबाट […]

२०७५ आश्विन २३ गते, मंगलवार

कृत्रिम बादल – ओमप्रकाश पुन

ए देशीविदेशी महाप्रभुहरु हो तिमीले सोचेका थियौ यो त जनयुद्धको भेलमा गड्किने बादल हो यो त वर्षात्मा झरी वर्षाउने बादल हो यो त पुस–माघमा सग्यो लगाउने बादल हो यो त आकाशबाट चट्याङ पार्ने बादल हो त्यसैले त हाम्राविरुद्ध बादलको वर्षा गराउन खोज्यौ हामीमाथि चट्याङ पार्न खोज्यौ हामीलाई हिउँदको चिसोले ठिङ्ग्य्राउन खोज्यौ हामीलाई काली साउनको भेलले […]

२०७५ आश्विन १९ गते, शुक्रबार

मुर्दै मुर्दाको पहाड़ – राजबाबु श्रेष्ठ ‘सागर’

माहाभूकम्प विपत्तिले गर्दा आज मेरो देशको छाती चर्केको छ मेरो देशलाई चिनाउँने ऐतिहासिक सम्रचना सबै ऐय्याआथा गर्दै मर्केको छ । जतैततै चोटैचोट् र घावै घाउ मेरो देशको छाती र मुटुमा रोकेर रोकिन्न आँसु विपत्तिले यो देशको भन म को सङ्ग पीडा साटु म रगतमा देशको गन्ध आउने वीर सपूतहरु सबै शहीद भए छैन कोही रुने […]

२०७५ आश्विन १९ गते, शुक्रबार

परिचय फेरिएको उपनाम – जनक महतारा ‘संकेत’

कुख्यात चोरले रुपधारण गरेको छ साधुको साधु बदलिएर चोरमा साधुकै वस्त्र ओढेर घुरिरहेछ बस्ती बस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले र हाटबजारमा खुलेआम बिक्री भैरहेछ मान्छेका मुटु कलेजो र आँखा कान सुनकली, तिमीले देखेको सपनाको संसार होइन यो चैनले सास फेर्न पनि गाह्रो विषाक्त हावा चलिरहेको आख्त आख्त समय हो रोप्न त पसिनाको खेती रोपेकी […]

२०७५ आश्विन १३ गते, शनिबार

‘ उठ्दैनन् बूढानिलकण्ठ’ सार्वजनिक

काठमाडौं, १२ असोज । नरप्रसाद धितालको शब्द रहेको भजन उठ्दैनन् बूढानिलकण्ठ सार्वजनिक भएको छ । राजधानीमा विहिबार एक कार्यक्रमकाबीच बुलु मुकारुङको सङ्गीत, स्वरुपराज आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नेपालको पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, सङ्गीतकार बुलु मुकारुङ, नरप्रसाद धिताल, कृष्ण धिताललगायताको आतिथ्यतामा गीतको भिडियो […]

२०७५ आश्विन १२ गते, शुक्रबार

मन – देबी काफ्ले

लाग्छ मन यसरी नै तिमिलाई नियाली रहुं कानले ितम्रा मधुर प्रेमालापका ध्वनिहरु सुनिरहन पाऊं। तिमिले छातिमा टांसेका मेरा प्रतिबिम्ब हेर्दै ब्यक्त गरेको ध्वनिले मेरो मन तरङ्गित बनाई रहन पाऊं यिनै हुन् मेरी प्रिया।। तिम्रो मुक्त कण्ठले मेरो प्रेमको जाज्वल्यता उदियमान गराएको देख्न पाऊं सुनी रहन पाऊं यिनै हुन मेरी प्रिया।। न वासनाको भोको तिमी न […]

२०७५ आश्विन ११ गते, बिहीबार

सीता विकको आँसु – बलराम तिमल्सिना

जव सिर ठाडो गरेर लाल सलाम गर्ने र हाँस्दै हात मिलाउँने जमाना गयो अनि सुरु भयो कमरेडलाई जदौ गर्नु पर्ने जमाना सीत विक एकाएक भावुक वनिन ! विसाएपछि बन्दुक फुकालेपछि युनिफर्म र रोकिएपछि युध्द कमरेड संझनाबाट उनी एका एक फेरिइन सीता विकमा ! व्यवस्था वदल्न भनेर सहर पसेका सुप्रिमोहरू जव आफै बदलिए सहरसँग र छाप्न […]

२०७५ आश्विन ८ गते, सोमबार