अर्थ

निषेधाज्ञा उल्लंघन गर्ने १४७ सवारी साधन कारबाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज विहान निषेधाज्ञा अवज्ञा गर्ने एक सय ४७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । महाशाखाले निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे एक सय छत्तिस र चारपाङ्ग्रे एघार वटा गाडीलाई होल्ड गरिएको जनाएको छ ।हिजो पनि प्रहरीले ७ सय ३५ सवारी साधनलाई दिनभर होल्ड गरेर साँझ छाडेको. थियो । निषेधाज्ञा उग्लघन […]

२०७७ भाद्र ७ गते, आईतवार

पुनःनिर्माणबारे राष्ट्रिय परिसंवाद हुने

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आउँदो सोमबारबाट गत पाँच वर्षमा भए/गरेका काम र अनुभवहरु आदान-प्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो परिसंवादमा भूकम्पपछिको पाँच वर्षमा पुनःनिर्माण र पुनःस्थापनामा प्राप्त गरेका अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदान-प्रदान गरिने बताइएको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठका […]

२०७७ भाद्र ६ गते, शनिबार

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ३ नम्वर पुल नजिक सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले पूर्ण रुपमा अवरुद्ध सडक संचालनमा ल्याउन पहिरो हटाउने तयारी गरीएको जानकारी दिएको छ ।

२०७७ भाद्र ६ गते, शनिबार

कालिमाटी र बल्खु तरकारी बजार विहान ९ बजेसम्म खुल्ने

काठमाडौं । काठमाडौमा संचालित ठुला तरकारी तथा फलफुल पसल राति १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने भएका छन । नेषधाज्ञामा कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको हो । माछा मासु, फलफूल, दुग्ध डेरी र खाद्यान्न पसल दिनभरि सञ्चालन गर्न दिने बताइएपनि कालीमाटी लगायतको क्षेत्रमा […]

२०७७ भाद्र ५ गते, शुक्रबार

बैंकका कर्मचारी बाटाेमै रोकिए : बैंकिङ सेवा बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले कार्यालय हिँडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले रोकेपछि बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । जिल्ला प्रशासनद्वारा जारी निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका शाखा खुलै राख्ने व्यवस्था भए पनि सुरक्षाकर्मीले भने कार्यालय हिँडेका कर्मचारीलाई बाटाेमै रोकेका छन् । यसका कारण बैंकहरूले उपत्यकामा शाखा कार्यालयहरू नखाेल्ने निर्णय गरेका छन् । बैंकका […]

२०७७ भाद्र ४ गते, बिहीबार

सुन तोलाको १ लाख चार सय

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुन तोलाको एक लाख चार सय रुपैयाँ पुगेको जनाएको छ । सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।मंगलबारका लागि तेजाबी सुनको प्रतितोला […]

२०७७ भाद्र २ गते, मंगलवार

उद्योग विभागको अत्यावश्यक बाहेक सबै सेवा ७ दिनका लागि स्थगित

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागको अत्यावश्यक बाहेकका सेवा प्रवाह एक साताका लागि बन्द गर्ने भएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यजर गर्दै अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग बिभागले एक विज्ञप्ति जारी गर्दै आजबाट लागू हुनेगरी भदौ ७ गतेसम्म सेवा बन्द […]

२०७७ भाद्र १ गते, सोमबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार ती सबैमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बढाइएको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी […]

२०७७ श्रावण ३२ गते, आईतवार

सवारीसाधन किन्न ६ अर्ब, भेन्टिलेटर किन्ने बजेट छैन् !

काठमाडौं । गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी गरेको छ । तर, कोरोना महामारीमा संक्रमितको उपचारका लागि भेन्टिलेटर किन्न भने कुनै चासो देखाएको छैन । त्यसका लागि दाताहरूसँग हात थाप्ने काम गरिरहेको छ । सात महिनामा विभिन्न अस्पतालमा ८० भेन्टिलेटर थपिएका छन् । तर, ती सरकारले किनेका होइनन्, […]

२०७७ श्रावण ३० गते, शुक्रबार

सुन तोलामा ६,२०० रुपैयाँले घट्यो !

काठमाडौं। सुनको भाउ एकैदिन ६,२०० रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार छापावाला सुनको मूल्य बुधबार एकैदिनको अन्तरमा ६ हजार २०० रुपैयाँले घटेर ९५ हजार ४०० रुपैयाँ कायम भएको हो । आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको […]

२०७७ श्रावण २८ गते, बुधबार