अर्थ

नयाँ नोटमा केरमेट गर्ने र च्यात्नेलाई कारवाही

काठमाडौं, २४ असोज । राष्ट्र बैकका नोट व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले नयाँ नोटमा केरमेट गर्ने र च्यात्नेलाई कारवाही हुने बताएका छन् । न्युज २४ टेलिभिजनको नियिमति प्रस्तुती ‘छ प्रश्न’मा कुराकानीको गर्ने क्रममा नोटमा केरमेट गर्ने र च्यात्नेलाई कारवाही हुने बताएका हुन् । यस कार्यक्रमा दशैंको अवसरमा नयाँ नोटको प्रयोग कसरी गर्ने तथा राष्ट्र […]

२०७५ आश्विन २४ गते, बुधबार

शेयरको मूल्य घट्यो

काठमाडौं, २३ असोज । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलब ३३ बिन्दुले घटेको छ । […]

२०७५ आश्विन २३ गते, मंगलवार

दशैंका लागि नयाँ नोट सटही सुरु

काठमाडौं , २१ असोज । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैं र तिहारका लागि आजदेखि नयाँ नोट सटही सुरु गरेको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने […]

२०७५ आश्विन २१ गते, आईतवार

स्वर्ण लिपी ग्रन्थसहित तीन जना पक्राउ

काठमाडौं , २० असोज । बहुमुल्य पुरातात्विक स्वर्ण लिपी ग्रन्थसहित तीन जना पक्राउ परेका छन् । छालामा सुनले लेखिएको पुरातात्विक ग्रन्थका पाना बिक्री गर्न हिँडिरहेको अवस्थामा भीमेश्वर नगरपालिका वडा नम्बर– ९ स्थित खरीढुंगाबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भिमेश्वर नगरपालिका वडा नम्बर–३ तार्थलीका शिवहरी थापा, गौतम टोलका उद्धव गौतम र टेकबहादुर […]

२०७५ आश्विन २० गते, शनिबार

द्रुतमार्गको परियोजना जिम्मा कोरियन कम्पनीलाई

काठमाडौं, १७ असोज । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा कोरियन कम्पनी सुसङ इन्जिनियरिङलाई दिइएको छ । सैन्य मुख्यालयमा आयोजित कार्यक्रममा फाष्ट ट्रयाक आयोजना प्रमुख प्राध्यापक उपरथी योगेन्द्र बहादुर खाँण र सुसङ इन्जिनियरिङ कम्पनी लिमिटेडका अध्यक्ष केयुन ह्वाङले डिपिआर बनाउने सम्झौतामा भएको हो । मूल्य अभिवृद्धि कर (भ्याट) सहित […]

२०७५ आश्विन १७ गते, बुधबार

पटाका बरामद

काठमाडौं , १६ असोज । गए राति प्रहरीको गस्ती टोलीले सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ६० हजार […]

२०७५ आश्विन १६ गते, मंगलवार

साझाको टिकट बुकिङ असोज २१ गतेदेखि

काठमाडौं, १५ असोज । साझा यातायातले दशैंका असोज २१ गते देखि टिकट बुकिङ खुल्ला गर्ने भएको छ । साझासँग हाल ४ वटा डिलक्स बसहरु रहेका छन् । दुई बस काठमाडौंबाट बाहिरिँदा, दुई बस फर्किन्छन्, यसबाट दशैंका यात्रुहरुलाई केही राहत मिल्ने साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेको विश्वास छ । बागलुङका लागि पुल्चोकबाट साँझ ७ बजे, नयाँ […]

२०७५ आश्विन १५ गते, सोमबार

शेयर बजार दोहोरो अङ्कले गिरावट

काठमाडौं, १४ असोज । नेपाल स्टक एक्सचेञ्चका अनुसार आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर एक हजार २५६.७१ बिन्दुमा पुगेको छ । […]

२०७५ आश्विन १४ गते, आईतवार

आजदेखि सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ, १२ असोज । आजदेखि उपत्यकासहित देशका विभिन्न ठाउँमा ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालन हुने सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म सञ्चालनमा ल्याइने जनाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा साल्ट ट्रेडिङ कर्पाेरेसन, नेपाल […]

२०७५ आश्विन १२ गते, शुक्रबार

सुनको मूल्य घट्यो

काठमाडौं, ११ असोज । सुन तोलामा तीन सय रुपैयाँ झर्दै ५८ हजार एक सय रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने आज यथावत नै छ । आज पनि चाँदी प्रतितोला सातसय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी […]

२०७५ आश्विन ११ गते, बिहीबार