अर्थ

वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए

काठमाडौ, २८ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने ८ मध्ये ६ वटा जहाज उड्नै नसक्ने गरी थन्किएका छन्। आम्दानीको मुख्य माध्यम जहाज नै थन्किएपछि निगम अहिले अप्ठेरो परिस्थितिमा छ। अन्तर्राष्ट्रिय उडान गरिरहेका चारमध्ये तीनवटा र आन्तरिक उडान गर्ने चारमध्ये तीनवटै जहाज एकपछि अर्को गर्दै ग्राउन्डेड भएका छन्। नयाँ जहाज […]

२०७३ असार २८ गते, मंगलवार

श्रमजिवी ट्रेड युनियनमहासंघद्वारा श्रमलाई ज्ञापनपत्र

काठमाडौं, २७ असार । श्रमजिवी ट्रेड युनियनमहासंघ नेपालको नेतृत्वमा श्रम तथा रोजगार मन्त्री दिपक बोहोरालाई ज्ञापनपत्र बुझाईएको छ । महासंघका राष्ट्रिय अध्यक्ष रामबहादुर तामाङको नेतृत्वमा गएको टोलीले सिंहदरबार स्थित मन्त्री बोहोराको कार्यालयमा पुगी उक्त ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा सरकारले हालै गरेको बजेट भाषण अनुसार सरकारी र राष्ट्रसेवक कर्मचारीहरुको तलब भत्तामा २५ प्रतिशत वृद्धि […]

२०७३ असार २७ गते, सोमबार

पूर्व पाँच पदाधिकारीले मात्र अब राज्यबाट सेवासुविधा पाउने

काठमाडौं, २६ असार । व्यवस्थापिका–संसद्, अनुगमन तथा सुशासन समितिले पूर्वपदाधिकारीका नाममा सम्माननीयले मात्र राज्यकोषबाट सेवासुविधा प्राप्त गर्न सक्ने प्रावधानलाई पारित गरेको छ । समितिको आजको बैठकले पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखबाहेक अन्य कुनै पनि पूर्वपदाधिकारीलाई इन्धन, चालक र सवारीसाधन प्रदान नगर्ने प्रावधानलाई अनुमोदन गरेको हो । हाल पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति, आठ पूर्वप्रधानमन्त्री, ११ […]

२०७३ असार २६ गते, आईतवार

उपभोक्ता हित विपरीत व्यवसाय गर्नेलाई कारबाही गरिने

काठमाडौँ, २५ असार । आपूर्तिमन्त्री गणेशमान पुनले उपभोक्ताको हित विपरीत सामग्री बिक्री वितरण गर्नु सामाजिक अपराध भएकाले त्यस्ता व्यक्ति वा सङ्घसंस्थालाई कारबाही गरिने बताउनुभएको छ । रिपोर्टस क्लबद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्रालय सहितको टोलीले पछिल्लो समय औषधि, माछा मासु, दूध, मिठाइ र तरकारीमा गरेको अनुगमनमा ती वस्तु उपभोक्ताको स्वास्थ्यको हित विपरीत रहेको पाइएकाले […]

२०७३ असार २५ गते, शनिबार

सवारी दुर्घटनामा ज्यान गए ५ लाख क्षतिपूर्ति

काठमाडौ, २५ असार । सवारीसाधनदुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले क्षतिपूर्तिवापत ५ लाख रुपैयाँ पाउने भएका छन् । बिमा समितिले यसअघिको व्यवस्था संशोधन गर्दै प्रतिव्यक्ति ५ लाख रुपैयाँ पाउने व्यवस्था गरेको हो । यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवास्था रहेको थियो । समितिले शुक्रबार मोटर विमासमबन्ध निर्देशिका संशोधन गर्दै ५ लाख […]

२०७३ असार २५ गते, शनिबार

बाढीका कारण तातोपानी क्षेत्रका बासिन्दाको बिजोग

काठमाडौं, २४ असार । सिन्धुपाल्चोक जिल्ला र जिल्लासँगैको चिनियाँ क्षेत्रमा परेको अविरल वर्षापछि गत मङ्गलबारबाट आएको बाढीका कारण तातोपानीको लिपिङ, गातीलगायतका क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् । बाढीका कारण भने हालसम्म कुनै मानवीय क्षति नभएको र पहिलेको तुलनामा अहिले पानीको सतह घटेको प्रहरीले जानकारी दिएको छ । जिल्लाको सिमाना रहेको तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण […]

२०७३ असार २४ गते, शुक्रबार

आँखुखोला जलविद्युतले साधारण सेयर जारी गर्ने

काठमाडौं, २३ असार । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ । आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले प्रतिकित्ता रु एक सय अंकित मूल्यका ८ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको जानकारी दिए । धादिङको मार्पाकमा आँखुखोलामा निर्माण […]

२०७३ असार २३ गते, बिहीबार

बाहिरी चक्रपथको काम सुरु

काठमाडौँ, २३ असार । उपत्यका विकास प्राधिकरणले चालु आर्थिक वर्षमा २१ किलोमिटर सडक विस्तार गर्ने लक्ष्य लिएकोमा ७५ किमि सडक विस्तार गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा दुई सय प्रतिशत बढी विस्तार भएको हो । झन्डै चार वर्षअघि सुरु भएको सडक विस्तार अभियानले हालसम्म तीन सय किमि विस्तार गरिसकेको छ । उपत्यकामा जम्मा ५०८ […]

२०७३ असार २३ गते, बिहीबार

भोलि बजेट पारित हुने

काठमाडौँ, २२ असार । आर्थिक वर्ष २०७३/०७४ को वार्षिक बजेटको विनियोजन विधेयकमाथिको छलफल मङ्गलबार सकिएको छ । मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएसँगै अब छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सुरु हुनेछ । मन्त्रीको जवाफपछि असार २४ गते बजेट पारित गर्ने तयारी छ । संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले विनियोजन विधेयकमा सांसदहरूले धारणा राख्ने […]

२०७३ असार २२ गते, बुधबार

चारजनाको भरमा खानेपानी महसुल निर्धारण आयोग

काठमाडौँ, २१ असार । देशभरका उपभोक्तालाई गुणस्तरीय र भरपर्दो खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको खानेपानी महसुल निर्धारण आयोग चारजना कर्मचारीको भरमा चलेको छ । खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ अनुसार स्थापित आयोगमा अहिले अध्यक्ष, सोधपुछ कर्मचारी, चालक र कार्यालय सहयोगी एक-एक गरी चार जनाले काम चलाएका छन् । झन्डै तीन […]

२०७३ असार २१ गते, मंगलवार