अर्थ

प्रहरीमा विशेष आर्थिक सहुलियत कार्यक्रम

काठमाडौं,२६ चैत । नेपाल प्रहरीले तल्लो तहमा काम गर्ने कर्मचारीलाई ऋण दिन ७ करोड रुपैयाँ छुट्याएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले बताएको छन् । जस अन्तर्गत ७ करोड रुपैयाँ विशेष आर्थिक सहुलियत कार्यक्रमअन्तर्गत सकल दर्जा (सई, असई, हवल्दार र सिपाही) लाई ऋण दिन थालिएको हो । यो रकम आर्थिक वर्ष २०७०/७१ भित्र -आउँदो साउन मसान्त) […]

२०७० चैत्र २६ गते, बुधबार

उद्योग वाणिज्य महासंघको चुनाव चैत २९ मा

काठमाडौं,२६ चैत । उद्योग वाणिज्य महासंघको यही चैत २९ मा नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार र उपाध्यक्ष प्रदीपजंग पाण्डे चुनावी मैदानमा छन् ।महासंघ (एफएनसीसीआई) को निर्वाचन नजिकिँदै जाँदा अध्यक्षका प्रत्याशीले निजी क्षेत्रलाई बलियो बनाउने एजेन्डालाई प्राथमिकता दिएका छन् । हिजो नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको […]

२०७० चैत्र २६ गते, बुधबार

ट्रेड टावरमा तालाबन्दी गरिने

काठमाडौ, २४चैत्र ।काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ‘ट्रेड टावर’ मा तालाबन्दी गर्ने निर्णय गरेको छ । दुई आर्थिक वर्षको दुई करोड रुपैयाँभन्दा बढी घरजग्गा कर नतिरेका कारण तालाबन्दी गरिने महानगरले जनाएको छ ।महानगरका सूचना अधिकृत महेश काफ्लेले पटकपटक सूचना जारी गरिए पनि टे्रड टावर व्यवस्थापनले घरजग्गा कर नतिरेको बताए । ‘राजस्वको दायरामा ल्याउनैपर्छ । कर बुझाउन पत्राचारसमेत […]

२०७० चैत्र २४ गते, सोमबार

रेडबुलको अबैध ब्यापार

काठमाडौं, २४ चैत । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार गोर्खा ब्रुअरीअन्तर्गतको जिबी मार्केटि्र प्रालिले सम्बन्धित निकायको अनुमतिबिनै ‘इनर्जी डि्रंक’ रेडबुल आयात गरिरहेकेा खुलेको छ ।उसले चालु आर्थिक वर्षको ८ महिनासम्म रेडबुल आयात गर्न त्यहाँबाट अनुमति नलिएको बताएको छ । जिबीबाहेक अरु १० वटा कम्पनीले विभिन्न पेय आयात गर्ने अनुमति लिएका छन् । ‘तर, […]

२०७० चैत्र २४ गते, सोमबार

पेट्रोलियम पदार्थमा आयल निगमको एकाधिकार टुट्दै

काठमाडौ, २३ चैत्र । विराट पेट्रोलियमले भारतको नुमलीगढ रिफाइनरीबाट पेट्रोल र डिजेल ल्याउने तयारि गरेको छ । दुई कम्पनीबीचको सम्झौताअनुसार नुमलीगढ रिफाइनरीले विराट पेट्रोलियमलाई मासिक एक लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल उपलब्ध गराउने छ । यो सम्झौता कार्यान्वयनमा आए पेट्रोलियम पदार्थमा आयल निगमको एकाधिकार टुट्नेछ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले विराट […]

२०७० चैत्र २३ गते, आईतवार

सबै क्यासिनो बन्द

काठमाडौ,२२ चैत्र । सरकारले कानुनी दायराभित्र नआएका क्यासिनोलाई बन्द गराएको छ । हाल संचालनमा रहेका सबै क्यासिनोमध्ये एउटा मिनी क्यासिनोबाहेक अरु संचालनमा रहेका ८ क्यासिनोहरु मध्ये कुनैले पनि नविकरणकाका लागि निवेदन नदिएको भन्दै सरकारले क्यासिनो बन्द गराएको हो । सरकारले यसअघि कर तिर्ने म्याद पन्ध्र दिन थपेको थियो । म्याद थप्दा पनि कुनै पनि क्यासिनोले […]

२०७० चैत्र २२ गते, शनिबार

आज ५७ औँ सहकारी दिवस

काठमाडौँ, २० चैत। आज ५७ औँ सहकारी दिवस , सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सहकारी दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना व्यक्त गरेका छन् । सहकारी मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री कोइरालाले सहकारीहरु आफैले पहिल्याएको मार्गलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् ।पहिलो पटक […]

२०७० चैत्र २० गते, बिहीबार

मूल्यवृद्धिले सिमा नाघ्यो

काठमाडौं, १९ चैत्र । चालू आर्थिक वर्ष नेपालमा दक्षिण एसियाकै उच्च मूल्य वृद्धि हुने एसियाली विकास बैंक (एडीबी) ले बताएको छ । एसियन डेभलपमेन्ट आउटलुक नामक प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै एडीबीले नेपालमा चालू आर्थिक वर्ष १० प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरेको हो । यो राष्ट्र बैंक र सरकार दुवै गरेको प्रक्षेपणभन्दा बढी हो । राष्ट्र […]

२०७० चैत्र १९ गते, बुधबार

फेरी पेट्रोलियम पदार्थको अभाब

काठमाडौं-इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिदबापत ५ अर्ब रुपैयाँ बक्यौता नतिरेको भन्दै झन्डै ३० प्रतिशत आपूर्ति कटौती गरेपछि पेट्रोलियम पदार्थको अभाब चर्किएको छ।एकमात्र पेट्रोलियम आपूर्तिकर्ता आइओसीबाट मागअनुरुप तेल नआएपछि राजधानीका अधिकांश पम्पमा सोमबार इन्धन भर्ने सवारीसाधनको भिड लागेको थियो। कतिपय पम्प दिनभरि बन्द रहे। तेल आपूर्तिमा उत्पन्न यो असहज स्थिति […]

२०७० चैत्र १८ गते, मंगलवार

युनिटीका अध्यक्षलाई ३ वर्ष जेल सजाय

काठमाडौं,१७ चैत । जिल्ला अदालत ललितपुरले युनिटका अध्यक्ष काशी गुरुङसहित १२ सञ्चालकलाई दोषी ठहर गर्दै ३-३ वर्ष जेल सजाय तोकेको छ भने एक सय जनालाई सफाइ दिएको छ ।न्यायाधीश टेकनारायण कुँवरको इजलासले गुरुङसहित १२ सञ्चालकलाई ३-३ वर्ष जेल सजाय तोकेको छ । साथै गुरुङलाई १ करोड ६ लाख जरिवाना तोकेको छ । गैरकानुनी रुपमा नेटवर्किङ […]

२०७० चैत्र १७ गते, सोमबार