अर्थ

समस्याग्रस्त सुपर लघुवित्तका लागि व्यवस्थापन समूह गठन !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालनका लागि व्यवस्थापन समूह गठन गर्ने भएको छ। दुई सदस्यीय व्यवस्थापन समूह गठन गर्न राष्ट्र बैंकले एक सूचना जारी गर्दै संयोजक र सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ । संयोजक र सदस्यको सेवा अवधि १ वर्षको हुनेछ। आवश्यकता तथा कार्यप्रगतिका आधारमा ६–६ […]

२०८० बैशाख २८ गते, बिहीबार

विदेशीबाट आउदा दुईवटा मोबाइल ल्याउन पाईने

काठमाडौँ । मन्त्री परिषदको बैठकलेअब विदेशीबाट आउने नेपाली नागरिकले दुई वटा मोबाइल आफ्नो साथमा ल्याउन पाउने निर्णय गरेको छ।बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपालीले आफ्ना साथमा बढीमा २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो। यो निर्णय भएसंगै विदेशीबाट आउने नेपाली नागरिकहरुले दुई वटा मोबाइल ल्याउन पाउने भएका हुन्।यसअघि २०७७ साल […]

२०८० बैशाख २७ गते, बुधबार

नेप्से १० दशमलव ६६ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ । आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् । […]

२०८० बैशाख २६ गते, मंगलवार

कम्बोडिया पठाइदिन्छु ठगी गर्ने तामाङ पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्नेलाई पक्राउ गरेको छ । प्रहरीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौंको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले वैदेशिक रोजगारीका […]

२०८० बैशाख २५ गते, सोमबार

अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ जेठ १ गतेदेखि

काठमाडौँ । अप्पर स्यांगे हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख २० हजार कित्ता र वैदेशिक रोजगारका नेपालीका लागि ६५ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ […]

२०८० बैशाख २४ गते, आईतवार

पाँच सय र हजारको नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पाँच सय र हजारको नक्कली नोटसहित दुई पक्राउ गरेको छ। प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम […]

२०८० बैशाख २३ गते, शनिबार

प्रहरी नायब निरीक्षक विष्ट घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (सई) विनोद विष्टलाई ५० हजार नगद र डेढ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत सई विष्टलाई अख्तियारले शुक्रबार दिउँसो काठमाडौंको नयाँबानेश्वरबाट घुससहित पक्राउ गरेको हो । अख्तियारका अनुसार उनी घुस रकम बुझ्नकै लागि महोत्तरीबाट काठमाडौं बिदामा आएका थिए […]

२०८० बैशाख २३ गते, शनिबार

अर्थतन्त्रमा मन्दी छाएको छ !

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्र मन्दीमा गएको बताएको छ । राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा लामो समयदेखि विद्यमान मन्दीको अवस्थालाई प्रतिविम्वित गरेको महासंघको भनाइ छ । तथांक विभागले चालु आर्थिक वर्षमा एक दशमलव ८६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको उल्लेख गर्दै महासंघले पछिल्ला तीन त्रैमासको ऋणात्मक अवस्थाले […]

२०८० बैशाख २२ गते, शुक्रबार

सुन तोलाको एक लाख ११ हजार ८ सय

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। आज सुन प्रतितोला १२ सय रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो। हिजो छापावाला सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको थियो। छापावाला सुन […]

२०८० बैशाख २१ गते, बिहीबार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंकको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो। हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक सेयरधनीले काठमाडौँको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्। सेयर […]

२०८० बैशाख २१ गते, बिहीबार