अर्थ

अमरगढीस्थित बागबजारमा भीषण आगलागी

काठमाडौं, २३ पुस । डडेल्धुरा सदरमुकाममा गएराति भिषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ को बागबजारस्थित बगरकोटमा गएराति आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।यसअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । लगातार आगलागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् । गएराति लागेको आगो अमरगढी […]

२०७५ पुष २३ गते, सोमबार

अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क

काठमाडौं, २२ पुस । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । “स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराउनुभएको छ”, अध्यक्ष राईले भने, […]

२०७५ पुष २२ गते, आईतवार

सुमार्गीले झिके राेक्का राखिएकाे साढे २ अर्बभन्दा बढी रकम

काठमाडौं, २१ पुस । व्यवसायी अजेयराज सुमार्गीको नाममा विदेशबाट आएको रकममाथिकाे रोक्का सर्वोच्च अदालतले फुकुवा गर्न आदेश दिएपछि सुमार्गीले आफ्नो रकम झिकेका छन् । नेपाल राष्ट्र बैंकको आदेशमा खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रकम सुमार्गीले निकालेका हुन् । लगानीका नाममा विदेशबाट उनको खातामा रकम आएको थियो । तर त्यसको स्रोत पुष्टि हुन नसकेपछि राष्ट्र […]

२०७५ पुष २१ गते, शनिबार

नेपाल ट्रष्टको १०८ रोपनी जग्गामा पर्खाल लगाउन सुरु

काठमाडौं, २० पुस । भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टका नाममा रहेको सल्लाघारीस्थित १०८ रोपनी जग्गामा पर्खाल लगाउने भएको छ ।खाली जग्गामा फोहोर थुपार्ने क्रम बढेको र अतिक्रमणसमेत हुँदै गएपछि नगरपालिकाले पर्खाल लगाउन थालेको हो । पर्खाल लगाउने कामको उद्घाटन सांसद प्रेम सुवालले गरे । उनले पर्खाल लगाउन नेपाल ट्रष्टलाई जानकारी गराइसकेको बताए । भक्तपुर नगरपालिकाका मेयर […]

२०७५ पुष २० गते, शुक्रबार

सुन तोलाको ६० हजार ४ सय

काठमाडौँ, १९ पुस । सुनको मूल्य ह्वात्तै बढेर तोलाको ६० हजार ४ सय रुपैया पुगेको छ । बुधबार तोलामा एक सयले घटेर प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको थियो । आइतबार, सोमबार, मंगलबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ७ सयमा कारोबार भएको थियो । त्यसैगरी बिहिबार तेजाबी सुन प्रति तोल […]

२०७५ पुष १९ गते, बिहीबार

वाइडबडी भ्रष्टाचार प्रतिवेदन सार्वजनिक गरेकाेमा प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ, १९ पुस । वाइडबडी भ्रष्टाचार प्रतिवेदन सार्वजनिक गरेकाेमा प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो भाषामा असन्तुस्टी जाहेर गरेका छन वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारबारे संसदीय उपसमितिको प्रतिवेदन बाहिरिएको प्रति असन्तुष्टि जनाउँदै चेतावनीको भाषा बोलेका छन् । विमान खरिद प्रकरणको छानबिनका लागि गठित कांग्रेसका सांसद राजन केसी नेतृत्वको संसदीय लेखा समिति अन्तरगतको उपसमितिले तयार पारेको प्रतिवेदनप्रति […]

२०७५ पुष १९ गते, बिहीबार

भन्सारमा सीसी क्यामरा जडान

काठमाडौँ, १८ पुस । भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान जाँच सही रूपमा गरे नगरेको हेर्न र चोरी निकासीको निगरानी बढाउन सीसी क्यामरा जडानपछि सहज हुने छ । सामान […]

२०७५ पुष १८ गते, बुधबार

बिजुली बस मापदण्ड विपरीत

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि तामझामका साथ उद्घाटन गरेका बिजुली बस खरिदमा बदमासी भएको पाइएको छ । सार्वजनिक टेन्डर आह्वान गरी लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले पहिलाे चरणमा ५ वटा बिजुलीबाट चल्ने बस ल्याएकाे थियाे । तर चीनमा बनेका गुणस्तरीय बस ल्याउने सम्झौताविपरीत आपूर्तिकर्ताले भारतमा बनेका पुराना बस ल्याएको […]

२०७५ पुष १५ गते, आईतवार

सुन सफा गरिदिने भन्दै ठगी पक्राउ

काठमाडौं,१३ पुस । भोजपुरमा ठगी गर्दै हिँड्ने ६ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिए । पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश […]

२०७५ पुष १३ गते, शुक्रबार

भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी !

काठमाडौं, ४ पुस । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड रुपैयाँ ठगी गर्ने विजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीका अनुसार उनीहरूले बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी ६८ करोड रुपैयाँ राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेको तर, […]

२०७५ पुष ४ गते, बुधबार