अर्थ

डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

काठमाडौं, १४ कात्तिक । डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर  भएका छन् । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष श्रेष्ठलाई न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले भ्रष्टाचारी ठहर गरेको हो । उनलाई विशेष अदालतले एक वर्ष कैद, १ करोड १८ लाख जरिवाना र सोबराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ । […]

२०७५ कार्तिक १४ गते, बुधबार

एक लाख २६ हजार डलरसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १३ कात्तिक । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लैजान खोजिएको एक लाख २६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंबाट चीनको गोन्जाउ जान लागेको अवस्थामा डिपार्चर एरियाबाट नियन्त्रणमा लिएको र सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । लगेजभित्र लुकाएर लैजान खोज्दा डलर फेलापरेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

२०७५ कार्तिक १३ गते, मंगलवार

स्वरोजगारको नाममा अर्बौं रकम स्वाहा

काठमाडौं, १३ कार्तिक । युवा तथा सानाव्यवसायी स्वरोजगार कोषले स्वरोजगारको नाममा ९ बर्षमा सात अर्बभन्दा बढी खर्चेको छ । यसमा ठूलो रकम अनियमितता भएको राष्ट्रिय सतर्कता केन्द्रको निष्कर्ष छ । कोषले ५५ हजारलाई तालिम दिई स्वरोजगार बनाउन रकम खर्चेको दाबी गरेको छ । तर, केन्द्रको चार महिने अनुसन्धानले त्यस्तो दाबीलाई गलत सावित गरिदिएको छ । […]

२०७५ कार्तिक १३ गते, मंगलवार

मलेसियाले शून्य लागतमा कामदार लैजाने

काठमाण्डौं, १२ कार्तिक । नेपाल र मलेसियाबीच सरकारी स्तरमै श्रम सम्झौता भएको छ । सम्झाैतासँगै करिव ६ महिनादेखि राेकिएकाे मलेसियाकाे राेजगारी अब चाँडै खुल्ने भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आज बिहान होटल हायतमा नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर भएको हो । सम्झाैता पत्रमा मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान […]

२०७५ कार्तिक १२ गते, सोमबार

विद्युतीय बस सेवा शुरु

काठमाडौं, ६ कार्तिक । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उनको जोड छ । उनले भने […]

२०७५ कार्तिक ६ गते, मंगलवार

‘स्मार्ट कार्ड’ निजी कम्पनीले छाप्दै

काठमाडौं, ६ कार्तिक । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिएअनुसार आजदेखि दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छापिने भएको हो । मन्त्रिपरिषद्को भदौ ५ गतेको निर्णयअनुसार मालिका इन्कर्पोरेटेड प्रालिले आजबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्ने छ । निजी कम्पनीले […]

२०७५ कार्तिक ६ गते, मंगलवार

तिहारसम्म इन्धनको मूल्य नबढ्ने

काठमाडौं , ३१ असोज । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो । संसद्को उद्योग बाणिज्य तथा श्रम समितिले समेत निगमलाई चाडपर्वमा इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो । सोही अनुसार तिहारसम्म मूल्यवृद्धि नगर्ने निगमको भनाइ छ । निगमका निमित्त […]

२०७५ आश्विन ३१ गते, बुधबार

काठमाडौंबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौं , ३१ असोज । काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि […]

२०७५ आश्विन ३१ गते, बुधबार

सेनाले निशुल्क बस चलाउने

काठमाडौं , २९ असोज । नेपाली सेनाले विजयदशमीको दिन कात्तिक २ गते उपत्यकामा निशुल्क रुपमा बस चलाउने भएको छ । सो दिन उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पु-याउने उद्देश्यले उक्त दिन निम्न लिखित ८ वटा रुटहरुमा सात बजे, ११ बजे र तीन बजे भद्रकालीबाट […]

२०७५ आश्विन २९ गते, सोमबार

फोन उठाउँदा पनि पैसा लाग्ने !

काठमाडौं, २७ असोज । हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको फोन प्रयोग कम हुँदै गएको छ। अझ इन्टरनेटले त एउटै घरका वल्लोपल्लो कोठामा समेत संवाद हुन थालेको छ। हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने फोन गर्न पनि पालो कुर्नुपर्ने अवस्था छ। ‘एउटै फोन छ, जिमी क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ, त्यसैले पालो कुरेर बस्छौँ’, स्थानीय […]

२०७५ आश्विन २७ गते, शनिबार