अर्थ

सवारी लाइसेन्स नवीकरण शुल्क दोब्बर

काठमाडों,४ साउन । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स शुल्क बढाएको छ । विभागले यहि साउन १ गतेदेखि लागू हुनेगरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन दस्तुर, नयाँ लाइसेन्स, नवीकरण र प्रतिलिपी शुल्कमा दोब्बर बढीले बृद्धि गरेको छ । विभागले लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको छ । यस्तै दुईपांग्रे […]

२०७३ श्रावण ४ गते, मंगलवार

मोदीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुचारु

काठमाडौँ, ३ साउन । पर्वतको देउपुरमा सन्चालित १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाबाट उत्पादन पुनः सुचारु भएको छ । बाढीका कारण पाँच दिनदेखि अवरुद्ध भएको आयोजनाबाट सोमबारदेखि पुनः उत्पादन सुरु गरिएको हो । बाढीले इन्टेकभन्दा माथिको भागमा क्षति पुर्‍याएको र सुरुङमा पुरै क्षमतामा पानी पठाउन नसकिएका कारण बिजुली उत्पादन आधामात्रै रहेको जनाइएको छ ।

२०७३ श्रावण ३ गते, सोमबार

उदयपुर सिमेन्ट उद्योग अर्वौ घाटामा

काठमाडौं, ३ साउन । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७१/०७२ मा गरेको आर्थिक सर्वेक्षणमा उदयपुर सिमेन्ट उद्योग अर्वौ घाटामा रहेको रहस्य खुलेको छ । आर्थिक सर्वेक्षणमा उदयपुर सिमेन्ट उद्योग ३ अर्व ७१ करोड २८ लाख घाटमा भएको रहस्य खुलेको छ । अर्थ मन्त्रालयले सार्वजानिक सँस्थानको वार्षिक समिक्षा २०७३ को एलो बुकमा उदयपुर सिमेन्ट उद्योग अर्वौको घाटमा […]

२०७३ श्रावण ३ गते, सोमबार

कालोपत्रे सडक एक महिनापनि टिकेन

काठमाडौं, ३ साउन । सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक विस्तार गरी कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै खाल्टाखुल्टी भएपछि साउने झरीमा मर्मत सुरु भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११/११ मिटर विस्तार गरी कालोपत्रे गरिएको एक महिनापछि सडकका ठाउँ ठाउँमा खाल्टाखुल्टी भएको स्थानीयवासीको गुनासो छ । निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा सडक […]

२०७३ श्रावण ३ गते, सोमबार

भोटेकोसी पीडितद्वारा आन्दोलनमा उत्रने चेतावनी

काठमाडौ, २ साउन । सिन्धुपाल्चोकका भोटेकोशी बाढीबाट पीडित बासिन्दाहरुले आफुहरुलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । भोटेकोशीमा आएको बाढीका कारण विस्थापित भएका सिन्धुपाल्चोक जिल्लाका ५ गाविसका पीडितहरुले आइतबार काठमाडौमा कार्यक्रम गरी सरकारले तत्काल राहत तथा पुर्नस्थापना नगरे सरकारविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । उनीहरुले आफुहरु खुल्ला […]

२०७३ श्रावण २ गते, आईतवार

हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी

काठमाडौ, १ साउन । वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब ३ लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गरे। मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निक्ति हेलिकप्टर […]

२०७३ श्रावण १ गते, शनिबार

माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत सम्पन्न हुदै

काठमाडौ, ३१ असार । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–ए, जलविद्युत आयोजना दुई महिनाभित्र सम्पन्न हुने भएको छ । आयोजनाको अधिकांश काम सकिएकाले आगामी भदौदेखि विद्युत् उत्पादन शुरु गरिने आयोजनाले जनाएको छ । आयोजनाको बाँकी काम तीव्र रुपमा भइरहेकाले भदौसम्म उत्पादन शुरु हुने भएको हो । यसअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजनाको काम भूकम्प […]

२०७३ असार ३१ गते, शुक्रबार

आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं, ३० असार । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक गरेका छन । आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो भएकाले मुद्रास्फीति उच्च हुने भन्दै राष्ट्र बैंकले नियन्त्रणका लागि केही संकुचित मौद्रिक नीति ल्याएको छ । उत्पादनशील कर्जा विस्तारका लागि कृषि तथा उर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले […]

२०७३ असार ३० गते, बिहीबार

सुन गाडेर राख्ने प्रहरीको फन्दामा

काठमाडौं, ३० असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट एक केजीभन्दा बढी सुन र चार केजीभन्दा बढी चाँदी बरामद भएको छ । जालपा ज्वेलर्सका सञ्चालक दीपक माझीको सुन पसल र उनकै घरमा गाडेर राखेको अवस्थामा काठमाडौंको महानगरीय प्रहरी वृत्त, स्वयम्भू, अपराध अनुसन्धान महाशाखा, हनुमानढोका र सिन्धुपाल्चोक प्रहरीको संयुक्त टोलीले गरेको अनुसन्धानपश्चात् उक्त परिमाणको सुन र […]

२०७३ असार ३० गते, बिहीबार

बजेट पारित हुँदै

काठमाडौं, असार २९ । सरकारले ल्याएको आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आज संसद्बाट पारित हुँदैछ । अहिले केहीबेरमा बस्ने संसद बैठकले जेठ १५ गते संसदमा पेश भएको बजेट पास गर्न लागेको हो । संसदले गत शनिबार विनियोजित विधेयक पारित गरिसकेको छ भने आज बजेटसँग सम्बन्धित थप तीन वटा विधेयक पारित गर्ने छ । बैठकमा […]

२०७३ असार २९ गते, बुधबार