अर्थ

नयाँ नोट साट्ने हो ?

काठमाडाै, १ असाेज । हरेकवर्षको दशैमा झैँ राष्ट्र बैंकले यसपालीपनि नयाँ नोट साट्ने बताएको छ । राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने काम सुरु गर्ने भएको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म नोट साटिने राष्ट्र बैंकले जनाएको छ । यस वर्ष ५, १०, २०, ५० र १०० […]

२०७१ आश्विन १ गते, बुधबार

अलैंची मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । गत वर्ष अलैंची निस्कँदा प्रतिमन ४० हजारको दरले बेचेका कृषकले यो वर्षको सुरुवातमै त्यसको दोब्बर मुल्य पाएका छन् । सधैं अलैंची निस्कनेबित्तिकै यसको मुल्य कम हुने र व्यापारीले हातमा पुगेपछि मात्र कुल्य बढाउने अलैंचीको मुल्य यो वर्ष सुरुमै प्रति मेट्रिक टन झन्डै ८० हजारको हाराहारीमा पुगेपछि अलैंची कृषकले यो वर्ष आफुले उत्पादन गरेको […]

२०७१ भाद्र ३१ गते, मंगलवार

विद्युत महसुल नबढाउ: सर्वोच्च

काठमाडौं, भदौ ३१। नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले धान्नै नसक्ने गरी विद्युत् महसुल बढाउने तयारि गरेपछि सर्वोच्च अदालतले विद्युत महसुल बढाउने प्रस्ताव रोक्न सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ ।प्राधिकरणले विद्युत् महसुलमा २० प्रतिशतदेखि एक सय ४० प्रतिशतसम्म वृतद्ध गर्न सरकारमा प्रस्ताव पठाउन लागेको दाबीसहित उपभोक्ता संरक्षण हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता विष्णुप्रसाद तिमिल्सेनले रिट […]

२०७१ भाद्र ३१ गते, मंगलवार

विद्युत् महसुल बढाइदै

काठमाडौ, ३०भदौ । विद्युत् महसुल निर्धारण आयोगको बैठकले विद्युत् महसुल १३ दशमलव ७ प्रतिशतले बढाउने तयारि गरेको छ।’विद्युत् महसुल १३ दशमलव ७ प्रतिशतले वृद्धि गर्ने सहमति भयो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘निर्णयमा हस्ताक्षर हुन भने बाँकी छ।’ यसअघि विद्युत् प्राधिकरणले महसुल २५ प्रतिशतले वृद्धि गर्नुपर्ने प्रस्ताव गरेको थियो। उपभोक्ता अधिकारकर्मीहरूले त्यसको चर्को आलोचना गरेका थिए। […]

२०७१ भाद्र ३० गते, सोमबार

बुधबारदेखि नयाँ नोट साट्न पाइने

काठमाडौ । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्ने सुविधा बुधबारदेखि सुरु गर्ने भएको छ। यसका लागि सबै जिल्लामा नोट पठाइसकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले बुधबारदेखि नयाँ नोट साट्ने सुविधा उपलब्ध हुने बताए। ‘राष्ट्र बैंकले सबै जिल्लामा नयाँ नोट पठाइसकेको छ’, उनले भने, ‘मागअनुसार नोट पठाएका छौं।’ योपटक दसैंलाई […]

२०७१ भाद्र २९ गते, आईतवार

असोज १ गतेदेखि दसैँ बजार

काठमाडौँ । सरकारले असोज १ गतेदेखि दसैँ–तिहार र छठसम्म मुलुकभर ७१ स्थानमा दसैँ बजारका लागि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । यस्तो पसलमा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिने र उपभोक्तालाई छुटमा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । सरकारले पछिल्लो समय वर्षैपिच्छे दसैँ–तिहार र छठसम्मका लागि दसैँ बजार सञ्चालन थालेको छ । वाणिज्य […]

२०७१ भाद्र २८ गते, शनिबार

चौरजहारी बजार अनिश्चितकालका लागि बन्द

काठमाडौ, २७ भदौ । रुकुम चौरजहारी यातायातका पदाधिकारी तथा युवाहरुलाई पक्राउ गरेको विरोधमा चौरजहारी यातायात निकट समूहले रुकुमको चौरजहारी बजार अनिश्चितकालका लागि बन्द गरेको छ ।रुकुमको चौरजहारीमा रहेको चौरजहारी यातायात प्राइभेट लिमिटेड र सिस्ने हिमाल बस यातायात समितिका कर्मचारीबीच बिहीबार झडप भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।घाटाचौरमा पार्किङ गरिएका सिस्ने हिमाल यातायात समितिका ४ […]

२०७१ भाद्र २७ गते, शुक्रबार

क्यान सफ्टेक जारी

काठमाडौं, २७ भदौ । कम्प्युुटर एसोसियसन अफ नेपाल (क्यान)को आयोजनामा विहीबारदेखि काठमाडौंको भृकुटीमन्डपमा सातौं ‘सुुविसुु क्यान सफ्टेक २०१४’ सुरु भएको छ । मेलामा सफ्टवेयर, सर्भिसेस, सोलुुसन् र कम्युनिकेसनस् सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने बताइएको छ । सूचना तथा सञ्चार क्षेत्रमा विकासित नयाँ–नयाँ प्रविधिको प्रदर्शन, यस क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीतिका लागि सार्थक […]

२०७१ भाद्र २७ गते, शुक्रबार

आइतबारदेखि दसैंका लागि नयाँ नोट

काठमाडौ, २६ भदौ । राष्ट्र बैंकले आउँदो दशैमा करिब २५ अर्ब बराबरको नयाँ नोट बितरण गर्ने जनाएको छ । नयाँ नोट आगामी आइतबार देखि वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । दशैं, तिहार र छठपर्बलाई लक्षित गरि देशका विभिन्न ठाउँबाट नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले काठमाडौ, विराटनगर, जनकपुर, वीरगञ्ज, […]

२०७१ भाद्र २६ गते, बिहीबार

फुटपाथे व्यवसायीहरुद्वारा आत्मदाह गर्ने चेतावनी

काठमाडौं, २५ भदौ । फुटपाथे व्यवसायीहरुले आगामी भदौै २६ गतेसम्ममा पनि यथास्थानमा व्यापार व्यवसाय गर्न नदिए बाध्य भएर आत्मदाह गर्ने चेतावनी दिएका छन् ।संयूक्त स्वरोजगार व्यापार व्यवसायी समाजले दशैं, तिहार र छठ पर्वका लागि तत्काल यथास्थानमा आफूहरुलाई व्यापार व्यवसाय गर्न नदिए आत्मदाह गर्ने चेतावनी दिएका हुन् । समाजले स्वरोजगार व्यवसायीहरुलाई कानुनको छुट्टै व्यवस्था गर्नुपर्ने, सम्पूर्ण […]

२०७१ भाद्र २५ गते, बुधबार