स्वास्थ्य / शिक्षा

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

काठमाडौँ । परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको बताएका छन्। सरकारले जापनी इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको […]

२०८१ मंसिर २९ गते, शनिबार

अङ्ग प्रत्यारोपण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ । नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आजदेखि काठमाडौंमा अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।समाजका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । साथै सम्मेलनमा अङ्ग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।मस्तिष्क मृत्युपछि कलेजो र मिर्गौला दान गर्न सकिने भएकाले सर्वसाधारणलाई अङ्गदानका निम्ति प्रेरित […]

२०८१ मंसिर २९ गते, शनिबार

स्वास्थ्यकर्मीलाई सरकारीसरह तलबभत्ता उपलब्ध गराउन निजी अस्पताललाई पत्राचार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारीसरह न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार सरकारी प्रतिष्ठान, निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तीमा नेपाल सरकारसरह लागू गर्न पत्राचार गरिएको हो । […]

२०८१ मंसिर २८ गते, शुक्रबार

एचआईभीविरुद्धको खोप तयार

काठमाडौँ । वैज्ञानिकहरूले एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) रोक्ने खोप ‘लेनाकापाभिर’ बनाएका छन् । उनीहरुले एचआईभी सङ्क्रमण रोक्न यो खोप ९६ प्रतिशतसम्म प्रभावकारी रहेको बताएका छन् ।यो खोपको नाम लेनाकापाभिर हो। वैज्ञानिकहरूका अनुसार यो खोपको एक वर्षमा दुई डोज लगाएमा व्यक्ति एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा सुरक्षित रहनेछ ।अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियडद्वारा जारी गरिएको र न्यु इङ्गल्याण्ड […]

२०८१ मंसिर २७ गते, बिहीबार

त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा हिनामिना !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा खोजबिन गर्न गठित समितिले १ हजार रोपनी जग्गा हिनामिना भएको पाइएको जनाएको छ । समितिले जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको ठहरसमेत गरेको छ । समितिले त्रिविको ३ हजार ७ सय रोपनी जग्गामा १ हजार रोपनी जग्गा विभिन्न संघ संस्थाले प्रयोग गरिरहेको पत्ता लगाएको हो । त्रिविको […]

२०८१ मंसिर २३ गते, आईतवार

काठमाडौं विश्वकै १०औं प्रदूषित सहर

काठमाडौं । आईक्यू एयरको आज बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौं विश्वकै १०औं प्रदूषित सहर बनेको छ। काठमाडौंको एक्यूआई सूचकांक १७८ रहेको छ। काठमाडौंमा पीएम २.५ को अवस्था ९४.५ रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसर काठमाडौंको यो प्रदूषण उच्च अस्वस्थकर हो। काठमाडौंमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत स्थान निकै प्रदूषित छन्।विश्वकै प्रदूषित सहरको सूचीमा इजिप्टको कायरो […]

२०८१ मंसिर २२ गते, शनिबार

बर्दिया बलात्कार घटनाको दोषीलाई तत्काल कारबाही गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले बर्दिया बलात्कार घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई तत्काल कडा सजायको माग गरेको छ। सो संगठनको छात्रा बिभाग प्रमुख प्रीतिमा सीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेकी हुन्। उक्त बिज्ञप्तिमा भनिएको छ – ‘यस प्रकारका अपराधहरूको अन्त्यका लागि सरकार, न्यायालय, र नागरिक समाज सबैको सामूहिक प्रयास […]

२०८१ मंसिर २१ गते, शुक्रबार

स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो सुनुवाई एकाइ गठन गरेको छ। मन्त्रालयले डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई एकाइ गठन गरेको हो । उक्त एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रुपमा रहेका छन्।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालय र मातहत निकायहरुको काममा सेवाग्राही […]

२०८१ मंसिर २१ गते, शुक्रबार

अखिल (समाजवादी) द्वारा त्रिविमा राजनितिक भागभण्डा नगर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयमा राजनितिक भागभण्डा नर्गन माग गरेको छ । सो संगठनले बुधबार त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बराललाई ज्ञापनपत्र पेश गर्दै त्रिविका ८ वटा संकायका डिन र १८ वटा क्याम्पसका प्रमुखहरुमा नियुक्ति गर्दा राजनितिक भागभण्डा नर्गन माग गरेको हो ।त्रिभुवन विश्वविद्यालयले गत भाद्र १९ गते सुचना प्रकाशित गरि […]

२०८१ मंसिर २० गते, बिहीबार

जाडो सुरु हुँदा पनि घटेन डेङ्गु सङ्क्रमण

काठमाडौँ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७६ जिल्लामा फैलिएको डेङ्गु मंसिर १४ सम्म ३४ हजार ९० जना सङ्क्रमित भएका छन् । यस वर्ष १३ जनाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भइसकेको छ। गत वर्ष २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो भने २० […]

२०८१ मंसिर १८ गते, मंगलवार