स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारीले शैक्षिक माफियालाइँ कालोमोसो दल्ने

काठमाडौँ, २० असार । नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले शैक्षिक माफियाहरुलाई कालोमोसो दल्ने घोषणा गरेको छ । शनिबार बसेको पदाधिकारी बैँठककाे निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो घोषणा गरेको हो । चैत्र ६ गते शिक्षा मन्त्रालय र संयुक्त विद्यार्थीसँग शुल्क सम्वन्धी १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै साउन पहिलो हप्ताबाट आन्दोलनमा जाने बैँठकले निर्माण गरेको […]

२०७२ असार २० गते, आईतवार

भूकम्प प्रभावित विद्यार्थीले पोसाक र झोला किन्न १ हजार पाउने

काठमाडौं, १६ असार । शिक्षा विभागले भूकम्प प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय पोशाक र झोला किन्न एक हजार रुपैयाँ उपलब्ध गराउने छ । भूकम्पका कारण घर भत्किएर विद्यालय पोशाक र झोला पुरिएका विद्यार्थीले एक हजार रुपैयाँ पाउनेछन् । यसको लागि प्रभावित जिल्लामा ४६ करोड रुपँयाँ पठाइएको शिक्षा विभागले जनाएको छ । विभागका योजना तथा अनुगमन […]

२०७२ असार १६ गते, बुधबार

अनेरास्ववियुको महाधिवेशन असोजमा

काठमाडौं, १५ असार । अनेरास्ववियुको २२ औं महाधिवेशन आगामी असोज महिनामा गर्ने निर्णय भएको छ । एमाले निकट विद्यार्थी संगठन अखिलको स्थायी कमिटी बैठकले असोज महिनाभित्रै महाधिवेशन गरिसक्ने निर्णय लिएको महासचिव नविना लामाले बताइन् । महाधिवेशनको मिति र स्थान भने राष्ट्रिय भेलापछि तय हुनेछ । राष्ट्रिय कार्यकर्ता भेला साउन २९ र ३० मा काठमाडौंमा आयोजना […]

२०७२ असार १५ गते, मंगलवार

नोबेलका डाक्टरको आन्दोलन जारी

काठमाडौं, १४ असार । बिगत १४ दिनदेखि आन्दोलनरत नोबेल मेडिकल कलेज विराटनगरका प्रशिक्षार्थी डाक्टरले लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन नरोक्ने चेतवनी दिएका छन् । अस्पताल प्रशासनले माग पूरा गर्ने मौखिक रुपमा सहमति जनाए पनि लिखित प्रतिबद्धता नआएसम्म आन्दोलन स्थगित नगर्ने उनीहरुले चेतावनी दिएका छन् । अस्पताल प्रशासनले विद्यार्थीको माग पूरा गर्ने लिखित सहमति नगरेसम्म आन्दोलनका कार्यक्रम […]

२०७२ असार १४ गते, सोमबार

अस्पतालभित्र निजी औषधि पसल नराख : सर्वाेच्च

काठमाडौं, १४ असार । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी सरकारले उपलब्ध गराउने नि:शुल्क औषधि वितरण सेवा अस्पताल आफैंले सुरु नगरेसम्म अस्पताल परिसरमा खोलिएका निजी औषधि पसल सञ्चालनमा रोक लगाएको छ ।सर्वोच्चको आदेशअनुसार साउन १ देखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न पाइने छैन । सरकारले ७० प्रकारका औषधि नि:शुल्क बाँड्ने नीति अख्तियार गरेको […]

२०७२ असार १४ गते, सोमबार

एसएलसी प्राविधिकतर्फको नतिजा सार्वजनिक

काठमाडौं,१३ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्राविधिक एसएलसी परीक्षाको नतिजा आइतबार सार्बजनिक गरेको छ । प्राविधिक तर्फको परीक्षा २ जना छात्राको रद्ध गरिएको छ । चार जना ‘विथहेल्ड’मा परेका छन् । तिमध्ये २ छात्रा र २ छात्र छन् । यस्तै २८ छात्र र ८ छात्रा गरी ३६ जना परीक्षामा अनुपस्थित थिए । नतिजा […]

२०७२ असार १३ गते, आईतवार

प्राविधिकतर्फको एसएसलसीको नतिजा आउदै

काठमाडौ, १३ असार । परीक्षा नियन्त्रण कार्यालयले प्राविधिकतर्फको एसएलसीको नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षाफल अपरान्ह सार्वजनिक गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए । पहिलो पटक गे्रडिङ प्रणालीमा हुने नतिजालाई ५ तहमा विभाजन गरिने भएको छ ।

२०७२ असार १३ गते, आईतवार

होसियार, फुड प्वाइजनिङ हुनसक्छ…

काठमाडौं । खाना पकाएको लामो समय भैसकेपछि चिसो भएका कारण होस् वा बँचेखुसेको खाना पुनः खाँदा होस् हामीले खानेकुरालाई तताएर खाने गर्छौँ । कहिलेकाहीँ ठूलो परिमाणमा पकाएको खाना धेरै जनाले फरक–फरक समयमा खानुपर्दा धेरै पटक तताउनुपर्ने हुन्छ । घरमा बिहान पकाएको खाना धेरै हुँदा दिउँसो र बेलुकीसम्म पनि खाने र त्यसो गर्दा पटक–पटक तताउने गरिन्छ […]

२०७२ असार १२ गते, शनिबार

भूकम्प अतिप्रभावित जिल्लामा पोषण सप्ताह

काठमाडौ, ११ असार ।सरकारले भूकम्प अति प्रभावित १४ जिल्लामा पोषण सप्ताह सुरु गर्दैछ । आजदेखि काठमाडौं उपत्यकाका ३ जिल्लासहित गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, रसुवा, ओखलढुंगा, मकवानपुर, सिन्धुली, रामेछापमा एक हप्ताभरी पोषण सम्बन्धी कार्यक्रम गरिने बालस्वास्थ्य महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख गिरिराज सुवेदीले जानकारी दिए । उनका अनुसार यी जिल्लाका गर्भवती, सुत्केरी र ५ […]

२०७२ असार ११ गते, शुक्रबार

उच्च माविमा भर्ना र प्रवेश शुल्क १ सय २५ रुपैयाँ मात्र

काठमाडौं, १० असार । कास्कीका उच्च माविले कक्षा ११ को भर्ना फाराम र प्रवेश शुल्क १ सय २५ रुपैयाँ भन्दा धेरै नलिने भएका छन् । जिल्लामा क्रियाशिल ६ विद्यार्थी संगठन र हिसान कास्कीबीच उच्च माध्यमिक शिक्षा परिषदको परिपत्र अनुसारमा विद्यार्थीबाट फर्म शुल्क २५ र भर्ना शुल्क १०० गरी १ सय २५ लिने सहमति भएको हो […]

२०७२ असार १० गते, बिहीबार