स्वास्थ्य / शिक्षा

उच्च माविलाई लगाम

काठमाडौं , ८ असार । कक्षा ११ मा भर्ना हुनका लागि उच्च माविहरुले फाराम शुल्कबापत रु २५ मात्रै लिन पाउने भएका छन् । कतिपय उच्च माविले जथाभावी धेरै शुल्क लिएको पाइएपछि उच्च माध्यमिक शिक्षा परिषद्ले रु २५ मात्रै शुल्क लिन पाउने नियम बनाएको हो ।परिषद्ले आज एक सूचना प्रकाशित गरी प्रवेश परीक्षा शुल्क भने रु […]

२०७२ असार ८ गते, मंगलवार

सिस्टर निर्मलाको निधन

काठमाडौं , ८ असार । सिस्टर निर्मलाको भारतको कोलकातामा ८१ वर्षको उमेरमा मंगलबार विहान निधन भएको छ । मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधनप्रति प्रधानमन्त्री सुशील कोइरालाले दुःख ब्यक्त गरेका छन् । विश्वले एक महान मानवतावादी समाजवेवी गुमाएको भन्दै प्रधानमन्त्री कोइरालाले ट्वीटरमार्फत श्रद्धाञ्जली ब्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता मदर टेरेसाको सन् १९९७ […]

२०७२ असार ८ गते, मंगलवार

विद्यालयको शुल्क अनुगमन गरिँदै

काठमाडौ, ७ असार । निजी विद्यालयले शुल्क बढाएका विषयमा अनुगमन सुरु भएको छ । सरकारी अधिकारी, विद्यार्थी नेता र अभिभावकसहितको टोलीले आजदेखि अनुगमन सुरु गरेको हो । पहिलो दिन आज काठमाडौँका विभिन्न निजी विद्यालयमा अनुगमन गरिएको छ । निजी विद्यालयले गरेको शुल्क वृद्धिको सरकारी अधिकारी, विद्यार्थी नेता र अभिभावकसहितको टोलीले आजदेखि अनुगमन सुरु गरेको छ […]

२०७२ असार ७ गते, सोमबार

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौ, ६ असार । आज प्रथम अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइन भएको छ । संयुक्त राष्ट्रसंघकै आह्वानमा यसवर्ष जुन २१ तारिखका दिन योग दिवस विश्वभर मनाउन लागिएको हो । राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन लागेको जनाएको छ । योगले स्वास्थ्य र मानव कल्याणमा पुर्णता प्रदान गर्दछ भन्ने मुल नाराका […]

२०७२ असार ६ गते, आईतवार

एसएलसीको मौका परीक्षा साउन २० देखि

काठमाडौं, ५ असार । २०७१ सालमा लिएको एसएलसी परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उर्त्तिण भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ५१ प्रतिशत बढि हो । परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा दुईटा विषयमा अनुर्त्तिण हुने विद्यार्थीका लागि पूरक परीक्षाको व्यवस्था गरेको छ । मौका परीक्षाका रुपमा लिइने परीक्षा आगामी साउन २० गतेदेखि सञ्चालन […]

२०७२ असार ५ गते, शनिबार

एसएलसीको नतिजा सार्वजनिक

काठमाडौँ, ४ असार । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन गरेको हो । यसवर्ष परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसवर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय […]

२०७२ असार ४ गते, शुक्रबार

एसएलसीको नतिजा आज प्रकाशित हुँदै

काठमाडौं, ४ असार । गत चैत्रमा सम्पन्न एसएलसी परीक्षाको नतिजा आज प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सबै तयारी पूरा गरेको जनाएको छ । नतिजा प्रकाशन गर्नका लागि आज शुक्रबार बिहान साढे दस बजे बोर्ड बैठक बोलाइएको छ । बोर्ड बैठकले सबै नतिजाको स्थिति अध्ययन छलफल गरी सार्वजनिक गर्नेबारेमा निर्णय गर्नेछ […]

२०७२ असार ४ गते, शुक्रबार

एसएलसीको नतिजा भोलि सार्वजनिक हुने

काठमाडौ, ३ असार । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका एसएलसी परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । नतिजा भोलि सार्वजनिक गर्ने अन्तिम तयारी भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार परीक्षा निण्न्त्रण कार्यालयले […]

२०७२ असार ३ गते, बिहीबार

सुँडिनीका कारण ओडारमा बास

काठमाडौं । गाउँकै सुँडिनीका कारण जाजरकोट जिल्लाको एक महिला विगत पाँचवर्षदेखि अाेडारमा बस्न बाध्य भएकी छन् । बच्चा जन्माउँदा गाउँका सुँडिनीले हात हालेर बच्चा निकाल्न खाेजेकी थिइन । लहँ, ८ लबिसाकी कालिका खड्काकाे बच्चा पनि जन्मन सकेन र उनी पनि बिरामी भएकी थिइन । उपचार नपाउँदा कालिकाले मानसिक सन्तुलन समेत गुमाएकी छन् । घरमा बस्न […]

२०७२ असार २ गते, बुधबार

भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई मौका परीक्षा

काठमाडौ, २ असार । उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्प प्रभावित जिल्लामा छुटेका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने भएको छ ।पहिलो चरणको परीक्षामा सहभागी हुन नसकेका भूकम्प प्रभावित जिल्लाका विद्यार्थीले दोस्रो चरणमा सहभागी हुन पाउने भएका हुन् । भूकम्पका कारण परीक्षामा सहभागी नभएका विद्यार्थीलाई दोस्रो चरणमा सहभागी गराउन लागेको परिषद्ले जनाएको छ । जेठ २० बाट […]

२०७२ असार २ गते, बुधबार