‘राजनीतिक आडमा विद्यालयमा आर्थिक हिनामिना नगर ‘

काठमाडौँ । अखिल (क्रान्तिकारी) नुवाकोटले वेलकोटगढी नगरपालिका-२ मा रहेको श्री श्रमिक आधारभूत विधालयका प्रधानाध्यापक राजु लामिछानेले राजनीतिक आडमा गुन्डागर्दी, आर्थिक अनियमितता लगायतका कार्य गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो संगठनका नुवाकोट संयोजक मेघेन्द्र न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालयका प्रधानाध्यापक लामिछानेले नगरबाट निकासा हुने संस्थाको रकम हिनामिना गरेको ठोकुवा गरेका छन । […]
२०७८ असार १० गते, बिहीबार