स्वास्थ्य / शिक्षा

कोरोना आशंका गरिएका युवा प्रादेशिक अस्पताल बुटवलमा भर्ना

काठमाडौं, ७ चैत । तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१६ हकुइका ३५ वर्षीय एक युवकलाई अन्ततः प्रादेशिक अस्पताल, बुटवलले भर्ना लिएको छ । कोरोना भाइरसको संक्रमण भएको आशंकामा चिकित्सक र अस्पताल प्रशासनबाटै अपहेलित ती युवकलाई चौतर्फी दबाबपछि बुटवल अस्पतालले भर्ना लिएको हो । बिरामीको नमुना परीक्षणको लागि आज […]

२०७६ चैत्र ७ गते, शुक्रबार

स्वास्थ्य कर्मी गिरफ्तार बन्द गर

काठमाडाैँ, ६ चैत । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले देश कोरोना भाइरसको त्रासले आक्रान्त बनेको बेला सरकारले रोकथामको निमित्त पहल लिने र अतिआवश्यक वस्तुको अभाव हुन नदिन सक्रिय पहल नगरेको बताएको छ । महासंघले देशभित्रै अत्यावश्यक बस्तुहरुको उत्पादन गर्ने भन्दा पनि केहि थान मास्क बरामद, विमानस्थलमा तापक्रम मापन र केही देखावटी क्वारेन्टाइन बनाएर दंग परेको बताएको […]

२०७६ चैत्र ७ गते, शुक्रबार

नेपाल-भारत सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष’ स्थापना

काठमाडाैँ, ६ चैत । कोभिड – १९ को जाँच गर्न प्रदेश नं २ का नेपाल भारत सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष स्थापना’ गरिएको छ । स्वास्थ्य निर्देशनालय अनुसार वीरगञ्जको रक्सौल, रौतहटको बैरगनिया, सर्लाहीको सोनवर्षा, महोत्तरीको भिठ्ठामोर र मटिहानी, धनुषाको जटही, सिरहाको माडर र ठाडी तथा सप्तरीको कुनौली र छिन्नमस्तालगायतका नाकामा ती कक्ष सञ्चालनमा ल्याइएको हो यस्तै […]

२०७६ चैत्र ६ गते, बिहीबार

एसईईमा ४ लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने , परीक्षा केन्द्रमा आईसोलेसन कक्ष राखिने

काठमाडौँ , ५ चैत । भोलीदेखि शुरु हुने एइई परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । छात्रतर्फ दुई लाख ३९ हजार ९१ जना र छात्रातर्फ दुई लाख ४३ हजार ६१६ जना परीक्षार्थी हुनेछन् । परीक्षामा छात्रको तुलनामा छ हजार बढी छात्रा सहभागी हुनेछन् । परीक्षा […]

२०७६ चैत्र ५ गते, बुधबार

सार्बजनिक स्थल र जनावरहरुको शरीरमा फोटा टासेर भ्रष्टचारको बिरोध

काठमाडाैँ, ५ चैत । अखिल (क्रान्तिकारी) ले सार्बजनिक स्थलदेखि सरकारी कार्यालयसम्म भ्रष्टचारीका फोटा टास गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले भ्रष्टाचारीको मुख सम्म हेर्न नरुचाउने उद्घोष गरेका स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारका दुई ठुला नाइके सरकारी जग्गा दलाली विष्णु पौडेल र संचार क्षेत्रमा करोडौं भ्रष्टाचार काण्डमा […]

२०७६ चैत्र ५ गते, बुधबार

अखिल (क्रान्तिकारी)द्वारा सहायक सिमा पिल्लर निर्माणको कार्य रोक्न माग

काठमाडौ, ४ चैत । अखिल (क्रान्तिकारी) ले कैलालीको खक्रोलादेखि कञ्चनपुरको ब्रहमदेवसम्म नेपाली भूमि मिचिने गरि भैरहेको सहायक सिमाना पिल्लर निर्माणको कार्य रोक्न सम्बन्धित निकायसङ्ग जोडदार माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का सेती महाकाली ब्युरो संयाेजक विरेन्द्र शाहले एक प्रेस विज्ञप्ति जारी गरि नेपाल-भारत संयुक्त सर्वे टोलीद्वारा कैलालीको खक्रोलादेखि कञ्चनपुरको ब्रहमदेवसम्म […]

२०७६ चैत्र ४ गते, मंगलवार

कोशी अञ्चल अस्पतालद्वारा मास्क र स्यानिटाइजर उत्पादन

काठमाडौं, ३ फागुन । विराटनगरस्थित कोशी अञ्चल अस्पतालले कोेरोनाभाइरसको त्रास बढेसँगै बजारमा स्यानिटाइजर र मास्कको अभाव भएपछि आफैँ उत्पादन गर्न थालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम सेनिटाइजर उत्पादन गरेपछि अस्पतालमा तत्कालको समस्या टरेको हो । अञ्चल अस्पतालले पहिलो चरणमा १० लिटर सेनिटाइजर उत्पादन गरेको हो । बजारमा सेनिटाइजर नपाएपछि पहिलो चरणमा अस्पतालले आवश्यक सामग्रीको […]

२०७६ चैत्र ३ गते, सोमबार

स्वास्थ्यका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

काठमाडौँ, १ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले प्रसूति र किरिया बाहेकका बिदा स्वीकृत […]

२०७६ चैत्र १ गते, शनिबार

नक्कली चिकित्सक प्रहरीको फन्दामा

काठमाडौं, ३० फागुन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार […]

२०७६ फाल्गुन ३० गते, शुक्रबार

विश्व मिर्गौला दिवस मनाईदै

काठमाडौं, २९ फागुन । आज मार्च महिनाको दोस्रो बिहिबार अर्थात् विश्व मिर्गाैला दिवस । मिर्गौला स्वास्थ्यको लागि विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरि नेपालमा पनि यो दिवस मनाईदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरेको छ । यस वर्षको दिवसको नारा ‘मिगौंला स्वास्थ्य सबैको लागि, सबै ठाउँमा–रोकथामदेखि […]

२०७६ फाल्गुन २९ गते, बिहीबार