स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी) रुपन्देहीको अध्यक्षमा रोका निर्वाचित

काठमाडाैँ, ११ पुस । वैदेशिक हस्तक्षेप, सामाजिक फासिवाद र शैक्षिक माफियाकरणको विरुद्ध हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनको लागि २३ औं जिल्ला सम्मेलन भन्ने नारासहित १२७ औं माओ दिवसको अवसरमा अखिल (क्रान्तिकारी) रुपन्देहीले आफ्नो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव प्रकाश शाहिले नेपालमा माओको […]

२०७६ पुष ११ गते, शुक्रबार

‘कारबाही भैसकेका गैरेले पार्टीको नाममा ब्यक्तिगत फाईदा लिन खोजे’

काठमाडौँ , ८ पुष । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले पार्टीबाट कारबाही भैसकेका मुक्ति गैरेले पार्टीको नाममा ब्यक्तिगत फाईदा लिन खोजेको भन्दै त्यसबाट सचेत रहन सबैलाई अनुरोध गरेको छ । पार्टीका जिल्ला समितीका पुर्व सदस्य तथा अखिल (क्रान्तिकारी)का पुर्व जिल्ला अध्यक्ष मुक्ति गैरेले गरेका गतिविधि पार्टी सम्बद्द नभएको भन्दै उनले गर्ने कुनै क्रियाकलाप र गतिविधि बाट […]

२०७६ पुष ७ गते, सोमबार

एसईई प्रश्नपत्र केन्द्रले नै छाप्ने

काठमाडाैँ, ४ पुष । यस वर्ष पनि प्रवेशिका परीक्षा (एसईई) को प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने भएको छ । नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरिसकेको छ । सोहीअनुरूप एसईई परीक्षाको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने र परीक्षा व्यवस्थापन गर्दै आएको छ भने स्थानीय तहले कक्षा ८ को परीक्षा पूर्ण रूपमा सञ्चालन […]

२०७६ पुष ७ गते, सोमबार

त्रिविको ४५ औँ दीक्षान्त समारोह हुँदै

काठमाडौं , ३ पुष । त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोह आज हुँदै छ । त्रिभुवन विश्वविद्यालयका अनुसार कार्यक्रम पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा हुने छ। त्रिविले यसअघि कीर्तिपुर र दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त समारोह पछिल्लो केही वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै गर्दै आएको छ। परीक्षा नियन्त्रण बल्खुका अनुसार यसपटक दीक्षान्त समारोहमा […]

२०७६ पुष ३ गते, बिहीबार

मृगौला पीडितहरुको गुनासो : ‘प्रधानमन्त्रीको उपचार राज्यले गर्छ, हाम्रो कसले गर्छ ?’

काठमाडौं , २ पुष । मृगौला पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छ्न । आफूहरुका माग पूरा गर्न सरकार उदासीन रहेको भन्दै उनीहरुले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्न दिएका हुन् । मृगौलापीडित सरोकार समाजको अगुवाइमा उनीहरुले मृगौलापीडितलाई सरकारले दिँदै आएको सुविधा कटौति गरेको भन्दै त्यसको बिरोधमा धर्ना दिएका हुन् । प्रधानमन्त्रीको उपचार राज्यले गर्छ, […]

२०७६ पुष २ गते, बुधबार

एसईई परीक्षा चैत्र ६ देखि

काठमाडौं , १ पुष । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत्र ६ देखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले आज सूचना जारी गर्दै २०७६ चैत्र ६ गतेदेखि एसईईको परीक्षा सुरु हुने जानकारी दिएको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन […]

२०७६ पुष १ गते, मंगलवार

त्रिवि कर्मचारी संघ आन्दोलनमा

काठमाडौं, ३० मंसिर । त्रिवि कर्मचारी संघ केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालयअन्र्तगत् रहेका शैक्षिक संस्थाहरुमा कार्यरत् अस्थायी कर्मचारीलाई स्थायी गर्न माग गर्दै आन्दोलन थालेको छ । कर्मचारी संघले सहयोगी र चालकहरुलाई त्रिवि सेवा आयोगले विज्ञापन खुलाइ स्थायी गर्नुपर्ने माघ अघि सारेको छ । आन्दोलनस्वरुप कर्मचारीले सोमबार दुई घन्टा काम गरेनन् । उनीहरुले आउँदो बिहीबारसम्म दिनको दुई […]

२०७६ मंसिर ३० गते, सोमबार

चिसो सुरु भएसँगै विरामी बढ्यो

काठमाडौं २८ मंसिर । देशभर चिसो सुरु भएसँगै विरामीको संख्या बढ्न थालेको बताइएको छ । जाडो महिनामा कडा खालका स्वास्थ्य समस्या देखिने हुँदा चिसो बाट बच्न र स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुले सुझाएका छन् । चिसो सुरु भएसँगै दैनिक ३०\४० जना विरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । चिसो मौसमको प्रत्यक्ष सम्बन्ध मानिसको शारीरिक तथा […]

२०७६ मंसिर २८ गते, शनिबार

अखिल (क्रान्तिकारी) द्वारा प्रहरी दमनप्रती घाेर आपत्ति

काठमाडौं २४ मंसिर । बाँकेको कोहलपुरमा आन्दोलनमा विद्यार्थीमाथी प्रहरीले गरेको दमनप्रति नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सँगठनले आपत्ती जनाएको छ । त्रिभुवन नमुना माध्यामिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्यनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगन्जतर्फ गइरहेको ट्रकले ठक्कर दिदा उनको दुवै खुट्टामा गम्भिर चोट लागेको घटनाको विषयलाई लिएर आन्दोलनरत विद्यार्थीहरुमाथि प्रहरीले गरेको दमन प्रति आपत्ती […]

२०७६ मंसिर २४ गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा काफ्लेलाई भ्रम सिर्जना नगर्न चेतावनी

काठमाडौँ, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती महाकाली क्षेत्रीय समन्वय समितिले दलाल राज्यको प्रशासन समक्ष आत्मसमर्पण गरेका पदम काफ्लेलाई यसअघि नै संगठनले कारवाही गरिसकेकाले फेरी नाम जोडेर भ्रम सिर्जना नगर्न चेतावनी दिएको छ । अखिल (क्रान्तिकारी)का सेती महाकाली क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र शाहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इमान्दारीपूर्वक […]

२०७६ मंसिर २३ गते, सोमबार