स्वास्थ्य / शिक्षा

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको उद्घोष

काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । यही माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपपछि आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक हो । यस क्रममा, माघ २० गते सबै शिक्षक र कर्मचारीहरूले फेसबुकमा आयतकार रातो स्टिकर प्रयोग गर्दै ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन […]

२०८१ माघ १८ गते, शुक्रबार

अखिल (समाजवादी)ले स्ववियु निर्वाचन बिशेष अभियान चलाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले स्ववियु निर्वाचनको तयारीमा अभियान चलाउने निर्णय गरेको छ । सोमबार लमहीको देउखुरी बहुमुखी क्याम्पसमा बसेको संगठनको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । बैठकले सबै जिल्लाका बैठकहरु तत्काल बस्ने, स्ववियु केन्द्रित अभियान चलाउने, शैक्षिक विकृति एवम विसंगतिका विरुद्ध संघर्ष गर्ने, समाजवादी शिक्षाप्रणालीका बारेमा अन्तरक्रिया गर्ने लगाएतका निर्णयहरु […]

२०८१ माघ १५ गते, मंगलवार

राजनीतिक अस्थिरताले शिक्षा क्षेत्र अस्तव्यस्त !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी पर्सामा रहेको मधेस विश्वविद्यालय पुगेका छन् । शनिबार विहान विश्वविद्यालयमा विधार्थीहरु संग आयोजित अन्तरक्रिया सहभागी भएका हुन ।अन्तरक्रियामा सहभागी विश्वविद्यालयका विधार्थीहरुले नेपाली राजनीतिको अस्थिरता,अकर्मण्यता र अराजकता बारे राखेको प्रश्नमा महासचिव विप्लवले जवाफ दिएका थिए ।जनयुद्ध र समाजवादबारे समेत विधार्थी लगायत प्रोफेसरहरुले राखेका बिषयमा आफ्ना भनाइहरु राखेका छन् […]

२०८१ माघ १२ गते, शनिबार

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत अनुत्तीर्ण

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत अनुत्तीर्ण भएका छन । काउन्सिल रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८४४ जनाले परीक्षामा सहभागिता जनाएका थिए । तर, उत्तीर्ण संख्या मात्र २६२ जना (३१.०४ प्रतिशत) रहेको छ । यसमध्ये ५६२ जना (६८ प्रतिशत) अनुत्तीर्ण भएका छन् । मेडिकल तर्फ ७७० जनाले फारम […]

२०८१ माघ १० गते, बिहीबार

स्ववियु निर्वाचन आगामी चैत ५ गते

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते हुने भएको छ। त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको हो । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो।विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा केसीले कानुनी जटिलता […]

२०८१ माघ ८ गते, मंगलवार

शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हड्ताल नगर्न निर्देशन

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका […]

२०८१ माघ ७ गते, सोमबार

पक्षघातको औषधि निःशुल्क !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । समयमा पक्षघातको उपचार नहुँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सय जनाले ज्यान गुमाउँदै आएका छन् । यस्तो अवस्थामा गरी अमेरिका सरकारको सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत […]

२०८१ माघ ४ गते, शुक्रबार

धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध !

काठमाडौँ । धरान उपमहानगरपालिकाको नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाइएको छ । बिहीबार बसेको धरान कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिए । उनले कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्ण […]

२०८१ माघ ४ गते, शुक्रबार

सामुदायिक विद्यालयमा विद्यार्थी अभाव !

काठमाडौं । मुलुकभर सञ्चालनमा रहेका आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको छ । शिक्षामा राज्यको लगानी पुगेन भन्ने आवाज उठिरहेका बेला राज्यबाट सञ्चालित विद्यालयमा विद्यार्थी पुगेका छैनन् । नीतिगत तथा भौगोलिक जटिलताका कारण विद्यार्थी अभाव भएका विद्यालयलाई गाभ्न वा बन्द गर्न पनि सकिएको छैन ।सरकारी तथ्याङ्क अनुसार मुलुकभर २७ हजार ९९० सामुदायिक विद्यालय सञ्चालनमा छन् । यसभित्र परम्परागत […]

२०८१ माघ ३ गते, बिहीबार

एसईई परीक्षा चैत ७ गतेदेखि ( तालिकासहित )

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । उक्त तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।दोस्रो दिन चैत ८ गते […]

२०८१ माघ १ गते, मंगलवार