बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौं, १४ कात्तिक । आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ […]
२०७५ कार्तिक १४ गते, बुधबार