स्वास्थ्य / शिक्षा

११ विद्यार्थी संगठनद्वारा शिक्षामन्त्रीको राजीनामा माग

काठमाडाैं, १६ चैत । ११ वटा विद्यार्थी संगठनहरुले एसईईको परीक्षाको प्रश्नपत्र बाहिरिएर हुन गएको गम्भीर लापरवाहीका कारणले लाखौं विद्यार्थीहरुको भविष्यमाथि गम्भीर खेलवाड भएको भन्दै नैतिकताको आधारमा शिक्षामन्त्रीको राजीनामा र दोषीमाथि कारबाहीको माग गरेका छन् । शुक्रवार अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा बसेको संयुक्त प्रतिपक्षी विद्यार्थी संगठनहरुको बैठकपछि विद्यार्थी संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षर गरिएको संयुक्त विज्ञप्तिमा उक्त […]

२०७५ चैत्र १६ गते, शनिबार

मेडिकल कलेजका शुल्क अध्ययन गर्न संसदीय समिति गठन

काठमाडौँ, १५ चैत । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस) सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा अध्ययन गर्न नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ । समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिमा समितिका सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सन्तकुमार थारु, जीवनराम श्रेष्ठ, […]

२०७५ चैत्र १५ गते, शुक्रबार

प्रदेश २ सरकारद्वारा संघीय शिक्षामन्त्रीको राजीनामा माग

काठमाडाैं, १५ चैत । प्रदेश २ सरकारले संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राजीनामा दिनुपर्ने बताएको छ । प्रदेशलाई बद्नाम गराउन लगातार दोस्रोपटक एसईई परीक्षाको प्रश्नपत्र बाहिरुनुमा केन्द्र सरकार नै जिम्मेवार रहेको प्रदेश सरकारको जिकिर छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको बताउँदै संघ सरकारका निकायहरुले प्रश्नपत्र आउट गराएकाले संघीय सरकारका शिक्षा […]

२०७५ चैत्र १५ गते, शुक्रबार

मौसम बदलीसँगै भाइरल ज्वरोको संक्रमण

काठमाडौं, १३ चैत । मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको संक्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा […]

२०७५ चैत्र १३ गते, बुधबार

हिमपतका कारण एसइइ परीक्षा दिने विध्यार्थीलाई समस्या

काठमाडौं, १२ चैत । हुम्लामा पुन: हिमपात भएको छ । हिमपातमा कारण एसइइ परीक्षा दिने विध्यार्थीहरूलाई समस्या परेको छ । हुम्लामा गत पुस, माघ, फागुनमा पनि लगातार हिमपात भएको थियो । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताएका छन् । चैत १० गतेबाट […]

२०७५ चैत्र १२ गते, मंगलवार

विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडौं, १० चैत । आज मार्च २४ अर्थात् विश्व क्षयरोग दिवस नेपालसहित विश्वभर मनाइँदै छ । ‘क्षयरोगबिनाको विश्वका लागि नेतृत्वको खोजी’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । कीटाणु पत्ता लगाएको एक सय वर्षपछिबाट आजकै दिनलाई […]

२०७५ चैत्र १० गते, आईतवार

एसईई परीक्षा सुरु, ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी

काठमाडौं, १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) आजदेखि सुरु भएकाे छ । बिहान ८ बजेबाट सुरु हुने परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी छन् । यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार परीक्षा सञ्चालन हुँदै छ ।आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी […]

२०७५ चैत्र १० गते, आईतवार

च्याउ खानुको फाइदै छुट्टै

काठमाडौँ । हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ । सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने पत्ता लगाएको हो । मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे […]

२०७५ चैत्र ९ गते, शनिबार

काठमाडौंमा बर्डफ्लु

काठमाडौं, ५ चैत । काठमाडौंका केही कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा मर्नेक्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा. जयप्रकाशराय यादवले बताए । उनकाअनुसार तारकेश्वर नगरपालिका वडा नम्बर–७, फुटुङको प्रभावित […]

२०७५ चैत्र ५ गते, मंगलवार

‘इम्युनोग्लोबिन’ सुईको अभाव

काठमाडौं, ४ चैत । जनावरले टोकेका बिरामीलाई ‘एन्टिरेबिज’सँगै लगाइने ‘इम्युनोग्लोबिन’ सुई काठमाडौं बाहेकका जिल्लामा अभाव देखिएको छ । गहिरो घाउ, टोकाइ बढी भएको, घाँटीभन्दा माथि तथा हातका औंलामा जनावरले टोकेको अवस्थामा ‘इम्युनोग्लोबिन’ सुई लगाउनुपर्ने हुन्छ । टाउकोमा गहिरो घाउ भएको संक्रमणमा हुने जोखिम न्यूनिकरण गर्न एन्टिबडी अर्थात रेविज इम्युनोग्लोबिन सुई लगाइने गरिन्छ । एन्टिरेबिज खोपले […]

२०७५ चैत्र ४ गते, सोमबार